×

NMB BANK
NIC ASIA

मुख्य समाचार : नयाँ कानूनी युग शुरु-छ अपराधमा आजीवन कारावास, भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको निधन

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानून एकसाथ लागू हुँदै छन् । मुलुकी अपराध संहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४, मुलुकी फौजदारी कार्य्विविधि संहिता–२०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता–२०७४ र मुलुकी देवानी कार्यविधि संहिता–२०७४ शुक्रबारदेखि एकसाथ लागू हुँदै छन् ।

Muktinath Bank

व्यवस्थापिका संसद्बाट पारित भई राष्ट्रपतिबाट अघिल्लो वर्ष प्रमाणीकरण भए पनि भदौ १ गतेदेखि लागू हुने भनिएको थियो । अन्तर्राष्ट्रिय अनुभव, विधिशास्त्रीय मान्यता र सर्वोच्च अदालतद्वारा प्रतिपादित नजिरलाई आत्मसात् गर्दै एकीकृत संहिताका रूपमा यी कानुन बनेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा देवानी र कल्याण        श्रेष्ठको संयोजकत्वमा फौजदारी संहिता कार्यदल गठन गरी तय भएको बृहत् मस्यौदा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई २०६८ सालमै बुझाइएको थियो । मस्यौदा बनेको सात वर्षपछि बल्ल कार्यान्वयनमा आएको हो ।


Advertisment
Nabil box
Kumari

संहिता निर्माणका लागि झन्डै एक सय कानुनमा परिवर्तन गर्नुपरेको छ । संहिता बनेसँगै २० वटा कानुन खारेजीमा परेका छन् । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सुरुमा विक्रम संवत् १९१० मा मुलुकमा थिति बसाल्न धर्म, प्रथा र परम्पराका आधारमा मुलुकी ऐन बनाएका थिए ।

Vianet communication
Laxmi Bank

संहिताले यातना दिई निर्मम हत्या, विमान अपहरणपछि विस्फोट गरी हत्या, अपहरण वा शरीर बन्धक लिई ज्यान मारेको, पेय वा खाद्य पदार्थमा विष हालेर ज्यान मारेको, जाति हत्या (जेनेसाइड) र बलात्कारपछि हत्या जस्ता अपराधमा बाँचुन्जेल जेल बस्नुपर्ने व्यवस्था गरेको छ । व्यक्ति बेपत्ता पार्ने कार्यलाई नयाँ अपराधमा वर्गीकरण गरिएको छ । 

अन्य देशमा गरेका अपराधमा पनि नेपाली नागरिकलाई सजाय हुनेछ । अब जानाजान विश्वासघात गर्नेलाई समेत सजाय हुने भएको छ । अब अपराधपीडितले पहिलो पटक पीडकबाट क्षतिपूर्ति पाउनेछन् । साना प्रकृतिका अपराधमा अपराधीले कैद तथा जरिवानाको सट्टा सामुदायिक सेवामा लगाउन सकिने भनिएको छ। सवारी ज्यानमा चालकलाई हदैसम्मको सजाय तोकिएको छ । त्यस्ता चालकलाई धरौटीमा मुद्दा लड्न नपाउने व्यवस्था छ ।

यता देवानी संहिताले छोराछोरी दुवैलाई तीन पुस्तासम्म अपुताली हकदाबी गर्न पाउने हक दिएको छ । संहिताअनुसार यस्तो हक पुग्ने कोही नभए त्यस्तो सम्पत्ति राज्यको हुनेछ। सम्बन्धविच्छेदका लागि महिलासरह पुरुष पनि अदालतमा जान पाउनेछन् । आमाको नाममा पनि थर राख्न पाइनेछ । पती वा पत्नीले एकअर्कालाई बेवास्ता गरी तीन वर्षसम्म टाढिएमा स्वतः सम्बन्धविच्छेद हुने प्रावधानसमेत संहितामा छ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

मुलुकी फौजदारी संहिता : छ अपराधमा आजीवन कारावास
मुलुकी अपराध (संहिता) ऐन, २०७४ शुक्रबारदेखि लागू भएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । 

राणाले बेलायतको भ्रमणपछि  प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गरेका थिए । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । 

मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।

मुलुकी अपराध संहितामा छ अपराधमा आजीवन कैद तोकिएको छ । क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले जीवित रहेसम्म कैद भुक्तान गर्नुपर्नेछ । आजीवन कैद नयाँ व्यवस्था हो ।

स्वागत गर्न दीपावली
महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागेको उल्लेख छ ।
      
महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौँस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि लागू हुने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानूनका विषयमा अहिले आएर भ्रामक प्रचार भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नयाँ कानून आउँदा केही केही व्यवस्था नयाँ हुने हुँदा अभ्यासमा केही समय लाग्ने बताउँदै जनतालाई नकारात्मक असर पर्ने खालको कुनै पनि व्यवस्था संहितामा नभएको स्पष्ट गर्नुभयो । 

संसदीय समितिको निर्देशन
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितले विकास निर्माणका काममा तीनवटै सरकारबीच समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच आपसी सुदृढ समन्वय र स्पष्ट कार्यक्षेत्रको अभावमा भौतिक पूर्वाधारहरुको निर्माण तथा स्तरोन्नति लगायतका कार्य प्रभावकारी एवं दिगो हुन नसक्ने ठहर गर्दै यस्तो निर्देशन गरेको हो ।

समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतका राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन, यस्ता आयोजनाहरुमा देखिएका समस्या तथा चुनौतीहरुलाई स्थायी तवरले शिघ्रातिशीघ्र समाधान गर्न तथा कुनै पनि कारणबाट आयोजनाहरुको कार्यान्वयनमा ढिलासुस्ती हुन नदिने व्यवस्था मिलाउन, कार्यक्रमहरुको रणनैतिक स्पष्टता कायम गर्दै परिणाममुखी र गुणस्तरीय कार्य सम्पादन गर्न गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

‘संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती’
नेपाली कांग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा आर्थिक र प्रशासनिक चुनौती रहेको बताएका छन् । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रममा नेताहरुले जथाभावी कर उठाएर अहिले मुलुकमा देखिएको आर्थिक समस्या पूरा नहुने बताए ।

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको शुरुआती काम राम्रो नभएको बताए । अर्का नेता डा रामशरण महतले  कूल गार्हस्थ उत्पादनको ३६ प्रतिशत कर उठाउने मुलुकका रुपमा रहेको नेपाल विश्वकै बढी कर लगाउने मुलुकका रुपमा रहन पुगेको छ भन्दै उच्च कर प्रणालीले स्वदेशी र विदेशी लगानी आकर्षण गर्न नसकिने स्पष्ट पारे ।

कार्यदलले बुझायो प्रतिवेदन  
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ को एकताका लागि गठित कार्यदलले महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । नेकपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एकताका लागि गठन गरिएको कार्यदलका सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, मणि थापा, गणेशमान पुन र दलबहादुर राना रहेको कार्यदलले प्रतिवेदन बुझाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराए ।

प्रतिवेदनमा प्रदेश कमिटी, जिल्ला कमिटी, केन्द्रीय सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्मा रहेकाको नामावली छ । कार्यदल सदस्य थापाका अनुसार प्रदेश कमिटीमा १५१ जनाको नामावली बुझाइएको छ । 

चिया मजदुरको पारिश्रमिक १० हजार आठ सय    
सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु छ हजार ४६९ र महङ्गी भत्ता रु चार हजार ३१२ गरी मासिक रु १० हजार ७८१ पारिश्रमिक तोकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै दैनिकरुपमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु २३१ र महङ्गी भत्ता १५४ गरी रु ३८५ पारिश्रमिक तोकिएको छ भने प्रतिघण्टा आधारभूत पारिश्रमिक रु ३१ र महङ्गी भत्ता २० गरी रु ५१ पारिश्रमिक तोकिएको मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए । 

विरोधका कार्यक्रम स्थगित  
नेपाल चिकित्सक सङ्घले नेपाल मेडिकल काउन्सिलको प्रमाण र एप्रोन बुझाउने कार्यक्रम  केही दिनका लागि स्थगित भएको जनाएको छ । सङ्घले मुलुकी ऐन,  मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४लाई संशोधन गरी लागू गर्न माग राख्दै शुक्रबारदेखि ती विरोधका कार्यक्रम सार्वजानिक गरेको थियो । ऐन शुक्रबारदेखि कार्यान्वयनमा आउँदै छ ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले ती ऐनलाई आवश्यकता अनुसार संशोधन गर्दै जाने जनाएपछि सङ्घले आफ्ना विरोधका कार्यक्रमलाई भदौ १५ सम्मका लागि पर सारेको जनाएको छ । 

भारतका पूर्वप्रधानमन्त्री वाजपेयीको निधन
भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार ९३ वर्षको निधन भएको छ । उनको भारतीय समयानुसार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको हो ।

अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारको क्रममा उनको निधन भएको हो । मधुमेहका बिरामी वाजपेयीलाई गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि उनमा देखिएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजीको निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गरेका छन् । भारतीय जनता पार्टीका संस्थापक वाजपेयी विभिन्न समयमा गरी तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । 

सेमिफाइलमा नेपाल पराजित
भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । 

जितसँगै भारत फाइलन प्रवेश गरेको छ । भारतले फाइललमा बङ्गलादेश र भुटानबीचको विजेतासँग खेल्नेछ । अब नेपालले तेस्रो स्थानका लागि बङ्गलादेश र भुटानबीचको पराजित हुने टोलीसँग भदौ २ गते प्रतिस्पर्धा गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x