×

NMB BANK
NIC ASIA

‘धोका दिएर’ अस्ट्रेलिया जान लागेको झोकमा प्रेमिकाको हत्या !

भदौ १, २०७५

NTC
Premier Steels

विराटनगर – शुक्रवार बिहान मोरङको ग्रामथानमा एकैछिनमा एउटा घटना भयो । ग्रामथान गाउँपालिका–३ सिद्राहाको नहर किनारमा बसेका दिनेश र शिखाबीच विवाद हुँदा विराटनगरका दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरे ।

Muktinath Bank

त्यो देखेपछि स्थानीय दौडिएर नहरको डिलमा पुगे । अनि, दिनेशलाई नियन्त्रणमा लिन खोजे । उनी थप आक्रमक भएर प्रतिकारमा उत्रिए । तर, उनलाई गाउँलेले घेरा हालेर नियन्त्रणमा लिन सफल भए । नियन्त्रणमा लिने क्रममा उनैले बोकेको छुरीले उनकै हातमा लागेर सानो चोट लागेको  प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर महानगरपालिका–१३ घर भएका उनीहरूबीच बिहान करीब १० बजेतिर विवाद भएकोमा दिनेशले शिखालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । उनका अनुसार दुवै जना घुम्न जाने क्रममा को१७प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।


Advertisment
Nabil box
Kumari

घुमघामकै क्रममा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । उनीहरूबीच के सम्बन्ध थियो भन्ने बारेमा केही नखुलेको भएपनि प्रेमी–प्रेमी भएको हुन सक्ने प्रहरीको अनुमान छ । अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा गाउलेसँग दोहोरो तानातान भएको थियो ।

Vianet communication

प्रारम्भिक अनुसन्धानको क्रममा युवती १ हप्तापछि अस्ट्रेलिया जाने तयारीमा रहेकाले प्रेमिकाले धोका दिने ठानेर हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । भट्टराईको भनाई उदृत गर्दै प्रहरीले भन्यो, ‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ, त्यसपछि मौका छोपेर एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’

युवतीको अनुहार, घाँटी, पेटमा दाउ प्रहार गरेर विभत्स हत्या गरिएको केसीले बताए । युवतीको अनुहार चिन्न नसकिने अवस्थाको रहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x