×

NMB BANK
NIC ASIA

निगमको दोस्रो वाइड बडी विमान ‘मकालु’को उडान यसैसाता, पहिलो उडान बैंककतर्फ

भदौ १, २०७५

NTC
Premier Steels

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान हरू गर्ने भएको छ । 

Muktinath Bank

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मकालुले आउँदो सातादेखि बैंककबाट उडान हरू गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । शनिबारसम्म परीक्षण उडान ‘प्रुभिङ फ्लाइट’ गरी उडान हरू गर्ने योजना सुनाउँदै उनले थपे, “मकालु विमानको उडानका लागि आवश्यक प्रक्रिया पूरा भयो, हिजो एओसी पनि पाएका छौँ, सोमबार या मङ्गलबारदेखि व्यावसायिक उडान हरू गर्छौैं ।” 


Advertisment
Nabil box
Kumari

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौं अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो । 

Vianet communication

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान हरू गरेको थियो । पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बेङ्लोर उडान हरू गरेको निगमका कर्पोरेट विभागका उपनिर्देशक सैलेश कंसाकारले जानकारी दिए । एक साताभित्र नयाँ उडान तालिका आएपछि अन्य गन्तव्यमा अन्नपूर्ण लगिने उनको भनाइ छ । पहिलो वाइड बडीले उडान शुरू गरेयता राम्रै व्यापार गरिरहेको जनाइएको छ । 

दोस्रो वाइड बडी विमान उडाउन स्वदेशी तथा विदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन् । महाप्रबन्धक कंसाकारका अनुसार मकालु विमानका लागि तीन विदेशी र छ नेपाली चालक छन् ।

थप दश विमान खरिद गर्ने योजना बनाएको निगमको इतिहासमा एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो । निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन् । त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य सफल बनाउन राष्ट्रिय ध्वजावाहक निगमको महत्वपूर्ण भूमिका हुनेछ । 

दुवै विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो । दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा साङ्ग्रीला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । 

निगमका दुवै जहाजलाई पूर्णरूपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ । नयाँ थपिएसँगै निगमसँग १३ विमान छन् । निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ । 

निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति छ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

तिहारपछि कोरिया, जापान र रियाद

नयाँ वाइड बडी विमानबाट पुरानै गन्तव्यमा उडान भरिरहेको निगमले तिहारलगत्तै दक्षिण कोरिया, जापान, र साउदी अरेबियाको रियादमा सेवा हरू गर्ने भएको छ । महाप्रबन्धक कंसाकारले ती गन्तव्यमा जान आवश्यक प्रक्रिया मिलाइएको र बाँकी काम चाँडै सकेर तिहारपछि नियमित उडान गर्ने जानकारी दिनुभयो । निगमले हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।

एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x