×

NMB BANK
NIC ASIA

यी हुन् राउटे समुदायका व्यवहारिक समस्या

भदौ २, २०७५

NTC
फाइल तस्वीर
Premier Steels

दैलेख- ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने भन्दै उनी धान कुट्नमै व्यस्त देखिन्छन् 
कुखुराको मासु र झोल खुवाउनुपर्छ भन्दा उनले मानेनन् ।

Muktinath Bank

सुत्केरी महिला र बच्चा अरूलाई देखाउन समुदायका अगुवाहरु मान्दैनन् । प्रकाशको उमेर करीब ३० वर्षको भए पनि उनकी श्रीमतीको उमेर करीब १७ वर्ष मात्रै पुगेको छ । गुराँस गाउँपालिका–१ बस्दै आएका राउटे समुदाय आफूहरूको तीन थर भएको बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कल्याल, स्ववंशी र रास्कोटी थर रहेको राउटे समुदायमा आफ्नो थरभन्दा बाहिरको युवा वा युवतीसँग मात्र विवाह गर्ने चलन भएकै कारण उमेर पुग्दा पनि अर्को थरको युवा वा युवती नभएपछि धेरै समय कुर्नुपर्ने बाध्यता छ । 
त्यही समस्यामा परेकी छिन् किशोरी गाजली राउटे पनि। मिल्दोजुल्दो युवा नभएका कारण अझैसम्म उनको बिहे भएको छैन ।


Advertisment
Nabil box
Kumari

राउटे समुदायका महामुखिया महिनबहादुर शाहीका छोराको उमेर लगभग ३५ वर्ष पुगेको छ । अर्को समुदायकी करीब १३ वर्षीया युवतीसँग अबको एक वर्षपछि बिहे हुने तरखर रहेको अर्का राउटे सुरेन्द्र शाही बताउँछन् । 

फिरन्ते जीवन बिताउँदै आएका राउटेले पछिल्लो पटक परिचयपत्र बुझेका छन् । हरेक महिना भत्ता आउनुपर्ने माग गर्दै आएका उनीहरूले असार र साउन महिनाको भत्ता साउन अन्तिमसम्म पनि नपाएपछि मुखिया सूर्य नारायणले फोनबाट गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीलाई समयमै भत्ता नआएकाले मेरा जनता रिसाएको गुनासो गरेका छन् । 

आफूलाई जङ्गलको राजा ठान्ने उनीहरूमा केही परिवर्तनका सङ्केत देखिन थालेको छ । खोला नजिक बस्ने कुवा वा खोलाको पानी सजिलै प्रयोग गर्ने यो समुदायलाई अहिले शुद्ध खानेपानीको व्यवस्थापन गरिदिएपछि पाइपमा आएको पानी पिउन थालेका छन् । सरसफाइ गर्नुुपर्दछ भन्नेतर्फ उनीहरूको ध्यान गएको छ ।

Vianet communication

जडिबुटीकै भर पर्ने यो समुदाय अहिले औषधि सेवन गर्न र घाउचोट लागेको ठाउँमा औषधि गर्न पनि तत्पर छन् । सबै समान खरिद गरेर बिक्री केन्द्र स्थापना गरिदिएपछि समुदायले निर्माण गर्ने कोशी, मदुस र अन्य सामान बेच्न बजार धाउनुपर्ने समस्या पनि अहिले समाधान भएको छ । उक्त गाउँपालिका र स्थानीय सामाजिक सेवा केन्द्रबाट परिवर्तनका लागि पहल थालिएको छ । 

राउटेका बालबालिका सधैँजसो जोखिममा हुने समस्या बढ्दै जान थालेपछि अहिले गाउँपालिका र सामाजिक सेवा केन्द्रले उनीहरूको बस्ती नजिकै तीन सहजकर्ताको व्यवस्था गरेका छन् । स्वास्थ्य कार्याकर्तासँगै एक महिला र एक पुरुषले समुदायमा देखापर्ने ठूला खाले समस्याबारे बाहिरैबाट अवलोकन गर्ने, समाधानको उपाय खोजी गर्ने र गाउँपालिका अध्यक्षलाई खबर गर्ने गरेको स्थानीयवासीले जनाएका छन् । 

मदिरा ठूलो चुनौती 
राउटे समुदायमा मदिरा सेवन निकै चुनौतीको रूपमा देखिएको छ । बस्तीमा प्रदान गरिएको सामान राउटे समुदायले निकै सस्तोमा बिक्री गर्ने र मदिरा सेवन गर्ने प्रचलन बढेपछि गाउँपालिकालाई राउटे बस्ती नजिकका व्यापारीलाई उनीहरूले बिक्री गर्ने कोषी मद्युसबाहेक अन्य सामान किनेमा पाँच हजारसम्म जरिवाना गराउने तयारी गरेको गाउँपालिका अध्यक्ष वलीको भनाइ छ । 

मदिरा सेवनले समुदायका युवती, बालबालिका र वृद्धहरूमा असर परेपछि बाहिरको मदिरा भन्दा घरमै बनाएको मदिरा र जाँडसम्म खान पाउने गरिएको छ । उक्त गाउँपालिकाको वरपर मात्र बसोवास गरुन् भन्ने उद्देश्यले उनीहरूले निर्माण गरेका सामग्रीहरु एकमुष्ट खरिद गरिदिने र बिक्री केन्द्रमार्फत् बिक्री गर्न थालिएको छ । 

गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र प्रदान गरेर स्थायी बासिन्दा बनाउने अभियान थाले पनि अहिले उनीहरूमा विवाद चुलिएको छ । 

समुदायको विवाद 
महामुखियासहितका एकथरिले आफ्नो फिरन्ते परम्परा छोड्न नहुने गरेका छन् भने मुखिया सूर्यनारायलगायतका केही व्यक्ति बिस्तारै परिवर्तन हुन सकिने अवस्था आए सहजैरूपमा स्वीकार गर्नुपर्छ भन्नेमा छन् । युवा र युवती पनि परिवर्तन हुनुपर्छ भन्नेमा छन् । बेलाबेलामा युवा बस्ती छाडेर १५ दिनसम्म बाहिर बस्ने गरेकाले पनि उनीहरूमा परिवर्तनको सङ्केत देखिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x