×

NMB BANK
NIC ASIA

टर्की अमेरिकासँग अनावश्यक तर्सिने छैन : एदोगान

भदौ २, २०७५

NTC
Premier Steels


अङ्कारा-अङ्कारा र वासिङ्टनबीचको विवाद चर्किरहेका समय अमेरिकासँग नडराउने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ । 
अमेरिकी धर्मगुरुलाई टर्कीले बन्दी बनाएको बिषयले दिनप्रतिदिन विवादलाई साम्य गर्नुको सट्टा थप तिक्ततापूर्ण बनाएको छ । 
आफूलाई रणनीतिक सहयात्रीको रूपमा प्रस्तुत गर्ने तर सोही समूहको एक सहयोगी राष्ट्रलाई रणनीतिक रूपमा लक्षित गरी आक्रमण गर्ने अमेरिकी नीतिबाट टर्की पछि नहट्ने राष्ट्रपति एर्दोगानले बताउनुभएको छ । 
अमेरिकी धर्मगुरुलाई बन्दी बनाएको विवाद बढ्दै जाँदा टर्की र अमेरिकाबीच व्यापार युद्धको अवस्था आएको र यसबाट टर्कीको मुद्रामा निकै गिरावट आएको छ । तर अमेरिका र टर्कीको नेतृत्व आफ्नो निर्णयप्रति अडिग नै रहँदै आएको छ । 
टर्कीको सत्तारूढ दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टीको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीलाई रणनैतिक साझेदारका रूपमा प्रस्तुत गर्ने र हामीलाई नै लक्षित गरी हुने कुनै पनि मुलुकका गतिविधिबाट टर्की तर्सिने छैन ।” 
“केही व्यक्तिले हामीलाई अर्थतन्त्र सङ्कट, प्रतिबन्ध, विदेशी मुद्रा, व्याजदर र मुद्रास्फीतिलाई देखाएर त्रास देखाएका छन्, चुनौति दिएका छन् तर यसबाट टर्की विचलित हुने छैन । हामी तिमीहरूको छलकपट बुझेका छौ ।” 
गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीबाट अमेरिका आयात गर्ने आल्मुनियम र स्टीलमा करको दायरा दोब्बर बनाउने घोषणा गर्नुभएको थियो ।जसबाट अङ्कराले पनि कैयौँ अमेरिकी उत्पादनमा करको दायरा बढाएको थियो । यसको प्रभाव टर्कीको मुद्रामा एकै दिनमा २० प्रतिशतसम्मको प्रत्यक्ष प्रभाव पर्न थालेको बताइएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x