×

NMB BANK
NIC ASIA

प्रदेश ७ मा राजधानी र नामाकरणको सकस : जनजाति नेताले गरे ‘चुप लाग्ने’ निर्णय

भदौ ३, २०७५

NTC
Premier Steels

धनगढी– आदिवासी जनजाति अगुवाहरुले प्रदेश–७ को स्थायी राजधानी र नामाकरणवारे केही पनि नबोल्ने निर्णय गरेका छन् । 

Muktinath Bank

आदिवासी जनजाति महासंघ संघीय परिषदले आज (आइतवार) धनगढीमा आयोजना गरेको 'प्रदेशको नामांकन र राजधानीसम्बन्धी एकरुपताका लागि रणनीतिक छलफल'मा सहभागी थारु लगायतका आदिवासी नेताहरुले सो निर्णय गरेका हुन् । उनीहरुले आफ्नो माग संविधानमा नसमेटिएको भन्दै प्रदेश नं. ७ को राजधानी र नामाकरणबारे केही पनि नबोल्ने निर्णय गरेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश–७ मा स्थायी राजधानी पहाडमा तोक्ने कि तराईमा तोक्नेवारे बहस चुलिएको बेला उनीहरुले यस्ताे निर्णय गरेका हुन् । यस अघि उनीहरुले प्रदेशको समानुपातिक विकासको लागि पहाडमा तोकिनुपर्ने बताउँदै आएका थिए । 


Advertisment
Nabil box
Kumari

उनीहरुले थरुहटको मागलाई राज्यले स्वीकार नगरेको र आदिवासीको अधिकार नदिएकोले हालको प्रदेशिक संरचना स्वीकार नगर्ने निष्कर्षमा समेत पुगेका छन् । उनीहरुले कञ्चनपुरदेखि नवलपरासीसम्मको थरुहट प्रदेशको लागि आन्दोलन जारी राख्ने बताएका छन् ।

Vianet communication

कांग्रेसका नेता रामचरण चौधरीले प्रदेशसभामा थारुको बहुमत नभएकोले बाहिर जति कराएपनि थारु तथा आदिवासीले मागेको स्थानमा राजधानी नतोकिने र सोही अनुसार प्रदेशको नामांकन नहुने बताए ।

थारु कल्याणकारिणी सभामा पूर्वसभापति प्रभातकुमार चौधरीले कैलालीमा राजधानी बने यहाँको जमिन खण्डीकरण भई कृषि उत्पादनमा कमी आउने बताए । उनले थारुको जमिन विक्री भई अन्य जातिको बाहुल्यता बढेर थारु अल्पमतमा पर्ने भएको हुनाले आफूले तराईमा राजधानी स्वीकार्न नहुने बताए ।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य विश्राम चौधरीले थारु कल्याणकारिणी सभाले नेपाल आदिवासी जनजाति महासंघले स्वीकार गरेको संसदीय सिमांकन समितिंले ५ वटा पहिचान र ४ वटा सामथ्र्यको आधारमा पेश गरेको ११ प्रदेशको खाकालाई मान्यता दिएको बताए । उनले सोही अनुसारको प्रदेश बनाउन माग गरी अगाडि बढेको बताए ।

उनीहरुले प्रदेश नै आफूहरुले चाहे अनुसार नबनेकोले त्यसको लागि राजधानी र नामको बारेमा आफूहरुले बोलिरहनुको कुनै अर्थ नरहेको बताएका छन् । अधिवक्ता नाथुराम महतो र कांग्रेस नेता गया कुश्मीले प्रदेश नं. ७ पुरानै सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेकाले यसको कुनै औचित्य नरहेको टिप्पणी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x