×

NMB BANK
NIC ASIA

जनकपुरधाम – भूमिसुधार कार्यालय जनकपुरमा सेवाग्राहीको दिनहुँ भीड लागेको देखिन्छ । जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्ने उद्देश्यले नेपाल सरकारले मोही लागेको जग्गा मोही र जग्गाधनीबीच बाँडफाँड गर्ने प्रयोजनका लागि सोमवारसम्म निवेदन दिइसक्नुपर्ने सूचना जारी गरेपछि निवेदन दर्ता गराउनेको भीड बढेको हो ।

Muktinath Bank

सामान्यतया न्यून भीडभाड देखिने भूमिसुधार कार्यालयमा सेवाग्राहीको भीड निवेदन दर्ता गराउन बढेको भूमिसुधार कार्यालय जनकपुरका कार्यालय प्रमुख रामबाबु मण्डलले बताए । २०७५ साउनमा मात्रै मोही नामसारी र मोही जग्गा बाँडफाँडका लागि ३ सयजति निवेदन दर्ता भएका छन् । गत साउनमा दैनिक औसत २५ वटा निवेदन दर्ता भइरहेकोमा भदौ ३ गतेसम्म दैनिक औसत ५० वटा निवेदन दर्ता भइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि, २०७४ भदौ ४ गतेसम्म निवेदन दर्ता गर्न नेपाल सरकारले म्याद दिएको थियो । तर, फेरि थप १ वर्ष म्याद बढाएको थियो । म्याद सोमवार सकिँदैछ । मोही सम्बन्धी समस्या पूर्णतः अन्त्य गर्ने नेपाल सरकारले लक्ष्य लिए अनुसार कार्यान्वयण हुँदैछ ।


Advertisment
Nabil box
Kumari

एउटा जग्गामा २ जनाको स्वामित्व भएको अवस्थालाई दोहोरो स्वामित्व भनिन्छ । जग्गाधनीको जग्गा अरु व्यक्तिले खनजोत गर्दा खनजोत गर्ने व्यक्तिलाई दिएको जग्गामा जोत्नेको मोहियानी हक लागू हुन्छ । जोतबापत जोत्नेले मोहियानीको प्रमाणपत्र पाउने गर्छ ।

Vianet communication

मोहियानी हक प्राप्त गरेका व्यक्तिलाई जग्गामा खनजोत गरेबापत बाली अन्तर्गत वर्षको तोकिए बमोजिम धान जग्गाधनीलाई दिने गर्छन् । यसरी एकै जग्गामा २ जनाको अलग–अलग स्वामित्व भएपछि सरकारले सोमवारसम्म निवेदन दर्ता गरेर २०७६ भदौं ४ गतेसम्म निवेदन अनुसार जग्गा बाँडफाँड गरेर फछ्र्याैट गरिसक्नुपर्ने छ ।

जग्गाधनी र मोहीयानी हक प्राप्त गरेका व्यक्तिबीच भूमि सुधार कार्यालयले फैसला गरेर जग्गाधनी र मोहीयानीलाई आधा–आधा गरेर जग्गा बाँडफाँड गर्नुपर्ने हुन्छ । भूमि सुधार कार्यालय धनुषामा आर्थिक वर्ष २०७२/०७३ बाट जिम्मेवारी सर्न आएको १७ वटा, आर्थिक वर्ष २०७३/०७४ बाट सरेको १ सय ९९ मुद्दा र आर्थिक वर्ष २०७४/०७५ मा दर्ता भएको ३ सय ३६ गरी ५ सय ५२ थान बाँडफाँड मुद्दामध्ये आर्थिक वर्ष २०७४/०७५ मा १ सय ३० मुद्दा फछ्र्याैट भएपनि ४ सय २२ मुद्दा फछ्र्याैट हुन बाँकी रहेको छ ।

भूमि सुधार कार्यालयका कार्यालय प्रमुख मण्डलका अनुसार विगतमा पनि पर्न आएका निवेदन उपर सुनुवाइ गर्दा करीब ९० प्रतिशत मुद्दामा दुवै पक्षबीच आफैंमा मिलापत्र गरेर टुंगिने गरेका छन् । ‘नरम करम’ मिलाएर दुवै पक्षले मिलापत्र गर्दै जग्गाको बाँडफाँड गर्ने गरेको मण्डलले बताए । चोखो जग्गालाई ‘नरम’ र कम मूल्यांकन अथवा बाङ्गोटिङ्गो जग्गालाई ‘करम’ भनिन्छ ।

कसरी हुन्छ सुनुवाइ ?

मोही जोत्ने व्यक्तिले मोहीयानी प्रमाणपत्र प्राप्तिका लागि खनजोतको भरपाइसहित भूमि सुधारमा बाँडफाँडको लागि निवेदन दर्ता गराउँछन् । निवेदन दर्ता गर्दा अनुसूचीको १ नम्बर फारम भर्नुपर्छ । १ नम्बर फारममा जग्गाधनी, मोही जोत्ने व्यक्तिको विवरण, जग्गाको विवरण उल्लेख गरिन्छ । निवेदन दर्ता भएपछि भूमिसुधार कार्यालयले फारममा उल्लेख भएको विवरण अनुसार दावी–विरोधका लागि ३५ दिने सूचना प्रकाशित गर्छ ।

जग्गा बाँडफाँड गर्दा रीतपूर्वकको म्याद जारी हुन्छ । वादी, प्रतिवादी कायम गरी निवेदक वादीको र प्रतिवादीको नाममा शुरूमा १५ दिने र त्यसपछि थप १५ दिने म्याद जारी हुन्छ । म्याद जारी भएपछि प्रतिवादीले प्रतिउत्तर लगाउँछन् ।

प्रतिउत्तर अनुसार मुद्दाको अंग पुर्याएर सर्जमिन गर्न लगाइन्छ । बुझ्नुपर्ने लगायतको कागज प्रमाणसहित सबै कुरा बुझिसकेपछि भूमिसुधार कार्यालयले जग्गा बाँडफाँड सम्बन्धी फैसला गर्छ । आधा–आधा जग्गा बाँडफाँड गरेर दिने फैसला गरिन्छ । फैसला अनुसार मोहीको लगत कट्टा हुन्छ र मालपोत कार्यालयबाट जगाधनीको प्रमाणपत्र जारी हुन्छ । 

२०२१ मंसिर १ गते भूमि सम्बन्धी ऐन २०२१ जारी भएपछि मोहियानी हकबारे कानूनमा व्यवस्था गरिएको थियो । कुनै व्यक्ति वा निजको परिवारले मोहीको हैसियतले मधेशसहित सम्पूर्ण तराई क्षेत्रमा ४ बिघा, काठमाडौं उपत्यकामा १० रोपनी र काठमाडौं उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा २० रोपनी जग्गा मात्र मोहीको हैसियतले कमाउन पाउने भनेर ऐनमा मोहीको अधिकतम जग्गाको हद निर्धारण गरिएको थियो । 

नेपालमा करीब १ लाख १९ हजारभन्दा बढी व्यक्तिले मोहीयानी हक प्राप्त गरेको जनाइएको छ ।

धनुषामा दोहोरो स्वामित्वको अवस्था 

धनुषामा मोही र मोहियानी हकको दर्ता प्रमाणपत्रबारे भूमि सुधार कार्यालय धनुषामा अभिलेख छैन । जसले गर्दा यकीन तथ्यांक प्राप्त हुन नसकेको भूमि सुधार कार्यालय धनुषाका मुद्दा फाँटका नायव सुब्बा दिलिप पोखरेलले बताए ।

पोखरेलका अनुसार भूमि सुधार कार्यालय धनुषामा आर्थिक बर्ष २०७४÷७५ मा मोही कायम अन्तर्गत ३५ वटा मुद्दा परेकोमा १३ वटा फछ्र्याैट, मोही नामसारीमा ४ सय २७ मुद्दा दर्ता भएकोमा २ सय २५ मुद्दा फछ्र्याैट भएका छन् । मोही बेदखली अन्तर्गत ९मुद्दा दर्ता भएकोमा ३ फछ्र्याैट, संशोधन, मिलापत्र, निर्णय बदरका लागि ७१ मुद्दा दर्ता भएकोमा २९ फछ्र्याैट भएका छन् ।

मोही प्रमाणपत्र माग अन्तर्गत ९७ मुद्दा दर्ता भएकोमा ४८ फछ्र्याैट, कुत दिलाइ मोही निष्काशन अन्तर्गत ७३ मुद्दा दर्ता भएकोमा २७ फछ्र्याैट, मोही लगत कट्टा (जग्गाको बाँडफाँड) अन्तर्गत ५ सय ५२ मुद्दा दर्ता भएकोमा १ सय ३० फछ्र्याैट भएका छन् ।

त्यसैगरी, जग्गा जोतेर छाडेको अन्तर्गत ७० थान मुद्दा दर्ता भएकोमा ३६ मुद्दा फछ्र्याैट, मोही जग्गाधनी एकै व्यक्ति र एकै परिवारभित्र मोही लगत कट्टा अन्तर्गत ४ सय ८३ मुद्दा दर्ता भएकोमा ४ सय १८ फछ्र्याैट भएको भूमिसुधार कार्यालय धनुषाको अभिलेख तथ्यांकले देखाउँछ ।

भूमि सुधार र मालपोत कार्यालय गाँभियो

भूमि सुधार कार्यालय धनुषा र मालपोत कार्यालय धनुषा एकै कार्यालयमा गाँभिएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार भूमिसुधार र मालपोत कार्यालय गाँभिन गई नयाँ संगठन संरचना अनुसार भूमि सुधार तथा मालपोत कार्यालय जनकपुर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव दिनेश खड्काले मालपोत धनुषालाई २०७५ साउन २८ गतेको सचिवस्तरीय निर्णयबाट कार्यालय गाँभिएको बताए ।

विगतमा पनि मालपोत धनुषा र भूमि सुधार कार्यालय धनुषाका कार्यालय प्रमुख एकैजना रहेका थिए । सरकारले दुवै कार्यालयलाई गाँभिसकेको भएपनि कामकारवाही छुट्टाछुट्टै कार्यालयबाट भइरहेको छ । ‘अहिले तत्काल अलग–अलग कार्यालय सञ्चालनमा रहेपनि केही दिनमै मालपोत धनुषामा नै भूमि सुधारको कार्यालय सार्ने तयारी भइरहेको छ,’ मण्डलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x