×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशले पनि शुरु गर्यो ‘हेल्लो मुख्यमन्त्री’ सेवा

भदौ ४, २०७५

NTC
सा‌ंकेतिक तस्बिर
Premier Steels

पोखरा– गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ । 

सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पुर्‍याउन सक्नेछन् । 

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ । 

प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया, गुनासो सम्बोधनका लागि हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । सेवाको प्रभावकारिता र सुशासनका लागि यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उनले यसले जनता र नेताबीचको सम्बन्ध अझै नजिक र प्रगाढ बनाउने बताए । 

मुख्यमन्त्री गुरुङले विकास निर्माण लगायत सरकारले तय गर्ने योजनाका लागि सर्वसाधारणका सुझाव महत्वपूर्ण हुनेमा जोड दिँदै प्राकृतिक विपद् लगायतका समस्याको जानकारीका लागि पनि यो सेवा बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । 

सेवा शुभारम्भ कार्यक्रममा साेमवार मुख्यमन्त्री गुरुङले फोनमार्फत दुई जना सर्वसाधारणको गुनासोको जवाफ दिएका थिए । मुख्यमन्त्री गुरुङसँग पोखरा सिमपानीका कृष्ण पौडेल र नदीपुरका उपेन्द्र पौडेलले पर्यटन विकास, पर्यटकको सुरक्षा तथा बसाइ लम्ब्याउनुपर्ने जिज्ञासा राखेका थिए । 

जवाफमा मुख्यमन्त्री गुरुङले पर्यटनलाई प्रदेशले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै दीर्घकालीन योजनाका साथ सरकार अघि बढ्ने बताए । उक्त नम्बरमा फोन गरी सर्वसाधारणले आफ्नो सुझाव तथा समस्या टिपाउनाका साथै मौखिकरूपमा उजुरी दिन सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

कार्यालयका सचिव लालमणि ओझाले तत्कालका लागि कार्यालय समय १० देखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने जानकारी दिए । नागरिकको गुनासो सुनुवाइका लागि दुई जना कर्मचारी खटिनेछन् भने अन्य समयमा आएको उजुरी सिधै रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको बताइएको छ । 

यस्तै, hello.gandaki.gov.np र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको इमेल [email protected] मा इमेल गरेर पनि गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x