×

NMB BANK
NIC ASIA

आँखासम्बन्धी स्वास्थ्य नीति ल्याउन माग

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौँ-  आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य पर्यटन–प्रवद्र्धन गर्न सकिनेमा जोड दिइएको हो । 

स्वास्थ्य मन्त्रालयले आँखासम्बन्धी स्वास्थ्य नीति मस्यौदा गरिरहेको जनाइएको छ । ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न साेमबार गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो । 

कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषणलगायत समस्याका कारण मोतियाबिन्दुका रोगी बढ्ने गरेको बताउनुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बोकेकाले त्यसै अनुसारको नीति बन्नुपर्ने विचार राख्नुभयो । 

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आँखा उपचारका लागिा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समेत सहयोग रहेको बताउनुभयो । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखा स्वास्थ्यका लागि जापान सरकारका तर्फबाट रु ९६ लाख बराबरको उपकरण सहयोग गरिएको र भावी दिनमा पनि यस्तो सहयोग जारी रहने जानकारी दिनुभयो । 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ, केन्द्रमा ३२ वर्षसम्म नर्सका रुपमा सेवा गर्नुभएकी जापानी नागरिक मासाको यामानी, नेपाल–जापान मानव विकास संघका रियो सिके, केन्द्रका अध्यक्ष बालप्रसाद शाही तथा सदस्य पासाङदोर्जे शेर्पाले आँखा उपचार र मोतियाबिन्दु शल्यक्रियाको अवस्थाका बारेमा बोल्नुभएको थियो । 

विसं २०४३ देखि स्वास्थ्य सेवा शुरु गरिएको केन्द्रले गत वैशाखदेखि आँखाको उपचारसहित मोतियाबिन्दुको शल्यक्रिया सेवा दिँदै आएको छ । केन्द्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सम्बन्धन प्राप्त अकुपञ्चर उपचार पद्धतिको प्रमाणपत्र तहका अध्यापन पनि हुने गर्दछ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x