×

NMB BANK
NIC ASIA

भेनेजुएलामा मुद्रा अवमूल्यन, एक कप कफीको मूल्य २५ लाख !

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौं – भयंकर आर्थिक संकट बेहोरिरहेको दक्षिण अमेरिकी मुलुक भेनेजुएलाले महंगीको सामनाका लागि आफ्नो मुद्रा ९५ प्रतिशतसम्म अवमूल्यन गरेको छ । यसबाहेक भेनेजुएला सरकारले न्यूनतम ज्यालामा तीन हजार प्रतिशतसम्म बढाउने तयारी गर्दैछ । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आकाश छोएको महंगीमा नियन्त्रणका लागि चालिएको कदम बताएका छन् । 

आर्थिक उद्धारका लागि अनेकौं कदम उठाइने भएको छ । कर बढाउने, केही चालकका लागि पेट्रोलको मूल्य बढाउने अनि नयाँ मुद्रा ल्याउने काम भइरहेको छ । भेनेजुएलाको नयाँ मुद्रा सोभरेन बोलिभरमा अब पहिलेको मुद्राको
तुलनामा पाँच शून्य कम हुनेछन् । अब भेनेजुएलामा आर्थिक चमत्कार हुने मदुरोले बताए । 

भेनेजुएलामा महंगी धेर बढेर एक किलो मासुका लागि ९५ लाख बोलिभर तिर्नुपरेको छ । एक कप कफीका लागि मानिस २५ लाख बोलिभर तिरिरहेका छन् ।

खाद्य संकट र औषधिको कमीका कारण भेनेजुएलाका पाँच लाखभन्दा बढी नागरिक देश छोडेर भागेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेअनुसार, भेनेजुएलामा यसै वर्षको अन्त्यसम्ममा महंगी १० लाख प्रतिशतको दरमा
बढ्नेछ । 

आईएमएफको भविष्यवाणीपछि राष्ट्रपति निकोलस मदुरोले देशको बोलिभर मुद्रामा एक लाख मूल्य भएको नोटबाट पाँच शून्य हटाउने घोषणा गरेका थिए । अब एक लाखको नोटको मूल्य एक बोलिभर हुनेछ । 

तर अर्थशास्त्रीहरू र विपक्षी दलका सदस्यहरूलाई यो योजनाबाट आर्थिक संकट सकिनेमा विश्वास छैन । भेनेजुएलामा को बन्छ करोडपति भन्ने शो नै बन्द भयो किनकि पुरस्कार राशिको कुनै मूल्य नै रहेन ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x