×

NMB BANK
NIC ASIA

यूईएफएको मेन्स प्लेयर अफ द ईयरको अन्तिम मनोनयन सार्वजनिक

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौं – यूईएफएले सन् २०१७/१८ सीजनका लागि सर्वोत्कृष्ट पुरुष खेलाडी (मेन्स प्लेयर अफ द ईयर) को अन्तिम मनोनयन प्रकाशित गरेको छ । मनोनयनमा लियोनेल मेस्सी परेका छैनन् । 

तीन खेलाडीको शर्टलिस्टमा लुका मोड्रिच, क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह परेका छन् । 

अघिल्लो सीजनको च्याम्पियन्स लीग र युरोपा लीगमा भाग लिएका क्लबका ८० प्रशिक्षकको जुरीले शर्टलिस्टलाई अन्तिम रूप दिएको थियो । 

यसको नतिजा अगस्ट ३० अर्थात् भदौ १४ गते यो सीजनको च्याम्पियन्स लीग समूह चरणको खेलतालिका सार्वजनिक गरिने बेलामा घोषणा गरिनेछ । 

मेस्सीले दुईचोटि, रोनाल्डोले तीनचोटि अनि फ्रान्क रिबेरीले एकचोटि यो पुरस्कार जितेका छन् । 

सन् २०११ देखि दिन थालिएको यो पुरस्कारमा शर्टलिस्ट हुने सलाह प्रिमियर लीगको पहिलो खेलाडी हुन् । उनी अन्तिम तीनमा पुग्ने पहिलो अफ्रिकी खेलाडी समेत बनेका छन् । 

यी इजिप्सियन विंगर च्याम्पियन्स लीगको फाइनलमा पुगेका थिए र लिभरपूलको पहिलो सीजनमा कीर्तिमान ४४ गोल गर्न सफल भएका थिए । 

मोड्रिचले चाहिँ क्रोएसियालाई रुसमा भएको विश्वकपको फाइनलमा पुग्न योगदान गरेका थिए । उनको प्रभावशाली प्रदर्शनका लागि विश्वकपमा गोल्डेन बल पनि दिइएको थियो । 

रोनाल्डो चाहिँ रियाल मड्रिडलाई लगातार तेस्रोपटक च्याम्यिन्स लीग जिताएकाले शर्टलिस्टमा परेका हुन् ।

यी तीनपछि एन्टोइन ग्रीजम्यान, लियोनेल मेस्सी, किलियन एम्बाप्पे, केभिन डी ब्रुइना, रफाएल भराने र सर्जिओ रामोस सूचीमा परेका थिए ।

बाजी लगाउनेहरूले मोड्रिचले यो पुरस्कार जित्ने अनुमान लगाइरहेका छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x