×

NMB BANK
NIC ASIA

हिंसाग्रस्त लन्डन : तीन व्यक्तिलाई गोली हानेर बनाइयो घाइते

भदौ ५, २०७५

NTC
Premier Steels

काठमाडौं – लन्डनमा अचेल हिंसाका घटनाहरूमा वृद्धि हुन थालेको छ । सोमवार राति ट्युब स्टेसनमा गोलीकाण्ड हुँदा तीनजना घाइते भएका छन् । 

उत्तरपश्चिमी लन्डनको ब्रेन्टस्थित किंग्सबरी रोडमा उक्त घटना भएको थियो । 

प्रहरीले अहिलेसम्म यो घटनाका कुनै पनि आरोपितलाई पक्राउ गर्न सकेको छैन र यसलाई आतंकवादी घटना पनि भनेको छैन । 

स्थानीय समयअनुसार सोमवार राति पौने १० बजे भएको घटनामा आपराधिक समूहको संलग्नताको आशंका गरिएको छ । 

घटनाका प्रत्यक्षदर्शीले बताए, ‘निकै चर्का आवाजहरू आएका थिए । मानिसहरू चिच्याउन र आत्तिन थाले । गोली हान्ने व्यक्ति चिच्याउन थाले र केही व्यक्तिहरू एउटा कारमा भागे । मैले कतिजना थिए देख्न पाइनँ । मैले कारलाई राम्ररी देख्न पाएको भए हुन्थ्यो जस्तो लागिरह्यो ।’

प्रत्यक्षदर्शीले आफ्नो पहिचान खुलाउन चाहेनन् । उनले गोली लागेर घाइते भएका युवकले एम्बुलेन्स बोलाइदेओ भनेको आफूले सुनेको बताए । 

उनले भने, ‘उनी असह्य पीडामा थिए र भुइँमा लडीबुडी गर्दै सहायता मागेका थिए । सबैजना आत्तिएका थिए । प्रहरी अधिकारीहरू घटनास्थलमा पाँच मिनेटभित्र आइपुगेका थिए । स्तब्ध बनाउने घटना थियो । यो ग्याङले गराएको
घटना हो भन्नेमा म ढुक्क छु । ग्याङका सदस्यहरू त्यो ठाउँमा घुमिरहेका हुन्छन् ।’

घटनाको रिपोर्ट पाएपछि प्रहरीका गाडी र एम्बुलेन्सहरू जुबिली लाइन स्टेसनबाहिरको व्यस्त सडकमा आइपुगेका थिए । 

तीस वर्षीया एक महिला र दुई पुरुषलाई गोलीको चोट लागेपछि अस्पताल दौडाइएको थियो । 

दुवै पुरुष अस्पतालमै छन् र उनीहरूलाई घातक चोटपटक लागेको छैन । महिलाले भने अस्पतालबाट छुट्टी पाइसकेकी छन् । 

प्रहरी अधिकारीहरूले आरोपितको खोजी गरिरहेका छन् ।

लन्डनमा केही समययता चक्कुले हान्ने लगायतका हिंसात्मक गतिविधि बढेका छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x