×

NMB BANK
NIC ASIA

बुटवल – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो नजर स्थानीय तहमा केन्द्रित गर्ने योजना बनाएको छ ।

Muktinath Bank

पालिकामा अधिकार र बजेट धेरै गएपछि त्यहाँ भ्रष्टाचार र अनियमितता हुने भन्दै अब अख्तियारको आँखा स्थानीय तहमा केन्द्रित रहने नीति लिएको छ । अख्तियारको कार्यालयमा परेका उजुरीको प्रकृति स्थानीय तहमा भ्रष्टाचारमा केन्द्रित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारको ५ नम्बर प्रदेश कार्यालय बुटवलका प्रमुख रविलाल पन्तले स्थानीय तहमा बढी अनियमितता देखिएको भन्दै त्यसतर्फ केन्द्रित हुने बताए । स्थानीय तहका २ सय १ वटा उजुरी कार्यालयमा परेका छन् ।


Advertisment
Nabil box
Kumari

‘हामी कहाँ परेका उजुरीमध्ये धेरै स्थानीय तहका देखिए,’ पन्तले भने, ‘स्थानीय तहलाई अधिकार धेरै छ । जनताका धेरै काम पनि स्थानीय तहबाटै हुन्छन् । बजेट पनि त्यहीँ धेरै छ । अनियमितता र भ्रष्चार त्यही धेरै हुन्छ । त्यसैले अबको नजर स्थानीय तह केन्द्रित हुन्छ ।’

Vianet communication

कस्ता–कस्ता परे उजुरी ? 

कार्यालयमा जनप्रतिनिधिविरूद्ध पनि उजुरी परेका छन् । स्थानीय तहले आन्तरिक आयको विनियोजन र खर्च पारदर्शी नगरेको, कर्मचारी नियुक्त गर्दा विधिसम्मत् नभएको, सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको, वन क्षेत्र, ऐलानी जग्गा निजी विद्यालयको भवन बनेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको, छात्रवृत्तिको रकम दुरूपयोग भएको, विद्यालयको दिवा खाजामा अनियमितता भएको, नक्कली बिल भरपाई बनाई राज्यको रकम हिनामिना गरेको, ठेक्कापट्टा पनि मनपरी गरेको भन्दै अख्तियारमा उजुरीको चाङ छ ।

१ वर्षमा ८ सय ५७ उजुरी 

अख्तियार बुटवल कार्यालयमा आर्थिक वर्ष २०७४÷०७५ मा ८ सय ५७ उजुरी परेका छन् । त्यसमध्ये कार्यालयले ४ सय ७२ वटा मात्र फर्छ्यौट गरेको छ । जुन ५५ प्रतिशत मात्र हुन आउँछ । सहसचिव पन्तले भने, ‘पर्याप्त जनशक्ति नहुँदा फर्छ्यौट गर्न समय अर्को वर्षलाई सरे । आउँदो वर्षदेखि यसलाई तीब्रता दिने छौं ।’ कार्यालयमा परेका उजुरीमध्ये सबैभन्दा धेरै रूपन्देहीका छन् । जहाँ ३ सय ८ वटा छन् । जसमध्ये १ सय ८४ वटा फर्छ्यौट पनि भइसकेका छन् ।

नवलपरासीका १ सय ९७, कपिलवस्तुका १ सय ७९, अर्घाखाँचीका ७२, पाल्पाका ५३, र गुल्मीका ४८ वटा उजुरी रहेका अख्तियारका कार्याललयका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए । अख्तियारमा पर्ने उजुरीमध्ये ५१ प्रतिशत बेनामे उजुरी छन् ।

यस अगाडि साविक लुम्बिनी अञ्चल कार्यालय मातहतका जिल्ला हेर्ने अधिकार रहेको कार्यालय अब प्रदेश स्तरीय भएको छ । पश्चिमका बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्न नेपालगञ्जमा अख्तियारको सम्पर्क कार्यालय राखिएको छ । २०७० माघमा अख्तियारको कार्यालय बुटवलमा स्थापना भएको थियो । 

अख्तियारका उपलब्धि

अख्यितारले आर्थिक वर्ष २०७४/०७५ मा ५ जनालाई घुससहित रङ्गेहात पक्राउ गर्न सफल भएको छ । उनीहरूबाट ६ लाख रुपैयाँ बिगो दाबी पनि गरिएको छ । अख्तियारले ४ करोड ८ लाख २९ हजार ५ सय ६३ रूपैयाँ पनि असुल गर्न सफल भएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिकास्थित वनको २५ बिगाहा १० धुर जग्गा व्यक्तिको नाममा बनाउन लाग्दा रोक्न सफल भएको अख्तियारको उपलब्धिमा उल्लेख छ । जुन जग्गा २६ करोड रूपैयाँको छ । 

अख्तियारका चुनौती

अनुसन्धानका लागि प्रयोग हुने प्रविधिको अभाव हुँदा अख्तियारकोले सोचेजस्तो काम गर्न नसकेको पन्थ बताउँछन् । ‘घुस लिने शैली फेरियो । पहिला टेबलमुनिबाट दिने घुस भन्थे,’ पन्थले भने, ‘दोस्रो, तेस्रो र चौथो व्यक्ति र चेकमार्फत् घुस लिन÷दिन थालेका छन् । यसलाई पछ्याउने प्रविधि नहुँदा सोचेजस्तो काम गर्न सकिएको छैन ।’

दक्ष जनशक्तिको अभाव, गोलमटोल प्रकृतिका उजुरीको चाप, व्यक्तिगत फाइदाका लागि आउने उजुरी, विषयगत तालिमको कमी अख्तियारमा छ । कार्यालयमा पन्थ हालै सरूवा भएर आएका हुन् । कार्यालयमा ५१ जनाको दरबन्दी रहेपनि ३० जना कर्मचारी मात्र कार्यरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x