कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
वीरेन्द्र कटुवाल
ओडेर,
हिउँका सेता दोलाइँ,
च्यापिएर,
तारे भीरका गल्छेडाहरूमा ।
बालेर,
उत्साहका जुनकिरीहरू,
काटेथ्यौं
दन्त बजाउँदै,
ऋतुधर्मका कैयौं चिसा रातहरू ।
खै,
के दोस्नु र समयलाई पनि,
आएकै हो पटकपटक,
बाल्दै,
क्रान्तिका समिधाहरू ।
सात साल, छयालीस साल,
बाउन्न, बैसठ्ठी, त्रिसठ्ठी आए,
तर, आएनन्,
हाम्रो प्यास मेट्ने सुहागरातहरू ।
कति खेलौं,
लुकामारी, यी अँध्यारा कुइनेटाहरूसित,
कति जुधौं,
यी अक्करिला भीर, पहराहरूसित,
हामी त आजित भइसक्यौं,
यी अविश्रान्त बाँझा यात्राहरूसित ।
औडाहा हुन्छ,
देखेर,
चरचर फुटेका,
तराईका फाँटिला मैदानहरू ।
त्यसै त्यसै,
आन्दोलित हुन्छौं,
देखेर,
उज्यालो खोज्दै हिँडेका भविष्यका कर्णधारहरू ।
अनि,
उद्विग्न हुन्छ कोख,
देखेर,
तरर्र–तरर्र पसिना काड्दै,
सुकेका झिक्रा र गोबरको गुइँठा बटुल्दै,
भौंतारिरहेका दुई जिउका आमाहरू ।
नभइदिए,
यी भीमकाय पहाडका पर्खालहरू,
किन हेर्नेथियौं र,
अरू कसैको बाटो ?
बग्ने थियौं
तराईका फाँटिला मैदानहरूमा कलकल,
र,
झुल्ने थियौं बालीनाली भएर, हलहल ।
सक्ने भए,
किन गुहार्ने थियौं र, अरू कसैलाई ?
पखाल्ने थियौं,
अशक्त आमाहरूको आँसु र पसिना,
जल्ने थियौं विद्युतचूलो भएर
र, पाक्ने थियौं आफैं मीठो परिकार बनेर ।
अनि,
बल्ने थियौं, कोठाचोटामा
झलमल्ल,
भविष्यका कर्णधारहरूको,
आँखाको ज्योति भएर ।
ए, झेली मान्छे हो ?
किन सुन्दैनौ गुनासो,
हामी नदीनाला र झरनाहरूको ?
कति गर्छौ सौदा, हाम्रो बाँझोपनको,
र,
लुकाउँछौ आफ्नो नपुंसकता
बुझ्दैनौ भने,
हाम्रो कलकल बग्ने जवानीको भाषा,
कुराउँछौ कति हामीलाई ?
ढाँट्छौ कति,
तिर्खाएका ती अदना मनहरूलाई,
र, देखाउँछौ, नक्कली मर्दपना ?
हालः जेद्दा, साउदी अरब
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...