×

NMB BANK
NIC ASIA

सुरक्षा नहुँदा स्थानीय तहमा बैंक स्थापनामा ढिलाइ, सदरमुकाम धाउनुपर्ने बाध्यता

भदौ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडी-सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण हुन नसकेको उक्त गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिनुभयो । 

Muktinath Bank

गाउँपालिकामा सुरक्षा आवश्यक परेमा मेलौलीबाट ल्याउनुपरेको छ, उहाँले भन्नुभयो, “बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै शाखा आउने भनेको छ” अबको एक महिनाभित्रै शाखा स्थापना गर्ने गरी सुरक्षा व्यवस्थाको प्रबन्ध भइरहेको छ । 

प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले शिवनाथमा प्रहरी चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिबाट पारित भइसकेको बताउनुभयो । उक्त गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी भए पनि त्यहाँबाट गाउँपालिकाको केन्द्र सुल्लेखान पुग्न चार घण्टा लाग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न आवश्यक छ, उहाँले भन्नुभयो, “प्रहरी चौकी स्थापनाका लागी माथिको आदेश चाहिन्छ , यसका लागि हामीले सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ ।” उक्त गाउँपालिकामा १५ दिनभित्रै प्रहरी चौकीको स्थापना हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै जिल्लाको दुर्गम सिगासमा पनि बैंकका शाखा स्थापना हुनसकेको छैनन् । विद्युत्, सडक, इन्टरनेट नहुँदा बैंक स्थापना हुन नसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । 

गत महिना कृषि विकास बैंक स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारण स्थापना हुन नसकेको गुनासो गर्दै उहाँले भन्नुभयो, “विद्युत्, इन्टरनेटको प्रबन्ध भइरहेकाले अबका केही दिनमै बैंकले पनि सेवा दिन्छ ।” 

सदरमुकाम धाउनुपर्ने बाध्यता 
सरकारले विसं २०७४ साउनमै देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने भने पनि ती दुई गाउँपालिकामा अझैसम्म बैङ्कका शाखा स्थापना नभएकाले त्यहाँका क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । बैंक नहुँदा आफूहरूले सास्तीे भोग्दै आएको शिवनाथका वीरेन्द्र महताले बताउनुभयो । गाउँमा बैंक नहुँदा समस्या भएको छ उहाँले भन्नुभयो, “सानो बंैंकिङ कारोबारलाई पनि सदरमुकाम पुग्नुपर्छ ।” 

उक्त गाउँपालिकाका उपाध्यष चन्दले े भन्नुभयो, “बैंक स्थापनाका लागि कुरा अगाडि बढिसकेको छ” गत वर्ष पनि बैंक नहुँदा सम्पन्न भएका विभिन्न योजनाका भुक्तानीमा ढिलाइ भएको थियो । 

यस्तै समस्या सिगास गाउँपालिकामा पनि भएको स्थानीयवासी पद्म साउदले बताउनुभयो । बैंकिङ कारोबारकै लागि रु एक हजारभन्दा बढी खर्च गरेर डडेल्धुरा तथा सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । गत महिनामै कृषि विकास बैंक स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारणले स्थापना हुन नसकेको गाउँपािलका उपाध्यक्ष द्रोपति चन्दले बताउनुभयो । 

आठ स्थानीय तहमा बैंक 
जिल्लाका १० स्थानीय तहमध्ये आठमा यसअघि विभिन्न बैंकका शाखा स्थापना भइसकेका छन् । सिगास र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना भइसकेका हुन् । 

पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमइ बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, पञ्चेश्वरमा नोबेल बैंक र मेलौलीमा एनसीसी बैंकका शाखा स्थापना भइसकेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैंकलगायत शाखा छन् भने पाटन नगरपालिकामा कृषि विकास बैंकलगायत अन्य शाखा छन् । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x