×

NMB BANK
NIC ASIA

निर्मला हत्याकाण्ड : कञ्चनपुरमा थाल ठटाएर विरोध, हत्यारा जोगाउन खोजेको भन्दै संसदमा आक्रोश

भदौ २८, २०७५

NTC
Premier Steels

महेन्द्रनगर – कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगर बजारमा थाल ठटाएर विरोध प्रदर्शन गरिएको छ ।

Muktinath Bank

खाना खाने थाल र चम्चासहित सडकमा उत्रेका महिलाले हत्यारा पत्ता लगाउन ढिलाइ भइरहेको भन्दै सरकारको विरोध गरेका छन् । गोरा र तीजमा स्थगित भएको निर्मलालाई न्याय दिलाउने आन्दोलन फेरि शुरू हुन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्या आरोपमा पक्राउ परेका दिलिपसिंह विष्टलाई जनदबाब र प्रमाण नपुगेपछि छाडिएको छ भने शंकास्पद बम दिदीबहिनी रोशनी र बबितालाई पनि प्रहरीले छाडेको छ । राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा तत्कालीन प्रहरी टीमले गम्भीर त्रुटि गरेको सार्वजनिक गरेका छन् ।


Advertisment
Nabil box
Kumari

अनुसन्धानमा गम्भीर त्रुटि गरेको आरोप लागेका प्रहरीमध्ये एसपी डिल्लीराज विष्टलाई सरकारले पहिलो चरणको आन्दोलन उत्कर्षमा पुग्दा निलम्बन गरेको थियो । तर, अरु प्रहरी अधिकारीमाथि सरकारले कुनै कारवाही गरेको छैन ।

Vianet communication

अपराधी पत्ता नलाग्नु र प्रमाण नष्ट गर्नेमाथि कारवाही नहुनुले महेन्द्रनगरमा आक्रोश बढ्दै गइरहेको महिला अगुवा हेलन श्रेष्ठले बताइन् । प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीवार साँझबाट घोषित आन्दोलन गर्ने तयारी गरेको नेविसंघ कञ्चनपुरका नेता केशवराज जोशीले बताए ।

यसैबीच, बालिका निर्मला पन्तको हत्याकाण्डका दोषीलाई सरकारले संरक्षण गर्न खोजेको भन्दै सांसदहरूले विरोध जनाएका छन् । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको शून्य समयमा सांसदहरूले नक्कली दोषी खोजेर अपराधीलाई लुकाउन खोजेको आरोप लगाएका हुन् । 

कांग्रेसकी हिरा गुरुङले भनिन्, ‘सरकार नै बलात्कारीलाई जोगाउन लागेकोमा शंका गर्नु पर्दैन । अपराधी सत्तासिन पार्टीको पहुँच भएको व्यक्ति हो कि भनेर जनताले भन्न थालेका छन् ।’ 

सांसद सुजाता कोइरालाले निर्मला पन्तको हत्याको २ महिनासम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरिन् । उनले घटना छानबिन समितिको सदस्यले राजीनामा गरेको विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्ने बताइन् ।

कांग्रेस कोषाध्यक्ष सरिता यादवले सरकार बलात्कार र हत्यामा ध्यान नदिएर लुकाउने कोसिस गरेको आरोप लगाइन् । उनले जबसम्म महिलाको सुरक्षा हुँदैन, देशको सुरक्षा हुन नसक्ने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x