×

NMB BANK
NIC ASIA

चौध देशका कम्युनिष्ट नेताहरु नेपालमा, ओली–प्रचण्डदेखि मोदनाथ प्रश्रितले पढाए माक्र्सवाद

भदौ २९, २०७५

NTC
सा‌ंकेतिक तस्बिर
Premier Steels

भक्तपुर– भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । 

विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व कम्युनिष्टको उदय, सङ्घर्ष र वर्तमान अवस्थाका बारेमा प्रशिक्षणमार्फत जानकारी लिएका हुन् । विश्वमा कम्युनिष्ट कमजोर हुँदै गएका बेला नेपालमा भने कम्युनिष्ट किन र कसरी माथि आउँदैछ भन्ने अध्ययन गर्न २१ दिनको प्रशिक्षणले टेवा पुर्‍याएको सहभागीले बताएका छन् । 

प्रशिक्षणमा सहभागी अल इण्डिया युथ लाइभका राष्ट्रिय सदस्य धर्मेन्द्र कुमारले २१ दिनको बसाइँले माक्र्स र लेलिनका बारेमा सिक्न पाएको बताउँदै विश्वका सबै देशको कम्युनिष्ट पार्टीका बारेमा अनुसन्धान गर्न मद्दत पुगेको बताउनुभयो । 

भारतका कम्युनिष्ट मन्दिर, मस्तिज जान मन नपराउने गरेको जानकारी दिँदै उहाँले नेपालमा त्यो अवस्था नरहेको बताउनुभयो । नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको उदयका बारेमा जानकारी लिन पाएको उहाँको भनाइ छ । 

विश्वको कम्युनिष्टबारे जानकारी दिन आयोजित प्रशिक्षणमा सहभागी पाकिस्तानका पाकिस्तान वर्कस् पार्टीकी युवा नेत्री पस्मिना साहिलले आफ्नो देशमा कम्युनिष्टबारे प्रशिक्षण नै नदिइ पार्टीमा लाग्नुपर्ने बाध्यता रहेको अवस्थामा नेपालको प्रशिक्षणले कम्युनिष्ट पार्टीबारे बुझ्ने मौका पाएको बताउनुभयो । पाकिस्तानमा निकै चुनौती रहेको बताउँदै उहाँले नेपालमा जस्तो कम्युनिष्टलाई पाकिस्तानमा खुला नरहेको बताउनुभयो । 

पाकिस्तानकै वर्कस् पार्टीका निशार लिक्बालले आफू २५ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेर यसको भविश्य के भनेर निराश भएको अवस्थामा यहाँको प्रशिक्षणले निकै ऊर्जा थपेको बताउनुभयो । बङ्गलादेशबाट प्रशिक्षणमा सहभागी भएका साक्हबाट हुसैनले समाजवाद र क्रान्तिकाबारेमा विभिन्न देशको अनुभवबाट धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो । 

कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिष्ट पार्टी यहाँको सङ्घर्ष र सत्तासम्मको आरोहका बारेमा जानकारी लिने मौका पाएको उहाँको भनाइ छ । बङ्गलादेशमा कम्युनिष्टलाई कतिपयले एजेन्टका रुपमा लिने गरेको बताउनुभयो । 

प्रशिक्षणबारे पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता एवं स्कूलका संरक्षक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका बारेमा विभिन्न देशका नागरिकलाई जानकारी दिने मौका पाएको बताउँदै यो स्कूललाई कम्युनिष्ट स्कूलका रुपमा स्थापित गरेर लैजाने बताउनुभयो । यसले विभिन्न देशका नागरिकलाई कम्युनिष्ट व्यवस्थाबारे जानकारी दिन, विभिन्न देशका कला, संस्कृति र रहनसहनका बारेमा आदानप्रदान गर्नसमेत टेवा पुगेको छ । 

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, ताञ्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको प्रशिक्षणमा सहभागीले विश्वमा कम्युनिष्ट आन्दोलनको शुरुआत, माक्र्स, लेलिनदेखि हालसम्मको अवस्थाका बारेमा जानकारी लिन पाएको प्रतिक्रिया दिइएको छ । 

प्रशिक्षण व्यवस्थापन समितिको संयोजक बलराम बाँस्कोटाले प्रशिक्षणमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, जनआन्दोलन, माक्र्सवाद, लेलिनवाद, माक्र्सवाद दर्शन, कम्युनिष्ट सङ्गठनात्मक व्यवस्था, कम्युनिष्ट आन्दोलनको नेतृत्व लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइएको जानकारी दिनुभयो । 

प्रशिक्षण अवधिभर प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुसाल, भारतका परवीरपुर कायस्थ, बङगलादेशका शुसान्त्व दास, अमेरिकाका क्रिसो क्रुसोलगायत विभिन्न देशका कम्युनिजमका विज्ञले प्रशिक्षण दिएको कार्यक्रम आजदेखि समापन भएको छ । अर्को प्रशिक्षण कक्षा आगामी जनवरीदेखि मार्चसम्ममा सञ्चालन हुने बताइएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x