×

NMB BANK
NIC ASIA

नेपाललाई जापानको सुझाव– हिमालको पानी विदेशमा बेचेर पैसा कमाउनू

भदौ ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थोपार्जन गर्न नेपाललाई सुझाव दिएको छ । नेपालको हिमालयमा पिउन पर्याप्त मात्रामा पिउनयोग्य पानी रहकाले त्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ ।

Muktinath Bank

जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलका सदस्यले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग उक्त प्रस्ताव राखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विश्वभर अब सबैभन्दा ठूलो संकट पानीको आउँदैछ’, टोलीका सदस्य तथा पूर्वसांसद माचुदाले भने, ‘नेपालको हिमालय क्षेत्रमा पर्याप्त पानी छ, त्यसलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सक्नुहुन्छ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाएको र त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए ।

Vianet communication

त्यस क्रममा मन्त्री बस्नेतले नेपालमा बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन जटिल र  चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दिर्घकालिन समाधाको विधिमा जान लागिएको बताए । ‘एक ठाउँमा जम्मा भएको फोहोरलाई अन्यत्र लगेर फाल्ने तरिकाले मात्र फोोर व्यवस्थापन दिगो नहुने हाम्रो अनुभवले देखाएको छ’, उनले भने, ‘फोहोरको पुनः प्रयोग गर्नेबारेसोचिरहेका छौं ।’

यस्तै विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चा गर्दै उनले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको औंल्याए ।

‘विकास र वातावरणबीच कसरी सन्तुलन कायम गरेर अगाडि बढ्न सकिन्छ भन्नेबारेगृहकार्य गरिरहेका छौं’, उनले भने, ‘हाम्रो मन्त्रालयले त्यस विषयलाई समेटेर तयार पारेको नयाँ कानूनको मस्यौदाबारे संघीय संसदमा माननीयहरूले छलफल गरिरहनुभएको छ ।’

नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उनले मुलुकका सातवटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताए ।

त्यस्तो योजनाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गर्ने उनको भनाइ थियो ।

विकास र वातावरणबीच सन्तुलन कायम गराउन आफ्नोमन्त्रालयले आक्रामक रुपमा देशभर वृक्षारोपणकोकार्यक्रम सञ्चालन गर्नलागेको पनि उहाँले बताउनुभयो । चुरे क्षेत्रमा दनी प्रणाली व्यवस्थापनमा आधारित कार्यक्रम र राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा ‘इकोटुरिज्म’ कार्यक्रमलाई विशेष महत्वका साथ अघि बढाइएको मन्त्री बस्नेतले जानकारी गराए ।

यस्तै उनले विश्वमा वातावरणीय प्रदूषण गराउन नेपालको भूमिका शून्य दशमलब शून्य २७ प्रतिशत रहेको भए पनि वातावरण प्रदूषण भएको मुलुकको सूचीमा नेपालको नाम अगाडि आइरहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराइने पनि उल्लेख गरे ।

त्यस क्रममा उनले नेपालले जापानसँग हरित उद्यमशीलता, जलवायु परिवर्तनको अवस्थामा सुधार तथा वातावरणीय प्रदूषण कम गर्ने एजेण्डामा सहकार्य गर्न चाहेको बताए ।

भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए ।

यस्तै पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकालेत्यस एजेण्डामा सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनले नेपालको वातावरणीय सन्तुलन कायम गर्ने सन्दर्भमा जापान सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x