×

NMB BANK
NIC ASIA

संविधान दिवसले फोरममा रडाको : केन्द्र र प्रदेशबाट विवादास्पद वक्तव्यवाजी

असोज १, २०७५

NTC
Premier Steels

जनकपुरधाम – विगत २ वर्षदेखि धनुषामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने मूल समारोह समितिले संविधान दिवस मनाउने गर्दथ्यो ।

Muktinath Bank

जनताको स्तरमा मधेशमा संविधान दिवसको उत्सव नमनाएर कालो दिवसको रूपमा ‘ब्ल्याक आउट’ कार्यक्रम गरिन्थ्यो भने सरकारी स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित विभिन्न कार्यालय प्रमुखले एउटा कोठामा संविधान दिवसको उत्सव मनाउने गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, यस पटक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नभएर २ नम्बर प्रदेशको मुख्यमन्त्रीको संयोजकत्वमा संविधान दिवस मूल समारोह समिति गठन गरिने भनेर संघीय सरकारको गृह मन्त्रालयद्वारा परिपत्र जारी भएपनि संविधान दिवस मनाउन कुनै पनि समिति गठन गरिएको छैन ।


Advertisment
Nabil box
Kumari

‘विगतमा प्रमुख जिल्ला अधिकारीकै संयोजकत्वमा मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने गरी पनि यस पटक मुख्यमन्त्री ज्यूको संयोजकत्वमा मूल समारोह समिति गठन गरिने भनेर परिपत्र भएको छ, मुख्यमन्त्री ज्युको प्रतीक्षामा हामी बसिरहेका छौं,’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले लोकान्तरसँग भने, ‘मुख्यमन्त्री ज्यूको संयोजकत्वमा सबै सरोकारवालालाई सम्मिलित गराएर मूल समारोह समिति गठन हुने भनेर संघीय सरकारबाट परिपत्र आएकाले हामी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको प्रतिक्षामा बसेका छौं ।’

Vianet communication

तर, हालसम्म मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस मनाउनका लागि भनेर मूल समारोह समिति गठन गरिएको छैन । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार संघीय सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा मूल समरोह समिति गठन गरी संविधान दिवसको अवसरमा भव्य कार्यक्रम आयोजन गर्न परिपत्र गरिएको भएपनि प्रदेश सरकारले कुनै तयारी गरेको छैन । ‘हामीले संविधानलाई आंशिक रुपमा मात्र स्वीकार गरेकाले संविधान दिवसको अवसरमा प्रदेश सरकारले कुनै पनि उत्सव गर्दैन ।’

‘संविधान जबर्जस्ती जारी गरिएको र संविधानमा भेदभाव र त्रुटि अझै पनि कायमै रहेकाले संविधान संशोधन नहुन्जेलसम्म संविधान जारी गरिएको दिनमा दिपावली मनाउन सकिन्न,’ मन्त्री यादवले भने । उनी संघीय समाजवादी फोरम नेपालका प्रभावशाली नेता पनि हुन् । उनको पार्टीले २ नम्बर प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने संघीय सरकारमा पनि सहभागी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरी फुयालले प्रदेश सरकारले संविधान दिवस मनाउने तयारी भइरहेको बताए । ‘संविधान दिवसको अवसरमा उत्सव स्वरूप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेर मनाइने तयारी भएको छ,’ फुयालले लोकान्तरसँग भने ।

सप्तरी जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने कार्यक्रम रहेको भन्नेबारे जानकारी प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

फोरमको विवादास्पद निर्णय

आइतवार गते संघीय समाजवादी फोरम नेपालको तराई–मधेश तदर्थ समितिका अध्यक्ष रेणुकुमारी यादवले असोज ३ गतेलाई कालो दिनको रूपमा मनाउने प्रदेश कार्यसम्पादन समितिको बसेको बैठकबाट निर्णय गरिएको व्यहोरा सहितको विज्ञप्ति जारी गरेको छ ।

विरोध स्वरूप दिनभर हातमा कालोपट्टि बाँध्ने, सार्वजनिक स्थानमा कालोझण्डा झुण्ड्याउने, असोज ३ गते साँझ ७ बजेदेखि सवा ७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने कार्यक्रममा प्रदेशका सबै कार्यकर्तालाई सहभागी हुन निर्देशन समेत दिइएको थियो ।

संविधान संशोधन गरेर मधेशी, आदिवासी जनजाति लगायतका उपेक्षित समुदायको माग पूरा गर्ने सरकारले गरेको सहमतिकै आधारमा फोरम नेपाल निर्वाचन र सरकारमा सहभागी भएको भन्दै फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी यादवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिबद्धता कार्यान्वयनका लागि ध्यानाकर्षणका साथै बलपूर्वक संविधान लागू गरिएको दिन आगामी असोज ३ गतेलाई कालो दिनको रूपमा विरोध गर्ने प्रदेश कार्यसम्पादन समितिले निर्णय गरेको छ ।’

तर, केन्द्र भन्छ – कालो दिवस मनाउँदैनौं 

तराई–मधेश प्रदेश समितिले कालो दिवस मनाउने निर्णय गरेको भएपनि संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिले भने कालो दिवस मनाउने भनेर फोरमद्वारा कुनै पनि निर्णय नगरिएको बताएको छ ।

एक दिन नबित्दै फोरम नेपालका केन्द्रीय उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले फोरमले कालो दिवस मनाउने भनेर निर्णय नगरिएकाले कालो दिवसको कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ ।

‘संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति हाम्रो असहमति, विरोध र फरक–फरक धारणा यथावत् नै रहेको छ । तर, कालो दिवस मनाउने भन्नेबारे तत्काल पार्टीले कुनै पनि निर्णय भने गरेको छैन ।’

‘वर्तमान परिस्थितिमा संशोधनको माध्यमले संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेको कमी कमजोरीलाई सच्याउँदै प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकारहरू प्राप्त गर्न फोरम र सरकारमा रहेका दलहरूसँग समझदारी भएर सरकार संशोधन गर्न सहमत समेत भएकाले कालो दिवस मनाउने निर्णय भएको छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक राष्ट्रिय जनता पार्टी (राजपा) नेपाले संविधान दिवसको विरोधमा कालो दिवस मनाउने सहितका कार्यक्रम सार्वजनिक गरिसकेको अवस्थामा फोरम भने अलमलमा नै रहेको देखिन्छ । फोरम पार्टीभित्रै विवाद देखिएको अवस्थामा संविधान दिवस कसरी मनाइन्छ भन्ने हेर्न असोज ३ गतेलाई नै पर्खिनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x