×

NMB BANK
NIC ASIA

संविधान दिवसका दिन ‘तागत देखाउने’ तयारीमा सिके राउत, प्रशासन सतर्क

असोज १, २०७५

NTC
फाइल तस्बिर
Premier Steels

जनकपुरधाम–३ वर्षअघि २०७२ भदौ २५ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको क्रममा ‘चलु जनकपुर भरु जनकपुर’ भन्ने  नारा दिएको थियो ।

Muktinath Bank

संविधान जारी हुने पूर्वसन्ध्यामा अहिलेको राजपा नेपाल र फोरम नेपाल सम्मिलित मोर्चाले ‘चलु जनकपुर भरु जनकपुर’ नारा दिएर विरोध प्रदर्शनका लागि धनुषाका गाउँ–गाउँबाट सदरमुकाम जनकपुर केन्द्रित विरोध प्रदर्शन गर्न जनतालाई आह्वान गरेको थियो । मोर्चाका नेताका अनुसार नारा र आन्दोलनको रणनीति तत्कालीन तमलोपा उपाध्यक्ष ब्रिखेशचन्द्र लालले बनाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुर प्रवेश गर्ने प्रत्येक नाकामार्फत् केन्द्रीय नेताको अगुवाइमा जनकपुरमा प्रवेश गर्ने र आन्दोलन गर्दै विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको थियो । जुन कार्यक्रम अनुसार त्यतिबेला जनकपुर अशान्त भएको थियो । प्रशासनले गोली नै चलाएको थियो, जसमा ३ जनाको मृत्यु भयो ।


Advertisment
Nabil box
Kumari

त्यही पूरानै नारा ‘चलु जनकपुर भरु जनकपुर’ प्रचार गर्दै आगामी असोज ३ गते पनि जनकपुरलाई भर्ने तयारी भइरहेको छ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले असोज ३ गते कार्यक्रम तय गरेर गाउँगाउँबाट जनतालाई जनकपुर आएर संविधानको विरोधमा कालो दिवस मनाउन आह्वान गरेका छन् ।

Vianet communication

कार्यक्रम सफल पार्नका लागि राउतका समर्थक र कार्यकर्ताले महिना दिनदेखि तयारी गरिरहेका छन् । गाउँगाउँमा कार्यकर्ताले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । विद्यालयमा गएर विद्यार्थीलाई सहभागी हुन अनुरोध गरिरहेका छन् । धनुषा, महोत्तरी र सिरहा गरी ३ जिल्लाका मानिसलाई जनकपुरमा ल्याउने राउतको तयारी छ ।

राउतका एक जना कार्यकर्ताका अनुसार गाउँगाउँबाट मानिस ल्याउन ट्रयाक्टर र बसको व्यवस्था गरिँदैछ । ‘गाउँगाउँमा कर बढ्यो, शहीदको सपना पूरा भएन, जनताले अधिकार प्राप्तिका लागि बलिदानी दिए । तर, राजपा र फोरम सत्तामै व्यस्त रहेको अवस्था छ, संविधान संशोधन पनि भएन, त्यसैले शहीदहरूको श्रद्धान्जलि दिन र संविधानको विरोधमा कालो दिवस मनाउन जनकपुर जाऔं भन्दै घरदैलो अभियान गरिरहेका छौं,’ ती कार्यकर्ताले भने ।

समर्थक र कार्यकर्तालाई जनकपुरमा भेला गराएर कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा सार्वजनिक गरिएको छैन । सार्वजनिक गर्दा प्रहरीले हस्तक्षेप गरेर कार्यक्रम भाँड्न सक्ने अनुमानसहित राउतले रणनीति बमोजिम नै कार्यक्रम सार्वजनिक गरेका छैनन् ।

विरोध जुलुस प्रदर्शन गर्ने वा श्रद्धाञ्जलिसभा मनाउने वा विरोधसभा नै आयोजन गर्ने, कुन ठाउँमा ती कार्यक्रम गर्ने भन्ने विषय राउतले जानी बुझीकनै हालसम्म गोप्य राखेको उनका समर्थक बताउँछन् । जनकपुरधामको राजमार्गमा पर्ने रामानन्द चोकमा सबै समर्थकलाई भेला हुन आह्वान गरिएको छ ।

राउत जनकपुरमा नै बस्दै आएका छन् । तर, पछिल्लो केही सातादेखि उनी सम्पर्कविहीनको अवस्थामा छन् । प्रहरीले उनलाई पक्राउ गरेर कार्यक्रम असफल बनाउन सक्ने हुनाले उनी विगत केही सातादेखि जनकपुरमा नबसेपनि अब उनी जनकपुर आइसकेको एक समर्थकले बताए ।

यसअघि, जनकपुरको बलबा टोलमा बस्दै आएका राउत त्यहाँ धेरै दिनदेखि नभएको प्रहरी स्रोतको भनाई छ । उनलाई निगरानी राख्न वर्षौदेखि राउतको घर अगाडि राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र नेपाली सेनाका सादा पोशाकका सुरक्षाकर्मी परिचालित हुँदै आएको छ ।

‘दिनभर राउत उपर निगरानी राख्ने गरेपनि रातको समयमा निगरानी राखिँदैन,’ एक सुरक्षाकर्मीले भने ।

स्थानीय प्रशासनलाई चुनौती

असोज ३ गते राजपा नेपालले पनि विरोध प्रदर्शन तथा कालो दिवस मनाउने कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरिसकेको अवस्थामा राउतको समेत जनकपुर लक्षित कार्यक्रमले स्थानीय प्रशासनलाई चुनौती थपिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार राजपा एउटा जिम्मेवार राजनीतिक दल हुनुका साथै सत्ता पक्षधर समेत रहेकाले राजपाको विरोधका कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनेतर्फ पनि स्थानीय प्रशासन सचेत छ ।

दिनहुँजसो जिल्ला सुरक्षा समितिको बैठक बस्ने गरेको छ । ‘राजपाका स्थानीय नेतासँग दिनहुँजसो हामी सम्पर्कमै छौं । राजपाको विरोध कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् भन्ने कुरामा हामी अत्यन्तै सचेत छौं,’ प्रजिअ लामिछानेले लोकान्तरसँग भने, ‘कुनै पनि किसिमको अप्रिय घटना नहुन दिन स्थानीय प्रशासन सचेत मात्रै छैन, त्यसै हिसाबले आफ्नो तयारी पनि अगाडि बढाएको छ ।’

राउतको कार्यक्रमबारे समेत स्थानीय प्रशासनले निरन्तर सूचना संकलनदेखि स्थितिको विश्लेषण लगायत अन्य निगरानीका काम पनि निरन्तर अगाडि बढाएको प्रजिअ लामिछानेले बताए । ‘शान्तिपूर्ण रूपमा विरोधका कार्यक्रम गर्न त जोसुकैले पनि पाउने नै भयो । तर, संविधान विपरीत, राष्ट्रिय अखण्डता विपरीत कुनै पनि गतिविधि भए, त्यसै छाडिने छैनन्, प्रशासनले प्रचलित कानून बमोजिम कारबाही अगाडि बढाउने छ,’ उनले भने ।

राउतका समर्थकले आफ्ना अभियान सञ्चालन गरिरहेको अवस्थामा राउतलाई पक्राउ गर्न संघीय सरकारले निर्देशन दिएको छ वा छैन भन्ने प्रश्नमा लामिछानेले भने, ‘अहिले नै त्यो सार्वजनिक रूपमा बताउने परिपक्व समय भइसकेको छैन, समय आए प्रशासनको एक्सन तपाईहरूले देख्नु नै हुनेछ ।’

राउत अहिले स्थानीय प्रशासनको सम्पर्क वा नियन्त्रणको दायरामा छ वा छैन भन्ने सवालमा उनीसँग सम्पर्क स्थानीय प्रशासनको नभएपनि उनका समर्थकदेखि उनको हर्कतलाई स्थानीय प्रशासनले नजिकबाट निगरानी गरिरहेको जनाइएको छ ।

राउतका समर्थनमा कुनै मान्छे नै छैन भनेर राजपा र फोरम लगायत अन्य राजनीतिक दलहरूले भनिरहेको अवस्थामा राउतले पनि शक्ति प्रदर्शनको रूपमा नै असोज ३ गते बढीभन्दा बढी मान्छेलाई ओरालेर जनसमर्थन देखाउन पूरा तागत लगाएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x