×

NMB BANK
NIC ASIA

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धता

असोज २, २०७५

NTC
Premier Steels

काठमाडौँ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग सोमबार यहाँ गरेको छलफलपछि आज जारी काठमाडौँ प्रतिबद्धतापत्रमा सो घोषणा गरिएको हो । 

प्रतिबद्धतापत्रमा बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार प्रवद्र्धन तथा संरक्षणका लागि सहकार्य गर्न उहाँहरु सहमत हुनुभएको छ । 

लैङ्गिक हिंसाबाट पीडित तथा मानव बेचबिखन पीडित÷प्रभावित व्यक्तिको उद्धार, पुनःस्थापना र सुरक्षा, असहाय र अशक्त ज्येष्ठ नागरिकको लागि आरोग्य आश्रमको निर्माण र सञ्चालन, अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनाका लागि सङ्घ र प्रदेशबाट सञ्चालन गरिने कार्यमा समन्वय र सहकार्य गर्ने, सरकारी तथा गैरसरकारी संस्थाबाट सञ्चालित बालगृह, पुनःस्थापना केन्द्र, सेवा केन्द्र तथा वृद्धाश्रमको समन्वयात्मकरूपमा अनुगमन तथा नियमन गर्ने प्रदेश सामाजिक विकासमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

त्यसैगरी सडक बालबालिकाको उद्धार, पुनःस्थापना, सामाजिकीकरण तथा पारिवारिक पुनः एकीकरणका कार्यमार्फत सडक बालबालिका मुक्त क्षेत्र विस्तार गर्दै जाने, बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न योजना बनाई कार्यान्वयन गर्न सबै प्रदेशका सामाजिक विकासमन्त्री सहमत हुनुभएको छ । 

सरकारले प्रत्यक्ष कार्यान्वयनमा ल्याएका कार्यक्रमको प्रदेश सरकारबाट सहकार्य, समन्वय, कार्यान्वयन र अनुगमनमा सहयोग गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकसम्बन्धी कोषको (पुनःस्थापना कोष, लैङ्गिक हिंसा निवारण कोष, एकल महिला सुरक्षा कोष, आपत्कालीन बाल उद्धार कोष, अपाङ्गतासम्बन्धी पुनःस्थापना कोष, ज्येष्ठ नागरिक कोष) समन्वयात्मकरूपमा व्यवस्थापन र परिचालन गर्ने उहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सम्बन्धमा अन्तर्राष्ट्रिय सन्धि र प्रतिबद्धताबमोजिमका दायित्व पूरा गर्ने कार्यका लागि सामाजिक विकास मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विशेष पहल गर्ने र सोसम्बन्धी प्रतिवेदन आदानप्रदान गर्ने प्रतिबद्धतामा उल्लेख छ । 

महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा सम्पादन भएका वार्षिक कार्यक्रमको चौमासिक र वार्षिक उपलब्धि, समस्या र चुनौतीका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रदेश सामाजिक विकास मन्त्रालयसँग र प्रदेशले स्थानीय तहसँग नियमित समीक्षा गर्ने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभएको छ । 

“सङ्घीय शासन प्रणालीअनुरुप सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका, एक अर्काबीच सहकार्य र समन्वय जस्ता विषयमा आपसी छलफल गरी सङ्घ र प्रदेश तहको काम कारवाही सहज, प्रभावकारी र व्यवस्थित गर्न तीनै तहको सरकारले प्रभवाकारी भूमिका निर्वाह गर्न सहमति भएको छ”, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव विनिता भट्टराईले जानकारी दिनुभयो । 

उहाँले मुलुक सङ्घीय संरचनामा गएसँगै सबै जिल्लाका महिला तथा बालबालिका कार्यालय विघटन भएपछि सङ्घीय सरकारले अब प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरी कार्य गर्ने बताउनुभयो । 

प्रतिबद्धतापत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका तर्फबाट मन्त्री थममाया थापा र प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश नं २ का नवलकिशोर साह, गण्डकी प्रदेशका नरदेवी पुनमगर, प्रदेश नं ५ का सुदर्शन बराल, कर्णाली प्रदेशका दलबहादुर रावल, प्रदेश नं ७ का दीर्घबहादुर सोडारी र प्रदेश नं ३ बाट सो मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले हस्ताक्षर गर्नुभएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x