कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कावासोती – राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पुर्याएको भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली लगाउन थालिएको हो ।
निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबालीमा क्षति पुर्याउनुका साथै घरमा रहेका चौपायालाई समेत आक्रमण गर्न थालेपछि यसलाई रोक्नका लागि पर्खाल निर्माण थालिएको हो । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिसमेत हुने गरेको कावासोती नगरपालिका–७ का बालकृष्ण रिजालले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका गाउँमा वन्यजन्तु प्रवेश गरी धान, मकै, गहुँ, विभिन्न कोशेबाली नष्ट गर्ने गरेका छन् । वन्यजन्तुले क्षति पुर्याएको भन्दै अहिले कावासोती नगरपालिका पिठौली, साँढ, अमलटारीलगायतका विभिन्न स्थानमा पर्खाल निर्माण गर्न लागिएको छ ।
नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि गत आवमा मात्र रु ७० लाख बजेट विनियोजन गरी १५०० मिटर क्षेत्रमा पर्खालसहितको जाली लगाएको छ ।
नगरपालिकाले वडा नं ७, १०, ११, १२, १३, १५ र १७ मा वन्यजन्तुलाई बस्ती प्रवेशमा रोक्नका लागि जाली लगाउन लागेको नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । मध्यवर्तीले पनि शान्तिकुञ्ज वनक्षेत्रमा २२० मिटरमा पर्खाल निर्माण गरेको छ ।
नगरपालिकाले यस आवमा पर्खाल निर्माणका लागि रु ८० लाख विनियोजन गरेको छ ।
नगरपालिकाअन्तर्गत मात्र कम्तीमा सात किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्नुपर्ने देखिएको नगर प्रमुख पुनले बताए ।
मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयवासीको प्रमुख समस्याका रूपमा वन्यजन्तुले पुर्याउने धनजनको क्षति भएको गुनासो आएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सोहीअनुसार बजेट विनियोजन गर्दै आएको उनले बताए ।
यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतार लगाइएकामा त्यसलाई समेत नाघेर तथा चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पक्की पर्खालसहितको जाली निर्माण थालिएको प्रमुख पुनले बताए । पर्खाल तीन फिट अग्लो हुनेछ भने त्यसमाथि तीन फिट अग्लो जाली र त्यसमाथि दुई काँडेतार राखिने छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...