×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय फौजदारी अदालतले म्यान्मारमाथि अनुसन्धान गर्ने

असोज ३, २०७५

NTC
Premier Steels

काठमाडौं — अन्तर्राष्ट्रिय फौजदारी अदालतकी प्रमुख अभियोजकले म्यान्मारबाट बंगलादेश लखेटिएका हजारौं रोहिंग्या मुसलमानका विषयमा प्रारम्भिक अनुसन्धान थालनी गर्ने घोषणा गरेकी छन् । 

फातु बेन्सुदाले मंगलवार एक लिखित वक्तव्य र भिडियो सन्देश पठाउँदै प्रारम्भिक सोधपुछ शुरू गरेको र पूर्ण अनुसन्धानका लागि पर्याप्त प्रमाण रहे नरहेको स्थापित गर्न खोजेको बताएकी छन् । 

बेन्सुदाले ‘आधारभूत अधिकारबाट वञ्चित गरिएको, हत्या, यौनहिंसा, जबर्जस्ती बेपत्ता, विनाश र लुटपाट जस्ता कुकार्य गरिएका कारण रोहिंग्याहरूले थातथलो छोडेर हिँड्नुपरेको’ विषयमा प्रतिवेदनहरू आफूले अध्ययन गर्ने बेन्सुदाले भनिन् । 

म्यान्मार सैनिकमाथि बलात्कार, हत्या, यातना र रोहिंग्या गाउँ जलाउने काम लगायतका व्यापक मानवअधिकार उल्लंघनको आरोप लागेको छ । त्यसले गर्दा सात लाख रोहिंग्याहरू छिमेकी मुलुक बंगलादेशतर्फ पलायन हुन बाध्य भएका थिए । 

म्यान्मार फौजदारी अदालतको सदस्य नभएपनि अदालतका न्यायाधीशहरूले उनलाई रोहिंग्या लखेटिएको विषयमा अनुसन्धान गर्न अधिकार दिएको दुई हप्तापछि बेन्सुदाको घोषणा आएको हो । 

न्यायाधीशहरूले ऐतिहासिक रुलिङ गर्दै रोहिंग्यालाई देशनिकाला गरिएको भनिएको अपराध बंगलादेशको भूमिमा भएको र बंगलादेश फौजदारी अदालतको सदस्य भएको त्यसैले बेन्सुदासँग क्षेत्राधिकार रहेको न्यायाधीशहरूको
भनाइ छ । उनीहरूले उचित समयभित्र प्रारम्भिक परीक्षण ससिध्याउन उनलाई आग्रह गरेका छन् ।

द गार्डियनबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x