×

NMB BANK
NIC ASIA

मेस्सीको अद्भुत प्रदर्शन : विश्वभर प्रशंसा, प्रशिक्षक बने भावुक

असोज ३, २०७५

NTC
Premier Steels

रुसमा सम्पन्न विश्वकपमा विश्वविजेता फ्रान्सले अर्जेन्टिनालाई प्रतियोगिताबाट बाहिर पठाएको बेलामा थकित र चिन्तित लियोनेल मेस्सीले घुँडा टेकेको कारुणिक दृश्य याद छ नि तपाईंलाई ? 

Muktinath Bank

तर त्यो अब इतिहास भइसकेको छ । त्यसलाई बिर्साउँदै मंगलवार राति मेस्सीले आफू फूटबलका महानतम खेलाडी भएको सबैलाई देखाए । पीएभी आइन्डहोभन क्लबविरुद्ध उनले च्याम्पियन्स लीगमा सनसनीपूर्ण ह्याटट्रिक गर्दै ४–० ले बार्सिलोनालाई जिताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो गोल गरेपछि उनलाई टोलीका साथीहरूले घेरेर खुशियाली मनाए, भीडले उनको नाम लियो र उनका व्यवस्थापक भावुक भएर उनका बारेमा ‘विगत धेरै वर्षमा नदेखिएको कुरा देखेको’ भनी वर्णन गरे । 
त्यसपछि पनि उनीमाथि प्रशंसाका बाढी आए । 


Advertisment
Nabil box
Kumari

विश्वकपमा संघर्ष गरेका मेस्सीले चार खेलमा जम्मा एक गोल गरे, अनि उनको टोली अर्जेन्टिना अन्तिम १६ बाट बाहिरियो । तर बार्सिलोनाको जर्सी लगाएर मेस्सीले यो सीजनमा अद्भुत प्रदर्शन गरिरहेका छन् र ६ खेलमा सात गोल गरिसकेका छन् । 

Vianet communication

पीएसभीविरुद्ध उनको प्रदर्शनको अर्थ हुन्छ, उनले च्याम्पियन्स लीगमा कीर्तिमानी आठचोटि ह्याटट्रिक गरिसकेका छन् । आफ्ना प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोभन्दा उनी एक ह्याटट्रिक अघि छन् । अनि यस लीगको समूह चरणको ६४ खेलमा उनले ६३ गोल गरिसकेका छन् जुन अन्य खेलाडीको भन्दा निकै धेरै हो । 

यी ३१ वर्षीय खेलाडीले च्याम्पियन्स लीगको लगातार १४ वटा सीजनमा गोल गरिसकेका छन् । रियाल मड्रिड क्लबका महान् खेलाडी राउलपछि यसो गर्ने उनी दोस्रा खेलाडी हुन् । 

उनले पीएसभीविरुद्ध पहिलो गोल २० यार्डको दूरीबाट फ्रीकिकमा हानेका थिए । विगत तीन वर्षमा उनले गरेको यस्तो (फ्रिकिक) २२औं गोल हो । 

यस्तो स्थितिमा मेस्सीको कला यस्तो गजबको हुन्छ कि उनकै क्लबका इभान राकिटिचले रमाइलो गर्दै भने, ‘मेस्सीले फ्रीकिक हानेको अधिकांश अवसरमा तपाईं सीधै जहाँ गएर खुशियाली मनाउनुपर्ने हो, त्यहाँ गइहाले हुन्छ ।’
बार्सिलोनाबाट आन्द्रेस इनिएस्ता बाहिरिएपछि मेस्सीले कप्तानी लिएका छन् । सीजनको शुरूआतमा उनले बार्सा च्याम्पियन्स लीग जित्नका लागि सक्ने जति सबै गर्न तयार रहेको बताएका थिए । 

हुन पनि बार्साले सीजनको उत्कृष्ट शुरूआत गरिसकेको छ । 

उनको पहिलो गोललाई व्यवस्थापक अर्नेस्टो भाल्भेर्देले ‘भव्य’ भनी वर्णन गरे अनि थपे, ‘हामीहरू उनको प्रशंसा गरेर थाक्दैनौं, म सदासर्वदा उनको बारेमा राम्रै कुरा भन्छु ।’

मेस्सीले दोस्रो गोल मिडफील्डर राकिटिचसँगको सहकार्यमा गरेका थिए । हाफभलीमार्फत उनले बललाई गोलपोस्टमा छिराएका थिए । अनि खेल सकिन लागेको बेलामा उनले बटम कर्नरमा गोल गरेर ह्याटट्रिक पूरा गरेका थिए ।
भाल्भेर्देले थपे, ‘सामान्यतया तपाईंले ह्याटट्रिक गर्नुभयो भने त्यसको तस्वीर खिचेर फ्रेम बनाएर झुण्ड्याउनुहुन्छ । मेस्सीले त यस्तो असाधारण कुरालाई पनि नियमित प्रक्रिया बनाएका छन् । हामीहरूले अद्वितीय कुरा देखिरहेका छौं । यस्तो कुरा धेरै वर्ष भयो देख्न नपाएको । उनीजस्तो अर्को खेलाडी भेट्न मुश्किल छ ।’

बार्सिलोनाका पूर्व मिडफील्डर रोनाल्ड डे बोएरले पनि मुक्तकण्ठले मेस्सीको प्रशंसा गरे । 

‘मेस्सीले विगत दुईतीन वर्षयता खेलिरहेको उत्कृष्ट खेलको नमूना थियो त्यो,’ उनले यूईएफए डट्कमलाई बताए, ‘उनी शिकारी हुन् । उनी अरू खेलाडीले भन्दा कम दूरी समेट्छन् तर जब एक्सनमा जानुपर्ने हुन्छ उनी गइहाल्छन् । उनको तेस्रो गोलमा त्यो कुरा प्रमाणित हुन्छ ।’

मेस्सीको अद्भुत प्रदर्शनले संसारभरि चर्चा पाएको छ । 

सामाजिक सञ्जालमा उनलाई सर्वकालीन महान् अर्थात् द गोट भनी उल्लेख गरियो । उनले गरेको पहिलो गोल र तेस्रो गोलको बीचमा अनि खेल सकिएको आधा घन्टापछि पनि उनको नाम तीन लाख २६ हजारचोटि ट्वीट गरिएको थियो । 

बार्सिलोनाबाट निस्कने स्पेनी भाषाको पत्रिका मुन्डो डिपोर्टिभोले लेख्यो, ‘च्याम्पियन्स लीग संसारका सर्वोत्कृष्ट खेलाडीको प्रदर्शनका साथ शुरू भएको छ ।’

अर्को स्पेनी पत्रिका एएसले त झनै चर्को प्रशंसा गर्दै मेस्सीलाई उनकै देशवासी डीएगो म्याराडोनासँग तुलना गरिदियो । 

‘म्याराडोनाको जस्तो कोमल टचका साथ मेस्सीले बललाई गोलपोस्टमा छिराए,’ पत्रिकाले उनको फ्रीकिकको वर्णन गर्दै लेख्यो । ‘यो साँच्चिकै आश्चर्यजनक गोल थियो र यस सीजनको च्याम्पियन्स लीगको पहिलो गोलसँगै मेस्सीले

यस प्रतियोगिताको कलात्मक शुरूआत गरेका छन् ।’

- बीबीसीमा प्रकाशित विश्लेषणको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x