×

NMB BANK
NIC ASIA

मेक्सिकोमा ट्रकका ट्रक लाश भेटिँदै, के हो कारण ?

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — पश्चिमी मेक्सिकोको एक शहरमा लाश राख्नका लागि मूर्दाघर कम भएकाले ट्रकमा लाश राख्न थालिएको छ । शहरमा सडकको किनारमा अनेकौं ट्रक भेटिन्छन् जसलाई ठूलो फ्रिज बनाएर मूर्दाघरका रूपमा काम चलाइँदैछ । 

देशको त्यो भागमा लागूऔषधको समस्या भयावह रूपमा रहेको छ र धेरैजना यसको शिकार भएका छन् । 

मेक्सिको लागूऔषध र हत्याका कारण संसारभरि बदनाम छ । 

जलिस्को शहरमा यस वर्ष मात्रै १६ हजार ३३९ मानिसको हत्या भइसकेको छ । संसारमा अपराध दरको हिसाबमा मेक्सिको २०औं स्थानमा छ । 

शहरमा ट्रकभित्र बनाइएका मूर्दाघरका कारण दुर्गन्ध आएर मानिसलाई समस्या पर्न थालेको छ । शहरका सडकमा हिँड्नै मुश्किल पर्न थालेको छ । 

राष्ट्रिय मानवअधिकार आयोगले यो घटनाको निन्दा गर्दै मृतकको न्यूनतम सम्मान पनि नगरिएको बताएको छ । 

 जलिस्को प्रशासनले मूर्दाघर सञ्चालकलाई निलम्बित गरेको छ । मूर्दाघर प्रमुखले आफ्नो जिम्मेवारी सही तरिकाले निर्वाह नगरेको प्रशासनले जारी गरेको बयानमा लेखिएको छ । 

मृतकलाई सही तरिकाले नराखिएकोमा सजाय दिने प्रशासनले हत्या र लागूऔषध व्यापार रोक्न चाहिँ नसकेको भनी आलोचना पनि भएको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x