×

NMB BANK
NIC ASIA

धनगढी – सवारी तथा यातायात व्यवस्था ऐन २०४९ (संशोधित) मा संशोधनको माग राखी सवारी चालक आन्दोलनमा उत्रेपछि यातायात क्षेत्र प्रभावित भएको छ ।

Muktinath Bank

देशभरजस्तै ७ नम्बर प्रदेशमा पनि असोज २ गतेदेखि जारी आन्दोलनले यातायात क्षेत्र ठप्प बनेपछि यात्रु अलपत्र परेका छन् । बझाङ चैनपुरका कमलकुमार जोशी बुधवार हवाई मार्ग हुँदै काठमाडौंबाट धनगढी झरे । तर, चालकको आन्दोलनले बस सेवा अवरुद्ध भएपछि उनी धनगढीमै अलपत्र परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जहाज चढेर धनगढी पुगियो । तर पुग्नुपर्ने गन्तव्यसम्म त फेरि बसकै भर पर्नुपर्छ । यहाँ अलपत्र परियो,’ उनले भने । अछामका कर्ण कार्की भारतको मुम्बईबाट काम गरेर घर फिर्ता हुँदैछन् । तर, यातायात सेवा नै ठप्प भएपछि उनले पनि धनगढी बसपार्कमै अलपत्र परेको दुखेसो सुनाए । उनले भने, ‘के हो ? के हो ? बुझी नसक्नु छ यहाँ । कहिले कसको बन्द त कहिले कसको ।’


Advertisment
Nabil box
Kumari

चालकको आन्दोलनले लामो तथा छोटो दुरीका सबै सेवा ठप्प छन् । जसले सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । तर, सवारी चालकले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । धनगढी बसपार्कमा भेटिएका बस चालक उद्धवसिंह बिष्ट भन्छन्, ‘कुनै पनि चालक जानीजानी कसैको ज्यान मार्दैन । तर, वर्तमान कानूनले हामीलाई अपराधी बनाएको छ । जुन कारण ऐन संशोधनको माग राखी हामी आन्दोलनमा उत्रिएका हौं ।’

Vianet communication

२०७४ सालमा संशोधन भएको सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐनमा कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै वा सोही ठाउँमा रहे, बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय जन्मकैद हुने मानेको छ । उक्त कसुरको मात्रा अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद हुने प्रावधान छ ।

तर, चालकले वर्तमान कानूनले आफूलाई अपराधी सरह व्यवहार गरेकाले संशोधन नगरेसम्म आफूहरूले सवारी नचलाउने घोषणा गरेको बताएका छन् ।

बसपार्कमा भेटिएका सहचालक रमेश पन्तले वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने व्यवस्था गरेकोप्रति आफूहरूको असन्तुष्टि रहेको बताए ।

सवारी चालकले सवारी थन्काएर आन्दोलन शुरू गरेपछि मंगलवारदेखि सार्वजनिक सवारी चलेका छैनन् । सार्वजनिक सवारी नचल्दा सडक सुनसान देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x