जेट एयरवेजको उडानका क्रममा यात्रुहरूको कान र नाकबाट बग्यो रगत

असोज ४, २०७५

काठमाडौं — जेट एयरवेजको मुम्बईबाट जयपुर गइरहेको एक विमानमा उडानकै क्रममा बिहीवार यात्रीहरूले खतरनाक स्थितिको सामना गर्नुपरेको छ । 

मुम्बईबाट उडेको विमानमा क्याबिन प्रेसर व्यवस्थापन नहुँदा यात्रीहरूको कान र नाकबाट रगत बग्न थाल्यो । त्यसपछि हतारहतार विमानलाई मुम्बईमा फेरि अवतरण गरियो । 


ADVERTISEMENT

विमानमा रहेका एक यात्रुले पूरै घटनाक्रमको भिडियो ट्वीट गरेका छन् र भित्री कथा पनि सुनाएका छन् । 

खासमा विमानले उचाइँ लिँदा हावाको दबाब घट्छ तर विमानभित्र यसलाई व्यवस्थापन गर्ने सुविधा हुन्छ । तर विमान उडेपछि क्याबिन क्रुले सेफ्टी सिस्टमलाई स्टार्ट गर्नै बिर्सेछन् । 

उडानमा रहेका यात्रु दर्शक हाठीले बताएअनुसार, विमान उड्नेबित्तिकै गडबडी भएको सथयो । एयर प्रेसर सिस्टम खराब भयो र मास्कहरू बाहिर निस्के । केही मानिसको नाकबाट रगत बग्न थाल्यो र टाउको पनि दुख्यो । दर्शकका
अनुसार, विमान एक घन्टापछि फेरि मुम्बई फर्कियो । विमानमा रहेका यात्रीलाई अर्को विमानमा सारिने आश्वासन दिइयो । 

नगर विमान महानिर्देशनालयका एक अधिकारीले बताएअनुसार, उडानका क्रममा चालक दलका सदस्यहरूले ब्लीड स्विच सेलेक्ट गर्न बिर्सिए । त्यसले गर्दा क्याबिन प्रेसरलाई सामान्य राख्न सकिएन र अक्सिजन मास्क तल आए । 

एक अधिकारीले भने, ‘विमानमा १६६ यात्रु थिए जसमध्ये ३० जनाको नाक कानबाट रगत आयो । अरू केहीलाई टाउको दुख्यो ।’

असोज ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस