×

NMB BANK
NIC ASIA

पाेखरामा प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माण हुने

असोज ५, २०७५

NTC
Premier Steels

कास्की-अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्छ्रे गाउँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गर्नुभएको थियो । 

निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भेडाबारीमा एकेडेमी बन्ने सम्भावना देखिएको बताउनुभयो । 

लगभग रु १० करोडको लागतमा निर्माण हुने एकेडेमीमा १४, १६ र १८ गरी तीन उमेर समूहका ९० किशोरका लागि खाने, बस्ने, कार्यालय भवन र अभ्यास मैदान निर्माण गर्ने तयारी भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । 

निरीक्षण गर्दा दुवै जग्गा उपयुक्त देखिएको बताउँदै उहाँले भेडाबारीमै बनाउन सकिने भए पनि त्यसको अन्तिम निर्णय प्राविधिक समितिको प्रतिवेदनपछि मात्र गरिने उल्लेख गर्नुभयो । 

करीब पाँचसय रोपनी जग्गा गाउँपालिकाले नापजाँच गरेर पठाएपछि एन्फाले प्राविधिक टोली अध्ययनका लागि लागि पठाउने र त्यसको प्रतिवेदनका आधारमा निर्णय लिइने अध्यक्ष शेर्पाले भनाइ थियो । 

तल्लो तहबाटै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले सातै प्रदेशमा एकेडेमी निर्माण गरेर फुटबल खेलको विकास गर्ने लक्ष लिएको जानकारी दिँदै उहाँले आगामी वर्षबाट गण्डकी प्रदेश र प्रदेश नं ५ मा एकेडेमी निर्माणको काम शुरु हुने जानकारी दिनुभयो । पोखराबाट १७ किमीको दूरीस्थित भेडाबारीमा एकेडेमी बनाउन अन्यत्रभन्दा उपयुक्त भएकाले सोही स्थानलाई छनोट गरिनुपर्ने स्थानीयवासीको माग छ । 

माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जग्गा नापजाँचको काम भइरहेको र असोज दोस्रो हप्ताभित्रमा जग्गाको यकिन विवरणसहित एकेडेमी निर्माणका लागि एन्फालाई पत्राचार गरिने जानकारी दिनुभयो । “भेडाबारीे एकेडेमीका लागि उपयुक्त छ, पूर्वाधार निर्माण गर्न पनि सहज छ भन्ने हाम्रो ठम्याइ हो”, उहाँले भन्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x