मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कालीकोट– ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भएपनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ ।
सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने चार र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरी पाँचवटा पुलको निर्माण अलपत्र बनेको छ । निर्माण अलपत्र पर्नेमा रसुवाइलाईट सूर्यजेभी निर्माण कम्पनीले जिम्मा लिएको राजमार्गको दैलेको जाग्सि खोला व्रिजपुल,जयवुद्ध नेपाल मेगा जेभी निर्माण सेवाले जिम्मा लिएको दैलेखको, बोटखोला व्रिजपुल, रोशनश्याम एण्ड शङ्कर जेभी निर्माण सेवाले जिम्मा लिएका दैलेखमै पर्नेे कुमाले खोलाको व्रिजपुल रहेको छ ।
त्यस्तै गोल्डेन गुण जेभीले निर्माणको जिम्मा लिएको दैलेखको आठबिसे नगरपालिकास्थित घटेखोलाको व्रिजपुलको र कालीकोटको तिलागुफा नगरपालिकास्थित खल्ल्लागाड खोलको पुलको म्याद थप गर्दासमेत अझै निर्माण अलपत्र अवस्थामा रहेकोे सुर्खेत सडक डिभिजन कार्यालयले जनाएको छ ।
यस्तै सुर्खेतदेखि दैलेखको दैखोलासम्म १२ वटा पुलको निर्माणको जिम्मा लिएको रसुवा निर्माण सेवाले सम्झौता सकिन लाग्दा पनि पुल निर्माणको अवस्था ढिलासुस्ती रहेको छ । सुर्खेत सडक डिभिजन कार्यालयका इञ्जिनीयर देवेन्द्र भट्टराईले ठेकेदारले समयमै ठूलो लागतका पुल निर्माण नगर्दा यात्रुले समस्या भोग्न बाध्य भएको बताउनुभयो ।
सरोकारवाला निकायको उदासिनता, ढिलासुस्ती र ठेकेदारको लापर्वाहीका कारण कर्णाली राजमार्गअन्तर्गत पर्ने अति आवश्यकीय पाँचवटा व्रिज पुलको निर्माण कार्य अलपत्र परेकोे पनि भट्टराईले बताउनुभयो । कालीकोटको तिला गुफामा पर्ने टाकुल्ला खोलाको पुल भने वर्षाै समय खर्चिदासमेत पुल नबन्दा कालो सूचीमा परिसकेको बताउँदै बाँकी पाँच ठाउँका पुल निर्माणको ठेक्का पाएको चार वर्ष भन्दा बढी भइसक्यो,’ उहाँको भनाइ छ ।
राजमार्गको दैलेखको जाक्सी खोलामा रु १८ लाखको लागतमा निर्माण हुने ५० मिटर लम्बाई व्रिज पुलको पिलर मात्र ठड्याएको छ । सम्झौता मिति सकिएको तीन वर्ष बितिसक्दा पुलको पिलर मात्र ठड्याएको छ । यस्तै अन्य चारवटा पुलको अवस्था पनि उस्तै रहेको पाइएको छ ।
हिउँदको समयमा एक दुईजना कामदार मजदुरी गरिरहेका देखिन्छन् । बाँकी समय निर्माणस्थलमा न कामदार देखिन्छन् न त ठेकेदार नै आउने गरेको स्थानीयवासी बताउँछन् । एक दुई दिन लगातार वर्षा हुने बित्तिकै खोलामा पानीको सतह बढ्छ । सडक अवरुद्ध यात्रुले सास्ती खेप्न बाध्य हुन्छन् ।
दैलेखको जाग्सी खोलाको पुल निर्माण अवधि २०७० मा सम्भौता भई गत वैशाख मसान्तमै सकिनुपर्ने भएपनि अहिलेसम्म पिलर मात्र खडा गरिएका छन् । २०७३ सालमा पिलर खडामात्र गरिएको पुल भत्किएपछि म्याद थप गरिएको थियो, तर वर्षमा एक महिना काम गरेको जस्तो गर्ने र बाँकी समय कामै नहुने गरेको स्थानीयवासीको गुनासो छ ।
ठेक्काको सम्झौता हुँदा निर्माण कम्पनीलाई दिएको म्याद सकाएर दुई/दुई पटक थपिएको भएपनि अझै थप समय पनि त्यसै गुजारिएको छ । छिट्टै पुल बन्छ, भनेर सुनेको तीन वर्ष भएपनि पुल नबन्दा यहाँका स्थानीयवासीलाई खोला तर्न निकै समस्या भएको छ । कालीकोटका गाडी चालक विष्णु शाहीले भने प्रत्येक वर्षामा सधैंँ ज्यान धरापमा राखेर खोला तर्न बाध्य हुनु परेको गुनासो गर्नुभयो ।
– खडानन्द अधिकारी
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...