×

NMB BANK
NIC ASIA

कांग्रेसको विधान मस्यौदा सबैभन्दा लोकतान्त्रिक भएको पूर्वमन्त्री यादवको दाबी

असोज ८, २०७५

NTC
Premier Steels

सुर्खेत – नेपाली कांग्रेसकी पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री चित्रलेखा यादवले नेपाली कांग्रेसले बनाइरहेको विधान अन्य पार्टीभन्दा लोकतान्त्रिक र समावेशी भएको बताएकी छन् ।

Muktinath Bank

नेपाली कांग्रेसको विधान संशोधन सुझाव संकलनका लागि सोमवार वीरेन्द्रनगरमा भएको प्रदेश स्तरीय भेलामा कांग्रेस नेत्री यादवले कांग्रेस सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी सबैभन्दा लामो इतिहास बोकेको, जनताका पक्षमा काम गर्दै आइरहेको पार्टीका जिम्मेवार कार्यकर्ता हौं,’ उनले भनिन्, ‘अब हामीले बनाउने पार्टीको नयाँ विधानले अन्य दलको भन्दा थप समावेशी र लोकतान्त्रिक आचरण बोक्ने छ ।’


Advertisment
Nabil box
Kumari

उनले पूर्वमन्त्री यादवले पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एकवद्ध भएर अघि बढ्न सुझाव दिएकी छन् । ‘नेपाली कांग्रेसलाई बलियो संगठन बनाउनका निम्ति सबैको सुझाव, सल्लाह अतिआवश्यक रहेको छ,’ उनले भनिन्, ‘पार्टीलाई सुदृढ गर्न आरोप–प्रत्यारोपभन्दा माथि उठेर छलफल गरौं ।’

Vianet communication

कांग्रेस नेत्री यादवले पार्टीले तयार गरेको मस्यौदा समितिमाथि विभिन्न समूह बनाएर व्यापक छलफल गरी सुझाव संकलन गरिने बताइन् । ‘सातै प्रदेशबाट मस्यौदामाथि सुझाव संकलन गरेर दशैंतिहारको बीचमा केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछौं,’ उनले भनिन्, ‘तत्पश्चात् मंसिरमा हुने महासमिति भेलामा प्रस्तुत गर्नेछौं ।’

विधान समितिका सदस्य प्रदीप पौडेलले सबै तहमा एकतिहाई महिला सहभागिता हुने बताए । उनले केन्द्रीय सदस्य र पदाधिकारीको आकार बढ्ने, तहहरू अधिकार सम्पन्न हुने, प्रदेश समिति पनि अधिकार सम्पन्न बनाइने प्रतिबद्धता जनाए ।

समानुपातिक क्षेत्रका आधारमा संख्या थपघट हुने र जनसंख्याका आधारमा संख्या तय गरिने हुँदा सबै प्रदेश समिति फरक–फरक आकारमा रहने उनको भनाई छ । जसअनुसार प्रदेश समिति बढीमा ९० सदस्यीय र घटीमा ३५ सदस्यीय हुने सम्भावना रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले अहिले पनि अन्य दलभन्दा कांग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उनको भनाइ छ । उनले कार्यक्रमको समापनमा दिइएका सुझाव सार्वजनिक गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x