×

NMB BANK
NIC ASIA

एउटै व्यक्तिलाई ५४ पटक ‘विषालु’ सर्पले टोक्यो, टोकेपिच्छे झाँक्रीको शरणमा

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – गोमन लगायत विषालु सर्प देख्ने बित्तिकै जुनसुकै व्यक्ति धेरै डराउँछन् । झन् टोकेपछि के हालत होला ? कल्पना नै गर्न सकिन्न । 

Muktinath Bank

सर्पको टोकाइपछि बाँचेकाहरू पुनर्जन्मको अनुभूति गर्छन् । तर, एक जना व्यक्तिलाई गोमन र करेत सर्पले हालसम्म ५४ पटक डसेपनि सकुशलै छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्ला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको भजनी नगरपालिका–६ नवलपुरका स्थानीय २५ वर्षीय रमेश चौधरीलाई हालसम्म ५४ पटक गोमन र करेत सर्पले डसिसकेको छ । सबैभन्दा विषालु मानिने गोमन र त्यसपछिको विषालु करेत सर्पले उनलाई १५ वर्षको अवधिमा ५४ पटक डसिरहेको हो । खुट्टाको घुँडाभन्दा मुनिको भागमा सर्पले डस्दै आएको बताउँदै उनले बुटजुत्ता लगाएपनि जुत्ताभित्र पसेर समेत सर्पले डसेको तीतो घटना उनले सुनाए ।


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, ‘यति धेरै पटक मलाई सर्पले डसिसकेका छन् । म सर्पदेखि परेशान छु । भगवानको कृपाले भनुँ कि भाग्य या संयोगले बाँचेको छु ।’

Vianet communication
Laxmi Bank

अर्काे अचम्मको पक्ष के छ भने सर्पले डसिसकेपछि उनले कहिल्यै पनि अस्पतालको मुख देखेका छैनन् । उनलाई हत्तपत्त गाउँमै लगिन्छ । निको पारिन्छ । आदिवासी थारु समुदायमा सर्पको विष झार्ने (चुस्ने) तान्त्रिक नगहर गुरूवाबाटै उनको झारफुकको माध्यमबाट  उपचार हुँदै आएको उनका दाई बृजमोहन चौधरी बताउँछन् ।

गत भदौ महिनामा मात्रै उनलाई २ पटक गोमन सर्पले डसेको थियो । धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकै डेरा गरी बस्दै आएका उनलाई भदौ ७ र १५ गते गोमन सर्पले डसेको थियो । तर, नजिकै सर्पको उपचार हुने सुविधासम्पन्न सेती अञ्चल अस्पताल नलगेर उनकै आग्रहमा परिवारजनले एम्बुलेन्समा राखेर नवलपुर गाउँ पुर्याए । नगहर गुरूवाको झारफुकबाट उनी निको भए ।

उनका दाई बृजमोहन भन्छन्, ‘भाइ सानो छँदा मलाई सर्पले डसेको थियो । त्यतिबेला भाइ (रमेश) ले झारफुकको लागि गाउँमै रहेका नगहर गुरूवालाई बोलाउन गएका थिए । त्यहीबेला बाटोमै सर्पले उसलाई (रमेश) डसेको थियो । पछि हामी दाइभाइ दुवै जनालाई झारफुक गरी निको पारे । त्यसदिनदेखि सर्पले भाइलाई पिछा गर्दै आएका छन् ।’

यतिधेरै पटक सर्पले डसेपछि उनी र उनको परिवारै त्रसित भएको छ । उनको परिवार मात्रै नभई गाउँभरीकै मानिस हैरान छन् । यतिसम्म कि झारफुक गर्ने नगहर गुरूवाहरू समेत हैरान भएको बृजमोहनले बताए ।

सर्पबाट उन्मुक्ति पाउन उनको परिवारजनले हरसम्भव प्रयास समेत गर्दै आएका छन् । सर्पको प्रतिमा स्थापना गरी पूजापाठ, हवनलगायत धार्मिक क्रियाकलाप समेत गरिसकेका छन् । तर, हालसम्म रहस्य पत्ता लगाउन सकेका छैनन् । किन उनलाई यति धेरै पटक सर्पले डस्यो ? निकट भविष्यमा अझै के–के हुने हो ? उनको परिवार चिन्तित बनेको छ ।

झारफुकमै उनको परिवारले धेरै खर्च समेत गरिसकेका छन् । नगहर गुरूवाले एक पटकको झारफुकमा कुखुरा र बोकाको बली चढाउने हुनाले धेरै खर्च गरिसकेका हुन् । हालसम्म १ सय ८ वटा कुखुरा, १ वटा बोकासहित रक्सी, गुरूवालाई भोजभतेर गराइसकेको बृजमोहन बताउँछन् । उनी धनगढीस्थित हाइड्रो इलेक्ट्रीकल्स् टेक्निकल एजुकेसन कलेजमा दोस्रो तहमा अध्ययनरत छन् । 

सेती अञ्चल अस्पताल धनगढीका आकस्मिक कक्ष प्रमुख डाक्टर कृष्ण बोहराले ५४ पटक सर्पले टोक्नु कुनै सामान्य कुरा नभएको बताए । नयाँ खोजको विषय हुन सक्ने बताउँदै उनले भने, ‘कि त विषालु र अविषालु सर्प पहिचानमा समस्या होला । हैन भने वास्तवमै विषालु सर्प नै हो भने यो कुनै मजाक होइन ।’

अविश्वासिलो घटना भएको बताउँदै उनले वास्तविकताको लागि व्यक्तिबारे खोज गर्नैपर्ने समेत बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x