×

NMB BANK
NIC ASIA

हावाबाट बिजुली : उपकरण जडान भएको वर्ष बित्याे, न मान्छे आए न बिजुली !

असोज ९, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

बाँके- बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ ।

Muktinath Bank

जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज भएको थियो । खारेज हुनुपूर्व उक्त शाखाले नै खजुरामा टावर राखेर हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन शुरु गरेको थियो । शाखा खारेजीसँगै हावाबाट बिजुली निकाल्न अध्ययन थालिएको उक्त संरचनाको अध्ययन कसले गरिरहेको छ भन्नेमा कसैलाई जानकारी छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नियमन गर्ने निकाय नै नभएपछि हावाबाट बिजुली निकाल्नका लागि करीब एक वर्षअघि जडान गरिएका उपकरण प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन् । लाखौँ खर्चेर बिजुली निकाल्नका लागि ८० मिटर अग्लो पाँच पङ्खा भएको उपकरण जडान गरिए पनि अध्ययन नै प्रभावकारी नभएपछि उपकरण बेकामे भएका छन् । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन शाखाले एशियाली विकास बैंकको सहयोगमा मध्य तथा सुदूरपश्चिम नेपालका जिल्लामा हावाको वेग र दिशा मापन गर्न उक्त उपकरण जडान गरेको थियो । क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा करीब एक वर्षअघि उक्त उपकरण जडान गरिए पनि अहिलेसम्म हावाबाट बिजुली निकालेको आफूहरूले थाहा नपाएको क्षेत्रीय कृषि तालीम केन्द्रका कर्मचारीको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

जिससका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले पनि सोबारे अनभिज्ञता प्रकट गर्नुभयो । “उपकरण जडान भएको वर्ष दिन हुँदासम्म न कोही मान्छे आउँछन् न बिजुली नै निस्किएको छ, ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी बालुवामा पानीझै देखिएको छ”, क्षेत्रीय कृषि तालीम केन्द्रका एक कर्मचारीले भन्नुभयो, “टावर मात्रै ठडिएको छ ।” प्राविधिक रूपमा सहयोग गर्ने भन्दै आएको वैकल्पिक ऊर्जा केन्द्रले अध्ययन भइसकेका ठाउँमा हावाबाट विद्युत् निकाल्न यसअघि प्रतिमेगावाट करीब रु दुई करोडका दरले सरकारसँग बजेट माग गरेको थियो । 

वायु ऊर्जा उत्पादनका लागि आवश्यक सूचना सङ्कलन गरिरहेको सुने पनि त्यस्तो प्रभावकारी रूपमा सूचना सङ्कलनको कामसमेत गरेको नदेखिएको खजुरा गाउँपालिका–३ का युवा सतिश निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको रेखदेखको जिम्मेवारी जिससले नै लिनुपर्छ, शाखा खारेज भयो भन्दैमा राज्यले लगानी गरेको लाखौँको सम्पत्ति बेवारिसे छोड्न मिल्दैन । जिससले जिम्मेवारी नलिने हो भने सम्बन्धित स्थानीय तहलाई जिम्मा दिनुपर्छ ।” 

अध्ययन थालिएको दुई वर्षसम्म प्राप्त हुने तथ्याङ्कका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुने बताइएको थियो तर तथ्याङ्कको अद्यावधिक कसले र कसरी गरिरहेको छ भन्ने नै कसैलाई जानकारी छैन । खजुराकै स्थानीय युवा किरण ढकाल भन्नुहुन्छ, “हावाबाट बिजुली निकाल्न टावर ठड्याइएकोसुनेको थिएँ, अहिलेसम्म यो विषयमा कसरी अध्ययन भइरहेको छ भन्ने जानकारी छैन ।” 

तराइका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विद्युत् विकास विभागबीच समन्वय अभावमा खजुराको योजना अघि बढ्न नसकेको जानकार बताउँछन् । दुई निकायले आपसमा समन्वय गरी यसको रेखदेख र अध्ययन थाल्नुपर्ने ढकालको भनाइ छ । उहाँले भन्नुभयो, “हावाबाट बिजुली निकाल्न लगानीकर्तालाई लाइसेन्स दिने काममा विद्युत् विकास विभागको भए पनि विभागले यसबारे कुनै चासो देखाएको छैन ।” 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x