×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव : नगर क्षेत्रमा बिग्रेका सीसीटीभी क्यामेरा सुचारु

असोज ९, २०७५

NTC
Premier Steels

सुर्खेत – गत भदौ ३१ गते लोकान्तरमा ‘नगरपालिकाको चरम बेवास्ता, वाणिज्य संघले राखिदिएको ३१ मध्ये ९ वटा सीसीटीभी मात्र चालू’ शीर्षकमा समाचार प्रकाशित भयो ।

Muktinath Bank

समाचार प्रकाशित भएको १० दिनमै नगरपालिकाले नगरमा रहेका सबै सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको कन्ट्रोल रुममा मंगलबारसम्म ३१ मध्ये २५ वटा सञ्चालनमा आएका छन् । अन्य ६ वटा क्यामेरा पनि १–२ दिनमै सञ्चालनमा आइसक्ने छन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले २५ वटा क्यामेरा सञ्चालनमा आएको बताए । ‘यसअघि बजार क्षेत्रमा रहेका ९ वटा क्यामेरा मात्रै सञ्चालनमा आएका थिए भने अन्य सबै क्यामेरा खराब भएका थिए,’ उनले भने, ‘त्यसले सुरक्षा संयन्त्रलाई काम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई गाह्रो भएको थियो ।’

Vianet communication

अब सीसीटीभी क्यामेरा सञ्चालनमा आइसकेपछि दशैंतिहार जस्ता पर्वमा बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न अत्यन्तै सहज हुने उनले बताए । ‘अब हामीलाई बजार क्षेत्रको निगरानी गर्न अत्यन्तै सहज भएको छ । नगरपालिकाको जिम्मेवारपूर्ण कदमले जनतालाई शान्ति सुरक्षा दिने हाम्रो अभियानलाई सार्थकता दिने मेरो विश्वास छ ।’

उनका अनुसार मंगलगढीचोक लगायतका ५ स्थानमा सडक विस्तार गर्दा निकालिएका सीसीटीभी क्यामेरा विस्तारमा तदारुकता आएको छ । ‘चारलेन सडक विस्तारका क्रममा ५ वटा क्यामेरा निकालिएको थियो,’ डीएसपी चौधरीले भने, ‘ती क्यामेरा जडान कार्य पनि तदारुकताका साथ भइरहेका छन् । अब १–२ दिन भित्रमा अन्य ६ वटा क्यामेरा पनि काम गर्न शुरू गर्ने छन् ।’ 

डीएसपी चौधरीले नगरको शान्ति सुरक्षा कायम गर्न प्रविधिमैत्री हुनुको विकल्प नभएको बताए । ‘पहिलेको जस्तो गस्ती गरेर मात्रै अपराध न्यूनीकरण गर्न गाह्रो छ,’ उनले भने, ‘अब जोसुकैले पनि प्रविधिलाई अगांल्नपर्ने बाध्यता आइसकेको छ । हामी पनि प्रविधिमैत्री बन्न जरुरी छ ।’

नगरको निगरानीका लागि कम्तिमा पनि १ सय ९० भन्दा बढी क्यामेरा आवश्यक पर्ने उनको अनुमान छ । ‘नगरपालिकाभर बजार क्षेत्र, नगरपालिका भित्रने नाका तथा मुख्य चोकमा मात्रै भएपनि क्यामेरा जडान गर्न सकेको खण्डमा अपराध न्यूनीकरण गर्न हामीलाई अत्यन्तै सहज हुन्छ,’ वीरेन्द्रचोकमा लगाइएको क्यामेरालाई चारैतिर घुमाएर देखाउँदै डीएसपी चौधरीले भने, ‘ल हेर्नुस्, गाडीको नम्बरदेखि चालकको फोटोसमेत यसरी हेर्न, देख्न र आवश्यकता परेका बेला पत्ता लगाउन पाइन्छ ।’

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले नगरलाई घच्घच्याएकोमा लोकान्तरलाई धन्यवाद दिए । ‘हामीलाई बेला–बेला रचनात्मक खबरदारी गर्दै आउनुभएको छ,’ उनले भने, ‘यहाँहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नगरको तर्फबाट केही गलत भएको भए यसरी नै रचनात्मक सहयोग गर्न आग्रह गर्दछु ।’

प्रमुख सुवेदीले नगरपालिका प्रदेश सरकार र बैंकसँग तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै सुरक्षित वीरेन्द्रनगर बनाउने तयारीमा लागेको बताए ।

‘नगरको सुरक्षा गर्ने जिम्मेवारी नगरका जनप्रतिनिधिको मात्रै नभएर सबैको हो,’ नगर प्रमुख सुवेदीले भने, ‘त्यसका लागि आवश्यक स्थानमा थप केही थान सीसीटीभी क्यामेरा जडान गर्नेछौं र नगरलाई शान्त बनाउन सबैको सकारात्मक भूमिकाको अपेक्षा गरेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x