×

NMB BANK
NIC ASIA

‘दलितलाई मन्दिर पस्नमा अल्झाएर सामन्तहरू आफू सिंहदरबार पसे’

असोज १०, २०७५

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य दानसिंह परियारले दलित समुदायलाई मन्दिर पस्नमा अल्झाएर सामन्तहरू आफू सिंहदरबार पस्ने गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

बुधवार वीरेन्द्रनगरमा साझा सवाल परियोजनाको सहयोगमा जातीय विभेद सम्बन्धी कानून कार्यान्वयनको वर्तमान अवस्था र सुधारका उपाय विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामन्तवादी सोचका कारण दलितलाई पछि पारिँदै आएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीलाई गाउँघरमा रहेका मन्दिरमा पस्न लगाइन्छ,’ उनले भने, ‘तर, उहाँहरू सिंहदरबार छिर्ने दाउमा सधैं हुनुहुन्छ । यसरी कहाँ हुन्छ समानता, कसरी बनाउन सकिन्छ समतामूलक समाज ?’


Advertisment
Nabil box
Kumari

सांसद परियारले आफूले छोएको कोही खाओस् या नखाओस् त्यसमा कुनै आपत्ति नरहेको बताए । ‘मैले छोएको कोही खाओस् या नखाओस् । तर, दलित समुदायको भएकै कारण कोही कसैले अधिकार खोस्न पाइँदैन,’ उनले भने, ‘हामीलाई रुढीवादी संस्कारमा अल्झाएर फेरि पनि हामीलाई सिँढी बनाएर कर्णालीका २५ प्रतिशत दलित समुदायलाई पन्छाएर नेता बन्ने, मन्त्री बन्ने प्रचलन हावी हुँदै गइरहेको छ ।’ उनले यो प्रवृत्तिविरुद्ध आफू सधैं लडिरहने प्रतिबद्धता जनाए ।

Vianet communication

‘पृथ्वीनारायण शाहको पालाका विशेष नगर्चीदेखि २०६२÷०६३ को जनआन्दोलनसम्म दलित समुदायले खेलेको भूमिका, दलित समुदायले दिएको बलिदानले कहिले न्याय पाउँछ ?’ उनले देशमा संघीयता आइसकेपछि दलित समुदायलाई कार्यकारी तहमा नपुर्याइएको उदाहरण दिँदै उनले भने, ‘के दलित समुदायबाट म कर्णालीमा मन्त्री बन्न नसक्ने हो ? कि कर्णालीका २५ प्रतिशत दलित समुदायको मन्त्रिपरिषद्मा सहभागिता हुन जरुरी छैन ?’

उनले दलित समुदायमाथि यस्तो हुनु भनेको जनचेतनाको अभावले नभएको बताए । ‘दलित समुदायमाथि छुवाछत गर्न हुँदैन भन्ने कुरा कसलाई थाहा छैन ?’ उनले भने, ‘सबैलाई थाहा छ तर तिनिहरूको सोच नै त्यस्तै छ ।’ उनले जबसम्म पुरातनवादी सोच समाप्त हुँदैन तबसम्म केही रुपान्तरण नहुने उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय सामाजिक समितिका अध्यक्ष राजु नेपालीले संसदमा दलित समुदायबारे निरन्तर आवाज उठाउने बताइन् । ‘हामीले संसदमा दलित समुदायको आर्थिक हैसियत उठाउन, समाजलाई रुपान्तरणतर्फ लैजान के–के भूमिका खेल्नुपर्छ संसदमा आवाज उठाउन हामी तयार छौं,’ उनले भनिन्, ‘४० जनाको संसद रहेको कर्णाली प्रदेशसभामा हामी एकाकार भएर दलित समुदायको भलाई, उनीहरूको क्षमता अभिवृद्धि र उनीहरूलाई आवश्यक पर्ने नीति तथा कार्यक्रम बनाउन पहल गर्नेछौं ।’

कार्यक्रममा प्रदेशसभा सदस्य यज्ञबहादुर खत्री, अमृता शाही, वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x