×

NMB BANK
NIC ASIA

नेपाली दर्शकलाई 'दशैं कोसेली' : जुध्ने चर्चाका बीच एक्लाएक्लै प्रदर्शनमा आउँदै तीन चलचित्र

असोज १७, २०७५

NTC
Premier Steels

काठमाडौं –नेपालीहरूको ठूला चाड पर्व क्रमशः नजिकिँदैछन् । बालकदेखि वृद्धसम्म हरेक उमेर समूहका आम व्यक्तिलाई यी चाडको रौनकले राम्रैसँग छुन्छ ।

Muktinath Bank

जसरी आम व्यक्ति अनि हरेक क्षेत्रमा चाडबाडको रौनक हुन्छ, चलचित्र क्षेत्रका लागि पनि यी चाडबाड प्रतिक्षामा हुन्छन् । तीज, दशैं अनि तिहारमा ठूला लगानीका चलचित्रको प्रदर्शनमा प्रतिस्पर्धा हुन्छ । कारण हलमा बढी दर्शक आइपुग्ने र चलचित्रले राम्रो व्यापार गर्ने आशा । तीज त गइसक्यो । बिस्तारै दशैंको रौनक शुरू हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतजस्तै यसवर्षको दशैं पनि चलचित्र क्षेत्र र चलचित्रकर्मीका लागि प्रतिक्षित छ । यसवर्षको दशैंमा दुई ठूला ब्यानर र चर्चित अनुहारका चलचित्र प्रदर्शनमा आउँदैछन् । 


Advertisment
Nabil box
Kumari

हप्तामै ३/४ वटा चलचित्र प्रदर्शनमा आउनु सामान्य नै बनिसकेको अवस्थामा यस वर्षको दशैंमा भने एउटा मितिमा एउटा मात्र चलचित्रले प्रदर्शनको अवसर पाएका छन् । असोजको तेस्रो सातादेखि कात्तिकको पहिलो सातासम्म प्रदर्शनमा आउने चलचित्रहरू यी हुन् जसलाई निर्माता, निर्देशकले दर्शकका लागि दशैंको कोशेली भनेका छन् । 

Vianet communication

ʻनिर्जलाʼ

दशैंको दिनभन्दा झण्डै २ साताअघि सिनेमाघरमा चलचित्र ʻनिर्जलाʼ रिलिज हुँदैछ । राजु गिरीद्वारा निर्देशित चलचित्र आउँदो शुक्रबार अर्थात् असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको हो । ʻड्रिम गर्लʼ प्राविधिक कारण देखाउँदै पछि सरेपछि निर्जलाले सोलो रिलिजको मौका पाएको हो ।

चलचित्रमा किशोर खतिवडा, शुभेक्षा थापा, राजकुमार थापा, पल्पसा ढंगोल, सुरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेका छन् । महिलाका विभिन्न कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा दशैं विशेष गीत समेत समावेश छ ।

ʻनिर्जलाʼलाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् । रवि कोइरालाको छायांकन, अशोक खड्काको द्वन्द्व,  कमल राई र क्रान्ति केसीको नृत्य निर्देशन रहेको चलचित्रलाई तारा थापा ʻकिम्भेʼले सम्पादन गरेका हुन् । चलचित्रका निर्देशक गिरीले ʻनिर्जलाʼ आफ्ना अघिल्ला चलचित्रभन्दा पृथक रहेको बताएका छन् । 

ʻछक्का पञ्जा –३ʼ

ʻछक्का पञ्जा ३ʼलाई छायांकनताकाबाटै दशैंमा प्रदर्शन हुने भनेर प्रचारप्रसार गरिएको थियो । यो चलचित्र असोज २४ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउँदैछ । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रलाई वर्षकै बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

चलचित्रमा दीपकराज गिरी, दिपिका प्रसाईं, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), बुद्धि तामाङ, विल्सन विक्रम राई, निर शाह, शिवहरी पौडेले लगायतको अभिनय छ । चलचित्रमा नायिका प्रियंका कार्की अतिथि कलाकारको भूमिकामा देखिँदैछिन् । 

यस्तै नायिका वर्षा राउत, संजोग कोइरालाले चलचित्रमा समावेश गीतमा अभिनय गरेका छन् । कमेडीसँगै सामाजिक तथा शैक्षिक विषयवस्तुमा निर्माण गरिएको चलचित्रमा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन्

भने सुमन गिरी ‘भाञ्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रूपमा रहेका छन् । चलचित्रमा समावेश ʻपहिलो नम्बरमाʼ र ʻपछि उमेर ढल्किन्छʼगीतलाई दर्शकले रुचाएका छन् । 

ʻजय भोलेʼ

दशैंमा ʻछक्का पञ्जा ३ʼसँग एउटै मितिमा प्रदर्शनमा आउने चर्चाका बीच पछि सरेको चलचित्र हो, ʻजय भोलेʼ । यो चलचित्र असोज ३० अर्थात् फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदैछ । अशोक शर्मा निर्देशित चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धारा भुसाल, लक्ष्मी गिरी लगायतको अभिनय छ । 

खगेन्द्र लामिछानेको कथा रहेको चलचित्रको निर्मातामा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा रहेका छन् । पुराना निर्माता तथा निर्देशक शर्मा झण्डै १२ वर्षपछि ʻजय भोलेʼमार्फत् चलचित्र निर्माणमा फर्किएका हुन् । कमेडी कथावस्तुमा निर्माण भएको यो चलचित्रलाई पनि दर्शकले वर्षकै प्रतिक्षित चलचित्रको रूपमा हेरेका छन् ।

ʻछक्का पञ्जाʼ र ʻजय भालेʼले एकअर्कामा असर 

दशैंको अवसरमा फरकफरक मितिमा ३ चलचित्र प्रदर्शनमा आएपनि दुई चलचित्र भने एकअर्काको असरमा पर्नेछन् । असोज २४ अर्थात घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र ʻछक्का पञ्जा ३ʼ को व्यापारलाई फूलपातीबाट प्रदर्शनमा आउने ʻजय भोलेʼले असर गर्ने देखिन्छ । त्यस्तै ʻजय भोलेʼको व्यापारलाई ʻछक्का पञ्जा ३ʼको असर रहनेछ । 

ʻछक्का पञ्जा ३ʼ ले ३० गतेसम्म सिंगल प्रदर्शनको अवसर पाएपनि ३० गतेबाट ʻजय भोलेʼ हलमा लागिसकेपछि छक्का पञ्जाको शो घट्नेछ । त्यस्तै ʻजय भोलेʼले पनि भनेजति शो नपाउने सम्भावना देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x