×

NMB BANK
NIC ASIA

नेकपामा शुरू भयो तल्ला तहको एकता प्रक्रिया, २० दिनमा काम सक्न निर्देशन

असोज १९, २०७५

NTC
Premier Steels

बुटवल – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेशले जिल्ला तहमा एकताका लागि कार्यदल गठन गर्दै तत्काल काम शुरू गर्न निर्देशन दिएको छ ।

Muktinath Bank

कार्यदलले प्रदेशका १२ जिल्लाका जिल्ला कमिटीका लागि प्रदेश कमिटीमा सिफारिस गर्र्नेछ । नेकपा ५ नम्बर प्रदेश कमिटीको बिहीबार बुटवलमा बसेको बैठकले कार्यदल बनाउने र तत्कालै काम शुरू गर्ने गरी अधिकार दिने निर्णय गरेको थियो । प्रदेश कमिटीको निर्णयलाई सार्वजनिक गर्न प्रदेश कमिटीले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यदललाई २० दिनको समयावधि दिइएको छ । जिल्ला स्तरीय कार्यदलमा ४–४ जना सदस्य रहेका छन् । पूर्वएमालेबाट २ जना र पूर्वमाओवादीबाट २ जना रहेका छन् । रुपन्देहीमा गोपाल भट्टराई, शिवराज सुवेदी, निर्मलकुमार जिसी र अनुप बराल सदस्य रहेको कार्यदल बनाइएको छ । कार्यदलले जिल्ला तहको कमिटीका लागि प्रदेश कमिटीमा सिफारिस गर्नेछ ।


Advertisment
Nabil box
Kumari

जिल्ला मातहतका पूर्व एमाले र माओवादी केन्द्र कार्यालय एवं भौतिक सम्पत्तिको अभिलेख तयार गरी व्यवस्थापनको योजना प्रस्ताव गर्ने, सदस्यता अभिलेखलाई एकीकृत बनाएर सिफारिस गर्ने जिम्मा दिइएको प्रदेश कमिटीका सहइन्चार्ज रानाले बताए । कार्यदलको सिफारिसअनुसार प्रदेश कमिटीले जिल्लाको संरचना तयार पार्नेछ । कार्यदलले जिल्ला तहमा एकता प्रक्रियामा रहेको अलमलको टुंगो लगाउने छ । 

Vianet communication

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तथा पूर्वसभामुख ओनसरी घर्ती मगरले पार्टीका सबै कार्यकर्ताको बनोवललाई उँचो बनाउँदै संगठनलाई बलियो बनाउने काममा आफुहरु केन्द्रित रहने बताइन  । हाललाई बुटवलस्थित पुष्पलाल स्मृति भवनलाई नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) प्रदेश पार्टी कार्यालयको रुपमा सञ्चालन गर्ने र कार्यालय सचिवको रुपमा कमरेड बलराम अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष ओनसरीले बताइन् । 
पार्टीको सम्पत्ति र सदस्यता अभिलेख गरेर पेश गर्ने

कार्यदलले मातहतका दुवै पार्टीका कार्यालय एवं भौतिक संरचना सम्पत्तिको अभिलेख तयार पार्ने र त्यसको व्यवस्थापनको योजनासहित प्रदेश कमिटिमा पेश गर्नेछ । दुवै पार्टीका सदस्य अभिलेखलाई एकीकृत गरेर पेश गर्नेछ ।

जनप्रतिनिधिका लागि प्रशिक्षण दिइने

स्थानीय तहको कामलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न पार्टीको तर्फबाट आवश्यक सहयोग गरी योजना, कानून, सुशासन, कर प्रणाली, बजेटजस्ता विषयमा योजना निर्माण गर्न र कार्यान्वन गर्न विज्ञको सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

पार्टीका मातहतका सबै तहमा भेला र प्रशिक्षणजस्ता कार्यक्रम सञ्चालन गरी पार्टी पंक्तिलाई पार्टी र सरकारको पक्षमा क्रियाशील बनाउने समेत कार्यदलले जिम्मा पाएको छ । 

यस्तो छ कार्यदल 

पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ, टोपबहादुर वली, सतमान पुन र होमप्रसाद श्रेष्ठ  ।
रोल्पा : आशबहादुर पुन, कुमार दसौधी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्ती । 
प्युठान : कृष्ण अधिकारी, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी ।
अर्घाखाँची : चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तोजबहादुर रायमाझी ।
गुल्मी : बालसिंह काउँछा, बिरबहादुर कार्की, मधुकष्ण पन्त र बुद्धि जीसी । 
पाल्पा : नारायण आचार्य, नेत्र पाण्डे, राधाकृष्ण कडेल र राजेन्द्र विश्वकर्मा ।
रुपन्देही : गोपाल भट्टराई, शिवराज सुवेदी, निर्मल जि.सी र अनुप बराल ।
पश्चिम परासी : घनश्याम यादव, तुल्सी पासी, थानप्रसाद गैरे र सिता पौडेल ।
कपिलवस्तु : झविलाल पोखरेल, डम्मर शर्मा, भानुप्रकाश श्रेष्ठ र रामचन्द्र शाह । 
दाङ : टिकाराम खड्का, तुल्सीराम पुन, रामजी चौधरी र शिवकुमार आचार्य ।
बाँके : अक्कलबहादुर बम, अशोक कोइराला, गोपाल गिरी र प्रकाश सुवेदी ।
बर्दिया : पुर्ण शर्मा, भुवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा र हरि ज्ञवाली ।

सरकारविरुद्ध अफवाह !

मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले सरकारविरुद्ध भइरहेको भ्रमका बारेमा विकास निर्माणका कामहरु छिटो छिटो होउन् भन्ने जनताको हुटहुटीसमेत रहेकाले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावको पराजयका बारेमा पार्टी भित्र भइरहेको विरोधलाई साम्य पार्न सरकारका विरुद्ध अनेकौं भ्रम फैलाइरहेको र कतिपयले आ–आफ्ना मक्सदहरू पूरा गराउन सकिन्छ कि भनेर पनि भ्रम फिजाउन खोजेको नेता पोखरेलको भनाइ छ । उनले देउवा र अरु सबै खालेका मक्सदले खडा गरेका भ्रममा केही मानिस र नेपालका मिडिया पनि परेको उल्लेख गरे । 

उनले समाजका बेथितिलाई अन्त्य गर्दै सुधार र विकासका एजेण्डाका साथ संघीय सरकार अघि बढ्न खोजिरहेकोमा समाजमा अस्थिरता चाहिरहने शक्तिले नियोजित रुपमा अफवाह फैलाइरहेको पनि बताए । उनले भने, ‘जनताका पक्षमा दीर्घकालीन महत्त्वका काम गर्न खोज्दाखेरी विरोध किन गरिन्छ ? त्यसको कारण पनि उहाँले खुलाउनुभयो– गलत काममा हालीमुहाली गरिरहन पाउँ भनेर नै सामाजिक सुधारका काममा विरोध गरिएका छन् ।’

मुख्यमन्त्री पोखरेलले महिलाविरुद्धका हिंसामा संलग्न कसैलाई पनि उन्मुक्ति नहुने प्रष्ट पार्दै कतिपय घटनामा अस्थिरता पैदा गर्ने र संगठित अपराध गर्ने गिरोह सामेल भएर लागेको दाबी गरे । उनले हिजो दबेर बसेकाहरू आज बाहिर आउन हिम्मत गरेको र त्यसले सरकारलाई योजनाबद्ध काममा सहयोग नै पुगेको उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x