×

NMB BANK
NIC ASIA

जानकी मन्दिरको शरणमा राजर्षि जनक विश्वविद्यालय ! टेरेनन् मातहत आउनुपर्ने क्याम्पसले

असोज १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – राजर्षि जनक विश्वविद्यालयले शैक्षिक पठनपाठन शुरू गर्ने तयारी गरेको छ ।

Muktinath Bank

केन्द्रीय कार्यालय जनकपुरधाममा रहेको विश्वविद्यालयले स्नातक तहमा विभिन्न ४ वटा संकायको पठनपाठन शुरू गर्नका लागि प्रवेश परीक्षा लिइरहेको छ । शुक्रवार बीएससी एमएलटीका लागि लिइएको प्रवेश परीक्षामा २० वटा सीटको लागि ७० जना विद्यार्थीले आवेदन भरेकोमा ६ जना अनुपस्थित भएका थिए भने ६४ जनाले परीक्षा दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयको केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका केन्द्राध्यक्ष बलराम झाका अनुसार बीएस्सी सीएसआईटी कोर्सका लागि २० सीट रहेकोमा ३३ जना विद्यार्थीले प्रवेश परीक्षा आवेदन दिएकोमा ३० जना विद्यार्थीले परीक्षा दिएका छन् । शनिवार बीसीए र बीबीए कोर्सका लागि प्रवेश परीक्षा हुँदैछ ।


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयले लिएको पहिलो प्रवेश परीक्षामा केन्द्राध्यक्षदेखि निरीक्षक, कर्मचारी र पर्यवेक्षकसम्म आ–आफ्नो परिचयपत्र झुण्ड्याएका थिए । परीक्षाका लागि एउटा बेन्चमा २ जना विद्यार्थी, कतिपय कोठामा छुट्टाछुट्टै कुर्सीमा बसाएर विद्यार्थीको परीक्षा लिइएको छ ।

Vianet communication
Laxmi Bank

प्रत्येक स्नातक तहका कोर्स ४ वर्ष र ८ सेमेस्टरका रहेको क्याम्पस प्रमुख झाले बताए । जम्मा सीट संख्याको २० प्रतिशत पूर्ण छात्रवृत्तिमा निःशुल्क पढाउने विश्वविद्यालयले प्रावधान राखेकाले पनि निर्धारित सीट संख्याभन्दा बढी विद्यार्थी सहभागी भएको बताइएको छ । 

कम समयमै विश्वविद्यालय स्थापना भएको र राम्रो तरिकाले प्रचारप्रसार समेत हुन नसकेकाले धेरै विद्यार्थी नआएपनि आगामी वर्षदेखि विद्यार्थीको आकर्षण बढ्ने उनले बताए । 

धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट र झापाबाट आएका विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । प्रवेश परीक्षाका लागि प्रश्नपत्र तयार पार्नका लागि विश्वविद्यालयले प्रवेश परीक्षा समिति गठन गरेको थियो । त्यो समितिले विभिन्न विषयका विज्ञसँग प्रश्नपत्र संकलन गरेर परीक्षा समितिले प्रश्नपत्रलाई परिमार्जन गरेर प्रश्नपत्र बनाएको केन्द्राध्यक्ष झाले बताए ।

आगामी कात्तिक २९ गतेदेखि पठनपाठन शुरू हुने उनले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको जनकपुरधामस्थित रामस्वरूप राम सागर बहुमुखी क्याम्पस (राराब क्याम्पस) लाई आधार क्याम्पसको रूपमा राजर्शी जनक विश्वविद्यालयको केन्द्रीय क्याम्पस रहने ऐनमा प्रावधान राखिएको भएपनि राराब क्याम्पस राजर्षि जनक विश्वविद्यालयमा आउन नमानेपछि राजर्षि विश्वविद्यालयले छुट्टै कोठा लिएर पठनपाठन सुचारु गरेको राजर्षि जनक विश्वविद्यालयका व्यवस्थापन संकायका डीन जुगेश्वर साहले बताए ।

राजर्षि जनकको नाममा विश्वविद्यालय स्थापना भएकाले जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जनकपुरधामको रामानन्द चोकस्थित बनेको भवन विश्वविद्यालयलाई निःशुल्क उपलब्ध गराएको डीन साहले बताए । ‘जानकी आफ्नो छोरी सरह भएको र राजर्षि जनकको नाममा विश्वविद्यालय स्थापना भएकाले गौरवका साथ महन्थ ज्यूले निःशुल्क भवन उपलब्ध गराउनुभएको छ, अहिले प्रथम सत्रको शैक्षिक कार्यक्रम त्यही भवनमा शुरू हुँदैछ,’ साहले भने ।

त्रिवि अन्तर्गत सिरहा र राजविराजको आंगिक क्याम्पस राजर्षि जनक विश्वविद्यालयको आंगिक क्याम्पस रहने भनेर राजर्षिको ऐनमा प्रावधान राखिएको भएपनि क्यापम्स राजर्षि विश्वविद्यालयमा हस्तान्तरण हुन सकेको छैन । ती क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारीले विरोध गरेका कारण राजर्षि विश्वविद्यालयमा गाँभिएको छैन । यद्यपि क्याम्पसका केही प्राध्यापक र कर्मचारी भने राजर्षि जनक विश्वविद्यालयमा आवेदन हालेर समायोजन भएका छन् । ती प्राध्यापक र कर्मचारी नै अहिले राजर्षि जनक विश्वविद्यालयको पदाधिकारी भएर काम गरिरहेका छन् ।

२०७४ चैत्र ७ गते राजर्षि जनक विश्वविद्यालय ऐन नेपाल राजपत्रमा प्रकाशित भएकै दिनदेखि लागू भएको थियो । २०७४ पुस २६ गते विश्वविद्यालयका कुलपति समेत रहेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उपकुलपतिमा प्रा.डा. भरत झालाई नियुक्त गरेका थिए । २०७४ माघ ७ गते उपकुलपति झाको सिफारिसमा रजिस्ट्रार पदमा महेन्द्रप्रसाद यादवलाई कुलपतिले नियुक्त गरेका थिए ।

सेवा आयोगको अध्यक्षमा प्रा.डा. शैलेन्द्रलाभ कर्ण र सदस्यमा अनिलकुमार साहलाई कुलपतिले नियुक्त गरेका थिए । २०७४ फागुन १ गते प्रधानमन्त्री निवासमै प्रथम साधारण सभाबाट विभिन्न निर्णय समेत गरिएको थियो । २०७४ फागुन २ गते विश्वविद्यालयको कार्यकारी परिषद् गठन भएको थियो । जसमा डा. सदनकुमार भगत र डा. अमिता कुमारीलाई नियुक्त गरिएको थियो ।

२०७४ चैत्र १६ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका–८ मा भाडाको घरमा विश्वविद्यालयको कार्यालय सञ्चालनमा आएपछि काठमाडौंमा खोलिएको सम्पर्क कार्यालय बन्द गरिएको थियो । गत फागुनदेखि असारसम्मका लागि सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x