×

NMB BANK
NIC ASIA

जब जीवन शर्माले ‘सिमली छायाँ’ गाए प्रचण्ड र झलनाथ पनि भावुक बने

असोज २०, २०७५

NTC
Premier Steels

काठमाडौं– सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको 
उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको 

Muktinath Bank

जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, मणि थापा, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतले शुक्रबार साँझ राष्ट्रिय सभागृहमा आयोजित ‘संयुक्त साङ्गीतिक साँझ’मा मनोरञ्जन लिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य र नेता सिपी गजुरेल पनि हुनुहुन्थ्यो ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभागृहको हल भरिएका दर्शकले ‘वान्स मोर’ भन्न भ्याए । दर्शकको सिटी सहितको हुटिङले कलाकारलाई जोस थपेको थियो ।  जनगायक शर्माले १० भन्दा बढी जनवादी गीत प्रस्तुत गर्दा राजनीतिक नेतृत्वले गम्भीर भएर सुने । कार्यक्रममा गायक शर्माले एकताको सन्देश यसरी गीतमार्फत प्रस्तुत गर्नुभयो...

Vianet communication

मधेशी पहाडी, हिमालका हिमाली
सयाँै जाति जनजाति, हामी सबै नेपाली

गीतको भाव झैँ शर्माले राजनीतिक नेतृत्वलाई आग्रह गर्दै भन्नुभयो, “हामी सबै नेपाली, देश हामी सबै मिलेर माथि उठाउनु पर्छ ।” दर्शकले हो मा हो मिलाए । 

म निर्धाको गाथा लेखेर गीत सुनाउँदै हिँड्छु म
दुःखीको व्यथा देखेर आँसु बगाउँदै हिँड्छु म

जिन्दगीका कहानी सम्झिएर प्रस्तुत भएको उक्त गीतका भावले दर्शक र नेतालाई मन्त्रमुग्ध बनायो । हल नै चकमन्न भयो । सामान्य परिवारका जिन्दगीका कथा उनेका उहाँका दुःख र वेदनाका गीतहरूले दर्शकलाई मनोरञ्जन मात्रै दिएन एक पटक सोच्न बाध्य बनाएको महसुश हुन्थ्यो । 

गीतमा नेपाल र नेपालीका असली पात्रको कहानी भेटिन्थ्यो । म डुल्दै जाँदा तराईको फाँटमा, आधी रातमा हुरी चल्दा, चाहिँदैन मलाई सिसाको महल, झरनाको चिसो पानी, यसपालि त यस्तै भो आमा... लगायतका गीतमा दर्शक मजैले झुमे । राजनीतिक नेतृत्व गम्भीर बने । विदेशिएका नेपालीलाई फर्काउन श्रम तथा रोजगारमन्त्रीलाई गायक शर्माले आह्वान नै गर्नुभयो ।

विसं २०४२ मा रचना गरिएको गीत ‘फोकल्याण्डको टापुबाट’ र विसं २०५२ सालको द्वन्द्वका बेलाको ‘समयसँग सम्झौता हैन सङ्घर्ष गर’ लगायत गीतले दर्शकलाई ऊर्जा भरेको थियो । 

सानो सानो बुकुरो पहाडको छेउमा मेरो घर, 
त्यहीँ नि साहुले खाइदियो अब मलाई झनै के को डर

उक्त गीतलाई कलाकारले नाट्य रुपान्तरण गरेर प्रस्तुत गरेका थिए भने हास्य कलाकार सुबोध गौतमले सहभागी नेताकै क्यारिकेचर गरेर पेट मिचिमिचि हँसाए । 

कार्यक्रममा सामना सांस्कृतिक परिवारले ‘रातो लाल्टिन’ लगायत विभिन्न गीतमा नृत्य देखाएर दर्शकलाई मनोरञ्जन दियो । आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले शर्माका गीत वैचारिक मूल्यले सजिएको भन्दै गीतको माध्यमबाट नयाँ सन्देश दिन खोजिएको उल्लेख गर्नुभयो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x