×

NMB BANK
NIC ASIA

नेकपा सांसदको झेल : एमाले र माओवादीका नाममा लिँदै छुट्टाछुट्टै सुविधा

असोज २२, २०७५

NTC
Premier Steels

जनकपुरधाम – तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) गठन भइसकेको महिनौं बितिसक्दा पनि २ नम्बर प्रदेशमा नेकपा पार्टीको अस्तित्व हालसम्म कायम हुन सकेको छैन ।

Muktinath Bank

सभामुख सरोजकुमार यादवका अनुसार प्रदेश सभामा तत्कालीन पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामक अलगअलग राजनीतिक दलकै मान्यता अनुसार दलको पहिचान कायमै रहेको छ । ‘माथि उहाँहरूको पार्टी एकता भएको भएपनि प्रदेश सभामा उहाँहरूले पार्टी एकताको औपचारिक पत्र हालसम्म नदिनुभएकाले पहिलेकै पार्टीको पहिचान हाल पनि कायमै रहेको छ,’ सभामुख यादवले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले पनि नेकपा एमाले र नेकपा माओवादीकै दलको सांसद, सचेतक र संसदीय दलको नेताको रूपमा ती दुवै पार्टीको पहिचान कायम रहेको छ । अहिले पनि प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेताको रूपमा नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मान्यता प्रदान गरिएको प्रदेशसभा सचिवालयका उपसचिव रंजितकुमार यादबले बताए ।


Advertisment
Nabil box
Kumari

दोहोरो सुविधा लिँदै

Vianet communication

पार्टी एकता भएपनि प्रदेश सभामा एकीकरणबारे जानकारी नगराउँदा दुवै दलका नेता तथा पदाधिकारीले दोहोरो सेवासुविधा प्राप्त गरिरहेका छन् । सभामुख यादवका अनुसार प्राप्त हुने सबै सेवा सुविधाहरू छुट्टाछुट्टै प्राप्त गरिरहेका छन् ।

नेकपा एमालेको संसदीय दलको नेताको रूपमा सत्यनारायण मण्डल र प्रमुख सचेतकको रूपमा सुन्दरबहादुर विश्वकर्मा रहेका छन् भने माओवादी केन्द्रको संसदीय दलको नेताको रूपमा रामचन्द्र मण्डल र प्रमुख सचेतकको रूपमा दिलिप साह रहेका छन् ।

सबै राजनीतिक दलका संसदीय दलका नेतालाई प्रदेश सभाले २०७५ बैशाख २७ गते नै दलको प्रदेश तथा केन्द्रीय कार्यालयको विवरण, दलको विधानको १ प्रति, नियमावलीको १ प्रति, दलको संसदीय दलको छुट्टै विधान, दलको नेता निर्वाचन गरेको निर्णयको प्रतिलिपि लगायतका कागजात उपलब्ध गराइदिन भन्दै लिखित रूपमै पत्राचार गरेको भएपनि हालसम्म कुनै पनि दलले त्यसको जवाफ पठाएको छैन ।

‘सबै राजनीतिक दलका संसदीय दलका नेतालाई ती विवरण सहितको कागजात उपलब्ध गराइदिन भनेर गरिएको पत्राचारको जवाफ हालसम्म आउन सकेको छैन,’ प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवले बताए ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २४ र २५ र प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा २८ बमोजिम ती विवरण मागिएको उनले बताए । 

पारिश्रमिक तथा सेवा सुविधा

दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको मुख्य सचेतक र समितिका सभापतिले मासिक ५६ हजार ४ सय ९० रुपैयाँ पारिश्रमिक, बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ पाइरहेका छन् । सञ्चार सुविधाबापत प्रतिमहिना ३ हजार ३ सय रुपैयाँ, आवास सुविधाबापत १८ हजार रुपैयाँ प्रतिमहिना, ५ वर्षको लागि फर्निचरबापत एकमुष्ठ ७० हजार रुपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत २ हजार २ सय रुपैयाँ प्रतिमहिना, सवारी इन्धनबापत २ सय २५ लिटर इन्धन प्रतिमहिना पाइरहेका छन् ।

त्यसैगरी, विजुली धाराबापत प्रतिमहिना २ हजार रुपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५ सय रुपैयाँ, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकी डलर प्रतिदिन सुविधा पाइरहेका छन् ।

दलको नेता, सत्तापक्षको प्रमुख सचेतक, विपक्षी दलको मुख्य सचेतक र समितिका सभापतिले ४ जना आफ्नो निजी सचिवालय राख्न पाएका छन् । जसमा द्वितीय श्रेणीका १ जना स्वकीय अधिकृत, १ जना कम्प्यूटर अपरेटर, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, सवारी चालक १ जनाको सुविधा पाइरहेका छन् । अतिथि सत्कारबापत १० हजार रुपैयाँ प्रतिमहिना पाइरहेका छन् ।

प्रमुख सचेतक र सचेतकको सेवा सुविधा

दलका प्रमुख सचेतक र सचेतकले मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक, बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ पाइरहेका छन् । सञ्चार सुविधाबापत मासिक ३ हजार २ सय रुपैयाँ, आवास सुविधाबापत १६ हजार, ५ बर्षको लागि फर्निचरबापत एकमुष्ठ ६० हजार रुपैयाँ, निजी सचिवालय बन्दोवस्तबापत २ हजार रुपैयाँ, सवारी इन्धनबापत २ सय लिटर इन्धन पाइरहेका छन् । 

विजुली धाराबापत प्रतिमहिना २ हजार रुपैयाँ, स्वदेशमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५ सय रुपैयाँ प्रतिमहिना, विदेशमा भ्रमण गर्दा २ सय २५ अमेरिकी डलर प्रतिदिन सुविधा पाइरहेका छन् ।

दलका प्रमुख सचेतक र सचेतकले ३ जना आफ्नो निजी सचिवालय समेतको सुविधा पाइरहेका छन् । जसमा तृतीय श्रेणीका १–१ जना स्वकीय अधिकृत, प्रथम स्तरका १ जना कार्यालय सहयोगी, सवारी चालक १ जना, अतिथि सत्कारबापत १० हजार रुपैयाँ प्रतिमहिना पाइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x