बाँकेमा एनआईसी एसिया बैंकका २ नयाँ शाखा

असोज २५, २०७५

काठमाडौं – एनआईसी एसिया बैंकले बाँकेमा २ नयाँ शाखा स्थापना गरेको छ ।

शाखा कार्यालय नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित त्रिभुवन चोक र बैजनाथ गाउँपालिका–६ सम्झना चोकमा स्थापना गरिएका छन् ।


ADVERTISEMENT

त्रिभुवन चोक शाखाको एनआईसी एसिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्याल र सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक नेपालगञ्जका निर्देशक विमलराज खनालले उद्घाटन गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६१ शाखा कार्यालय, २ सय ५३ एटीएम, २५ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १ सय ९९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६४ अर्ब रुपैयाँ तथा कर्जा १ सय ३८ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा पहिचान बनाउन सफल भएको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाख १९ हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार