×

NMB BANK
NIC ASIA

नेपाल इन्भेस्टमेन्ट बैंकमा मास्टर डेबिट कार्डको उद्घाटन

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ग्राहकलाई आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले मास्टर कार्डसँग सहकार्य गरी मास्टर डेबिट कार्डको उद्घाटन गरेको छ । 

Muktinath Bank

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड मास्टर कार्डको उद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टर कार्डसँग सहकार्य गर्न पाएकोमा खुशी लागेको बताउँदै आफ्ना सञ्जाल बैंकमार्फत् मास्टर कार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास दिलाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा मास्टर कार्डका दक्षिण एसियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकास क्रमको प्रशंसा गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकसँग भएको मास्टर कार्डको सहकार्यले थप भूमिका खेल्नेमा आशावादी रहेको बताए ।


Advertisment
Nabil box
Kumari

बैंकले आन्तरिक तथा बाह्य बजारलाई लक्षित गरी २ प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मास्टर कार्डको सहकार्यमा एनआईबीएल मास्टर कार्डको उद्घाटनसँगै ३ महिनासम्म आफ्ना ग्राहक महानुभावलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टर कार्डबाट कारोबार गरेबापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने  योजना बैंकले ल्याएको छ । यसका लागि भने केही शर्त लागू हुनेछ । 

नेपालीको महान चाडपर्व नजिकिँदै गर्दा आफ्ना ग्राहकलाई एनआईबीएल मास्टर कार्डले आर्थिक कारोबार गर्न सहयोग पुर्याउनेमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले विश्वास लिएको छ । ७७ वटा शाखा पुगेको बैंकका ९ लाखभन्दा बढी उपभोक्ता रहेका छन् ।

हालसम्म २ हजार ६ सय ५७ वटा पस मेसिन जडान भइसकेका छन् भने १ सय ५ वटा एटीएम पुगेको छ । भर्खरै यूरोमनि अवार्ड ‘उत्कृष्ट बैंक नेपाल–२०१८’ जितेको बैंकले ५ पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेकोे छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x