×

NMB BANK
NIC ASIA

वामदेव गौतम संसद, पार्टी र सरकारभित्र आवश्यक छ : सांसद झाँक्री

असोज २५, २०७५

NTC
Premier Steels

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले पार्टीका प्रभावशाली नेता वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पारेकी छिन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद झाँक्रीले भनिन्,‘सबै कुरा हामीले मिडियामा आएपछि थाहा पाएका छौं । र, अर्को कुरा के पनि थाहा पाएका छौं की पार्टीले निर्णय गरेको छैन भनेर । मलाई लाग्छ के लाग्छ भने यो बाहिर सडकमा, सतहमा या सामाजिक सञ्जालमा बहस गरेर यसको निरुपण वा निधान हुँदैन् ।’
पार्टीको लागि या पार्टीका नेताहरुलाई के–के जिम्मेवारी दिने भन्ने कुरा र व्यवस्थालाई कतातिर लैजाने भन्ने कुरा पार्टीका नेताहरु अथवा केन्द्रिय कमिटीले निर्णय गर्ने उनको भनाई छ । झाँक्रीले भनिन्,‘हाम्रो केन्द्रिय कमिटी एकता समायोजन बेला बसेको थियो । त्यसबाहेक बसेको छैन । केन्द्रिय कमिटिले स्थायी समितिलाई अधिकार प्रत्यायोजन गरेको छ । स्थायी कमिटीले फेरी सचिवालयलाई प्रत्यायोजन गरेको छ । यो प्रत्यायोजित अधिकार फेरी प्रत्यायोजन गर्न चाहीँ पाईँदैन् । तर हाम्रो सचिवालयले सबै महत्वपूर्ण निर्णयहरु गर्ने गरेको छ।’ 
नेतृ झाँक्रीले नेता गौतमको आवश्यकता संसद, सरकार र पार्टीमा पनि रहेको उल्लेख गर्दै गौतमलाई संसदमा ल्याउँदा फाइदा हुने जिकिर गरिन्। उनले भनिन्,‘हाम्रो पार्टीका आदरणीय नेताहरु हुनुहुन्छ, उहाँहरुले विवेकसम्मत् आवश्यकत्ताको पहिचान गरेर आवश्यकत्ताको सिद्धान्तअनुसार अर्को एकजना शीर्षस्थ नेतालाई चुनाव लडाउने, सांसद बनाउने कुरा पार्टीले गर्न खोजेको हो भने हामी कार्यकर्ताले हाम्रो अधिकार केन्द्रिय कार्यसमितिबाट प्रत्यायोजित गरेका छौं । उहाँहरुले नै न्याय गर्नुहुन्छ । हामी पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गरेर जान्छौं ।’
वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने कि नल्याउने भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भनिन्,‘०६२÷०६३ पछिको ऐतिहाँसिक क्रान्ति पछाडि हामीले संविधानसभा बनायौं । त्यतिबेला संविधानसभामा ठूलो संख्या थियो । समावेशी र समानुपातिकतर्फको थियो । त्यतिवेला नयाँ संविधान निर्माण प्रक्रियामा कोही मान्छे छुट्ला की, त्यस्तो हो भने अर्को एउटा ढोकापनि खोलेका छौं भनेर क्याबिनेटबाट २६ जना मनोनित गर्ने व्यवस्थापनि थियो । पहिला त्यो बाटोलाई प्रयोग गरिएको थियो ।’
उनले वामदेव गौतम चुनाव लड्ने वा नलड्ने भन्ने विषय वा बहसबारे प्रतिक्रिया दिँदै भनिन्,‘अब उहाँ चुनाव लड्ने वा नलड्ने विषय, कुन क्षेत्र खाली गर्ने, उक्त क्षेत्र चुनाव जित्ने सुनिश्चित छ की छैन भन्ने आधारमापनि, र अर्को वस्तुगत यथार्थ त्यो हो कि होईन भन्ने कुरा पार्टीले विश्लेषण गर्नुपर्छ । वामदेव गौतम संसदमा आवश्यक छ कि छैन भन्ने कुरा एक जना महत्वपूर्ण व्यक्तिको आवश्यक सँधै र सबै ठाउँमा हुन्छ ।’
त्यस्तै कार्यक्रममा नेकपाकै केन्द्रिय सदस्य एवम् प्रदेशसभा सदस्य राजेन्द्र राईले साधारण भूमिकाको लागि मात्रै वामदेव गौतमलाई संसदमा लैजान जरुरी नभएको स्पष्ट पारे । उनले भने,‘साधारण भूमिकामा उहाँलाई संसदमा लैजान जरुरी छैन । असाधारण भूमिका छ भने लैजानुपर्छ । यदि उहाँलाई संसदमा लैजाने भनेर पार्टीका शीर्ष नेताहरुबीच सहमति भएको छ भने लैजानुपर्छ ।’
उनले पार्टीका नेताहरुले वामदेव गौतमको असाधारण भूमिकाबारे भनेर वा गरेर पुष्टि गर्नुपर्ने पनि स्पष्ट पारे। 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x