पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
तुलसीपुर- आज विश्व दृष्टि दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘आँखा सेवा सबैका लागी’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्र्तगत सञ्चालन भएका तीन वटा आँखा अस्पतालले मोतिबिन्दुको निःशुल्क शल्यक्रिया सेवा दिने बताइएको छ ।
विश्वमा करीब २८ करोड ५० लाख मानिसमा दृष्टिदोष, २४ करोड ६० लाखमा न्यून दृष्टिदोष तथा तीन करोड ९० लाख दृष्टिविहीन रहेको तथ्याङ्क छ । दृष्टिदोषमा मोतियाबिन्दुको अवस्था ३३ प्रतिशत छ ।
यसैगरी दृष्टिविहीनताको प्रमुख कारणमा मोतियाबिन्दु ५१ प्रतिशत र त्यसपछिको कारणमा जलबिन्दु ८ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
नेपालमा दृष्टिविहीनताको प्रमुख कारणमा मोतिबिन्दु, दृष्टिदोष, न्यून दृष्टि र मधुमेह रहेको नेत्र विशेषज्ञ डा सुरेश रसाइलीले जानकारी दिनुभयो ।
हालसम्म नर्वेली दृष्टिविहीन तथा अल्प दृष्टिविहीन संस्था एनएबीपी नेपालको आंशिक सहयोग नेपाल नेत्रज्योति सङ्घले मुलुकमा नेत्ररोगीको कल्याणका लागि नेपाल सरकारको नीति र राष्ट्रिय कार्यक्रममा सघाउ प¥याउने गरी स्वदेशमै विभिन्न प्रकारका आँखा उपचारको सुविधा उपलब्ध गराएको छ । आँखा उपचारको सुविधा सुलभ गराउने, नेत्ररोगबाट बचाउ गर्ने र उपचारबाट ठीक नभएका न्यून दृष्टि तथा दृष्टिविहीनलाई पुनःस्थापनसमेत गर्ने उद्देश्यले सङ्घको स्थापना २०३४ साल चैत १३ गते भएको छ ।
सङ्घअन्तर्गत हाल १८ वटा आँखा अस्पताल र ८० वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । ती संस्थाबाट वार्षिक १२ लाखभन्दा बढी नेत्ररोगीले वहिरङ सेवा र करीब दुई लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरी उपचार सेवा पु¥याउँदै आइरहेको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले जानकारी दिनुभयो ।
त्यस्तै राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर तथा यसअन्तर्गतका अस्पताल र उपचार केन्द्रले स्थापनाकालदेखि हालसम्म २२ लाख ८३ हजार ९२७ जनालाई आँखा उपचारको सेवा उपलब्ध गराई सकेको छ । तीमध्ये तीन लाख ५४ हजार ९८८ जनालाई निःशुल्क आँखा उपचारको सेवा उपलब्ध गराइएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।
यसैगरी हालसम्म एक लाख ५४ हजार ४१ जनाको मोतिबिन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको बताएको छ । दिवसका अवसरमा आज अस्पतालले फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ । –बालाराम खड्का/ रासस
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...