×

NMB BANK
NIC ASIA

अब होमवर्कबारे अभिभावकलाई झुक्याउन नसकिने

असोज २६, २०७५

NTC
Premier Steels

पोखरा- शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । 

विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली तथा अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न थालेकाले विद्यार्थीको सङ्ख्या मात्र होइन गुणस्तर पनि बढेको छ । शैक्षिक गुणस्तरसँंगै नवीनतम प्रविधिको प्रयोगलाई पनि विद्यालयले सँगसँगै अघि बढाउँदै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले जानकारी दिनुभयो ।  


दुबै माध्यमको पठनपाठनका साथै कम्प्युटर शिक्षा र प्रविधिको प्रयोगबाट विद्यार्थी र अभिभावक आकर्षित भएकाले विद्यालयमा यस शैक्षिक वर्षमा एक हजार १३४ विद्यार्थी अध्ययन गरिरहेका छन् । अङ्ग्रेजी माध्यमको पठनपाठन अघि विसं २०७१ मा ३५० विद्यार्थी भएकामा त्यसयता भने विद्यार्थी सङ्ख्या वृद्धि हुँदै २०७२ मा ५२१, २०७३ मा ६९१ र २०७४ मा ९४० पुगेको थियो । 

यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १२ विद्यार्थीले ‘ए’ प्लस ल्याउन सफल भएका थिए । त्यस्तै २३ ले ‘ए’, २४ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ रहेको विद्यालयले जनाएको छ । विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए ।विसं २०७१ देखि अङ्ग्रेजी माध्यममा पनि पढाइ शुरु गरिएकामा त्यसयता विद्यालयलाई विद्यार्थी एवं अभिभावक दुवैले विश्वास गर्ने वातावरण बनेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकालले बताउनुभयो । 

विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा दिने सोचका साथ त्यही किसिमको पूर्वाधार विकास गरिरहेको बताउँदै उहाँले विद्यालयका सबै शैक्षिक कार्यक्रम प्रविधिमा आधारित भई सञ्चालन गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।अध्यक्ष ढकालका अनुसार प्रविधिमा आधारित शिक्षाका लागि कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका समान व्यवस्था गर्न रु १२ लाख आवश्यक हुन्छ भने अङ्ग्रेजी माध्यमका लागि रु १५ लाख ६० हजार र अन्य सिसिटिभी, नेटवर्किङ, डिभिआर लगायतका समान खरीदका लागि रु एक लाख ८२ हजार आवश्यक पर्छ । 

“आवश्यक रकमका लागि पोखरा महानगरपालिकासँग प्रस्ताव गरिसकेका छौं,” ढकालले भन्नुभयो, “यी आधारभूत आवश्यकता पूरा भएसँगै हामी कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउन सक्छौं, योसँगै अध्यापनमा चक डस्टर तथा कागजकोे प्रयोग पनि हट्ने छ ।” 

विद्यालयले प्राविधिक शिक्षाको पठनपाठन गर्ने सोचका साथ सिटिइभिटिबाट एसइई पछिको तीन वर्षे इञ्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्ने सोचका साथ प्रस्ताव पठाएको छ । त्यस्तै शिक्षा मन्त्रालय अन्तर्गत कक्षा ९ देखि १२ सम्म कृषि तथा बालिविज्ञान विषयको पठनपाठन गर्ने प्रस्ताव गरिएको छ । 

प्राविधिक शिक्षाको अध्यापनका साथै विद्यालयलाई आवासीय बनाउँदै लैजाने, प्रविधिको अधिकतम प्रयोग गर्नेजस्ता सोच बनाइएको अध्यक्ष ढकालले बताउनुभयो । विद्यालयले विद्यार्थी हाजिर भए नभएको, गृहकार्य गरे नगरेको जस्ता कुरा अभिभावकले दैनिक थाहा पाउनसक्ने गरी यसै वर्षदेखि मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । 

सरस्टीका(कबचबकतष्पब) नामक उक्त एप्स सञ्चालनसँगै अरब लगायतका स्थानमा पुगेका विद्यार्थीका अभिभावकले आफ्ना बच्चा विद्यालय आए नआएको थाहा पाउनुका साथै विद्यालयका विभिन्न गतिविधिबारे जानकारी पाउने भएका छन् ।विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाका अनुसार एप्सलाई विशेष गरी विदेशमा भएका अभिभावकले धेरै हेर्ने गरेका छन् । हालसम्म सात सय भन्दा बढी अभिभावकले एप्स डाउनलोड गरिसकेका छन् ।एप्समा प्रत्येक दिन विद्यार्थीलाई दिइएको गृहकार्य उल्लेख गरिने भएकोले अभिभावकलाई गृहकार्यका सम्बन्धमा अबदेखि बालबालिकाले झुक्याउन नसक्ने भएका छन् । 
विद्यालयका सूचना अधिकारी नन्दलाल काफ्लेका अनुसार विद्यालयको जग्गाधनी प्रमाणपत्र(लालपूर्जा) भएको जग्गा २१ रोपनी छ भने विगतदेखि भोगचलन गर्दै आएको जग्गा २१९ रोपनी छ । उक्त जग्गा विद्यालयको नाममा दर्ताका लागि आवश्यक कागजातसहित मन्त्रालयमा यसअघि नै प्रस्ताव गरिसकिएको उहाँले जानकारी दिनुभयो । 

विद्यालयमा पोखरा महानगरपालिका–२९, ३०, पुलचोक, पट्नेरी, तिक्लाङ, चिर्गादी, चैनपुर, पानीटङ्की, तोरीचौर, सिस्ने, सिप्लेनीतरा, पुष्पबस्ती, कुसुण्डे, चिसापानी, ठूलोढुङ्गा, साविक पोखरा २३ को द्वार, पोखरा–१७ को दोबिल्लासम्मका विद्यार्थी अध्ययन गर्न आउछन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x