इराक तथा कुवेत पठाइँदै गरेका ८ नेपाली युवतीको दिल्लीबाट उद्धार

असोज २६, २०७५

काठमाडौं :अवैधानिक ढंगले इराक तथा कुवेत पठाइँदै गरेका ८ नेपाली युवतीलाई भारतीय महिला अधिकारकर्मीहरूले उद्धार गरेका छन् ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मलिवाल नेतृत्वको टोलीले होटल ओमाक्से डिलक्सबाट बिहीवार ती युवतीहरूको उद्धार गरेको हो ।


ADVERTISEMENT

उनीहरूलाई घरेलु कामदार तथा पार्लरमा काम गर्नका लागि भन्दै खाडीतर्फ पठाउने दलालहरूको तयारी थियो ।

भूकम्पपश्चात यसरी नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा खाडी पठाउने क्रम बढेको छ ।

दलालहरूले त्यहाँ पुर्‍याएर उनीहरूलाई बेच्ने गर्छन् ।

पढ्नुहोस्, यो पनि :

इराकमा तीनपटक बेचिएकी चेलीको दर्दनाक व्यथा: ‘मरिस् भने फाल्ने ठाउँ यहीँ छ भनेर धम्क्याउँथे’

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस