कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
रुघाखोकीलाई मानिसले सामान्य स्वास्थ्य समस्याका रूपमा लिने गर्छन् । तर, यसलाई हेलचेक्र्याइँ गर्दा गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउने गर्छ । रुघाखोकी नै संसारमा सबैभन्दा बढी हुने संक्रमण हो । मौसम परिवर्तनसँगै रुघाखोकी देखा पर्छ । मानिसलाई वर्षमा एक वा दुईपटक यस्ता समस्या देखा पर्ने गर्छ ।
गम्भीर रूपमा नलिने
रुघाखोकीलाई त्यति गम्भीर रूपमा नलिने धेरै मानिसको स्वभाव हुन्छ । सामान्य रोग मानिए तापनि रुघाखोकी बिग्रिएर मानिसलाई लामो समयसम्म सताउन पनि सक्छ ।
बेवास्ता गर्दा रुघाखोकी नै निमोनिया, दम, साइनोसाइटिस (पिनास) जस्ता रोगको कारक बन्न सक्छ ।
कसरी लाग्छ
अनगिन्ती भाइरस छन् । जसमध्येको एक रानो भाइरसको संक्रमणबाट रुघालाग्ने गर्छ । धुलो, धुवा, प्रदूषण, बदलिँदो मौसममा विभिन्न एलर्जी हुन्छ ।
चिसोबाट एकाएक गर्मी सुरु हुँदा वा गर्मीबाट एक्कासि चिसो मौसम आएमा यस्ता भाइरस बढी सक्रिय हुन्छन् । जसका कारण मानिसलाई यसले आक्रान्त बनाउँछ ।
शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा वा एलर्जीको संवेदनशील मानिसलाई बारम्बार रुघाखोकीले सताइरहन्छ ।
उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, केटाकेटी तथा बूढापाकाहरू रुघाको बढी जोखिममा हुन्छन् ।
कसरी सर्छ
रुघाबाट पीडित व्यक्तिले हाछ्युँ गर्दा या खोक्दा भाइरसयुक्त खकारको स–साना कण भुइँमा झर्छन् र वातावरणमा फैलन्छन् । स्वस्थ व्यक्तिले श्वासप्रश्वास गर्दा मुख र नाकका माध्यमबाट सिँगानबाट एक–अर्कामा रुघा फैलिन्छ ।
यसकारण लाग्छ
बढी चिसो खाँदा,
इम्युनिटी पावर अर्थात् शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदा,
अव्यवस्थित खानपान, कब्जियत, अपच हुँदा,
शारीरिक र मानसिक तनाव,
ब्याक्टेरियाबाट इन्फेक्सन हुँदा ।
लक्षण
चिसो लाग्नु, हाछ्युँ आइरहनु,
आँखा रसाउनुका साथै नाकबाट पानी बग्नु,
टाउको भारी हुनु, दुख्नु, नाक बन्द हुनु,
घाँटी खसखसाउनु,
सुक्खा खोकी लाग्नु,
स्वर मोटो भएर जानु, भासिनु,
जिउ दुख्नु, हल्का ज्वरो आउनु,
झिँझिनु, झर्को मान्नु,
अल्छी लाग्नु ।
रुघाखोकीबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ । बाहिरबाट घर भित्रिसकेपछि वा कुनै सामान छोएपछि हात साबुनपानीले धुने बानी बसाउनुपर्छ ।
बाहिर हिँड्दा मुखामा मास्क लगाउनुपर्छ । संक्रमणको मौसममा सिनेमा हल, आमसभा, मेलाजस्ता भिडभाडबाट सकेसम्म बच्नुपर्छ ।
रुघाखोकीबाट संक्रमित व्यक्तिको सम्पर्कबाट टाढै रहनुपर्छ । संक्रमण छ भने हाछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिस्यु पेपरको प्रयोग गर्नुपर्छ ।
संक्रमित व्यक्तिले प्रयोग गरेको भाँडा, कपडा, बेडसिट आदि सेयर गर्नुहुँदैन ।
पुराना किताब या आलमिरा, कार्पेट आदिको समय–समयमा सरसफाइ गरिरहनुपर्छ ।
बिहान उठ्नेबित्तिकै नांगो खुट्टा हिँड्नुहुँदैन । एकैपटक गर्मीबाट चिसो वा चिसोबाट गर्मी ठाउँमा जाँदा पनि यसले सताउन सक्छ ।
चिसो, धुलो, धुवाँबाट बच्नुपर्छ । मोटरसाइकल, स्कुटर, साइकल चलाउँदा नाक–मुख राम्रोसँग छोप्ने गरी रुमाल बाँध्नुपर्छ ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...