×

NMB BANK
NIC ASIA

योजना माग्न आउने भ्रष्ट हुन् : मुख्यमन्त्री शाही

असोज २८, २०७५

NTC
Premier Steels

सुर्खेत-  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको जस्तै मन्त्रालयमा फाईल ल्याएर योजना माग्न आउनेहरु भ्रष्ट भएको आरोप लगाएका छन् ।

Muktinath Bank

दशैंको अवसरमा मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले ग्रामीण तहका जनताहरु कहिल्यै बजेट माग्न नआउने तर केही टाठा बाठाहरुले बजेटमा भ्रष्टाचार गर्ने उदेश्यकासाथ मन्त्रालयमा लाईन लाग्ने गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वास्तविक जनतालाई आवश्यकता परेको योजनाका लागि टाठा बाठाहरु योजना माग्न आउँदैनन्’ उनले भने, ‘१५ लाखको योजनाबाट १० लाख खान चाहने भ्रष्टाचारीहरु मात्रै योजना माग्न मन्त्रालयमा धाउने गर्छन् । यो समस्या संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि छ । बजेट माग्ने र खाने प्रचलनलाई अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’


Advertisment
Nabil box
Kumari

उनले यसरी बजेट माग्न आउनेहरुबाट सरकार, मिडिया सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

Vianet communication

मुख्यमन्त्री शाहीले कर्णालीमा दिन प्रतिदिन पनिर्भरता बढदै गएको बताए । ‘उत्पादन गरेर वर्षमा लाखौं पैसा कमाउन सकिँदैन’ उनले भने, ‘त्यसैले नेपालमा भ्रष्टाचार मौलाएको छ । यसलाई निरुत्साहित गर्न सबै लाग्न जरुरी भइसकेको छ । उत्पादन गरे मात्र पैसा पाइन्छ, नभए कसैले पनि पेसा कमाउन सक्दैन । भ्रष्टाचार गर्न पाईदैन भन्ने पार्नुपर्छ ।’

उनले कर्णाली प्रदेशको विकासका लागि जति पनि पैसा ल्याउन सकिने धारणा राखे । ‘कर्णालीको विकासका लागि जति पनि पैसा ल्याउन सकिन्छ ’ उनले भने, ‘अहिले विनियोजन भएका हरेक योजनाका लागि सञ्चारकर्मीले सुक्ष्म अध्ययन गरिदिनुहोस् र सत्य तथ्य बाहिर ल्याईदिनुहोस् । कारवाही गर्न सरकार तयार छ ।’

मुख्यमन्त्री शाहीले कर्णालीका जनताको गरिब मानसिकतालाई हटाउन सञ्चारकर्मीको महत्वपूर्ण भुमिका हुने बताउँदै जनताको मानसिकता बदल्ने र जनतालाई आशावाद बिनाउने अभियानमा सक्रियतापूवृक लाग्न सञ्चारकर्मीलाई आग्रह गरे ।

उनले कर्णाली प्रदेशका कोही पनि जनतालाइृ भूमिहिन हुन नदिने सरकारले तयारी गरेको बताए । ‘हामी सबैलाई लालपुर्जा दिनछौं ’ उनले भने, ‘तर त्यसकालागि यो वर्ष भूमिहीनहरुको तथ्यांक संकलन गर्ने, नीति बनाउने र प्रदेशलाई भूमिहिन मुक्त बनाउने हाम्रो योजना छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x