×

NMB BANK
NIC ASIA

३८ क्विन्टल सुन तस्करीका मुख्य अभियुक्त पक्राउ, १३ करोडको चिनी बन्दरगाहामै थन्कियो

असोज २९, २०७५

NTC
Premier Steels

काठमाडौं– सरकारले आगामी २ महिनासम्म नयाँ कर्मचारी भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले मंसिरसम्म नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरेको हो । 

Muktinath Bank

यसका लागि लोकसेवा आयोगलाई २ महिनासम्म कर्मचारी भर्नासम्बन्धी दरखास्त आह्वान नगर्न आग्रह गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । लोकसेवा आयोगले चालू आर्थिक वर्ष २०७५÷७६ का लागि निर्धारण गरेको वार्षिक कार्यतालिकामा असोजको अन्तिम बुधवार (असोज ३१ गते) सहसचिव र उपसचिव पदका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बसेको मन्त्रिपरिषद बैठकले कर्मचारी भर्ना रोक्ने निर्णय गरेपछि आयोगको कार्यक्रम प्रभावित हुने भएको छ । यद्यपि लोकसेवा आयोगले भने मन्त्रिपरिषदको निर्णयबारे कुनै जानकारी नआएको जनाएको छ । ‘मन्त्रिपरिषदको बैठकको निर्णयबारे आयोगलाई औपचारिक रुपमा कुनै जानकारी आएको छैन,’ आइतवार साँझ लोकान्तरसँगको कुराकानीमा आयोगका एक अधिकारीले भने, ‘औपचारिक जानकारी आए आयोगले यस विषयमा निर्णय लिन सक्छ ।’


Advertisment
Nabil box
Kumari

नेता बाँस्तोलाको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार अपराह्न बसेको बैठकले उनको निधनले बौद्धिक, निष्कलङ्क, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

Vianet communication

बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने काङ्ग्रेसले जनाएको छ । 

स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औँ दिन शोकसभा गर्ने निर्णय कांग्रेसले गरेको छ । नेता बाँस्तोलाको शनिबार राति ललितपुर खुमलटारस्थित आफ्नै निवासमा उपचारका क्रममा निधन भएको थियो । विसं २०६९ पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्काघात भई उनी अचेत भएको थिए । 

३८ क्विन्टल सुन तस्करीका मुख्य अभियुक्त पक्राउ
३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ । श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे । 

रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो । दुई देशबच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो । त्यस्तै, सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेति ‘गोरे’ का भाइ रमेश उप्रेतिलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । उप्रेति पनि दुबईमा पक्राउ परिसकेका छन् ।

उता, सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यसअघि नेपालले गोरेसहित १३ जनाबिरुद्ध रेड नोटिस जारी गरेको थियो ।, नयाँ पत्रिकामा खबर छ ।

सिक्टाको समस्याः घुलनशील माटो
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा घुलनशील माटोको समस्या देखिएका कारण नहर फुटेको भन्दै त्यसको वैज्ञानिक एवं प्रभावकारी समाधानमा जोड दिइएको छ । सरकारले गठन गरेको छानविन समितिका अनुसार आयोजनासम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेत माटोको घुलनशीलताका सम्बन्धमा उल्लेख गरिएको छैन । 

अन्य आयोजनामा त्यस्तो समस्या नदेखिएकाले सो आयोजनाको डिजाइन गर्दासमेत आवश्यक आँकलन गर्न नसकिएको उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी गत साउन २६ गते मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । 

आयोजनाको डिजाइन तथा निर्माण गर्दा माटोको परीक्षण भए तापनि घुलनशील एवं उक्त माटोमा पानीका कारण हुनसक्ने सम्भावित प्रभाव तथा समस्याका सम्बन्धमा आँकलन हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । नहरको मुख्यतः २० देखि ३५ किलोमिटर क्षेत्रमा नहर खन्दा र माटो पुरिएका क्षेत्रमा घुलनशील माटोको मात्रा बढी भएका कारण वर्षात्को पानीले समस्या खडा गरेको उल्लेख छ । 

सेनाको उपहारः निःशुल्क बस
नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

तीस सिट क्षमताका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ । बडादशँैमा  घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारको हितका लागि नेपाली सेनाले यही असोज २५ देखि ३१ गतेसम्म काठमाडौँबाट दोलखा, सुनसरी, कैलाली, लमजुङ, रामेछाप, कास्की, रुपन्देही, गोरखा, धादिङ÷नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिरहा–सप्तरी जान निःशुल्क बस सञ्चालन गरिरहेको छ ।

सुक्खा बन्दरगाहको गोदाममै थन्कियो चिनी
साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महंगोमा चिनी किन्न बाध्य भएका छन् । हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो । 

तर ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएका कारण हालसम्म सो चिनी बजारमा आउन नसकेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ ३१ गतेसम्म भन्सार क्षेत्रमा आइपुगेको चिनी छोड्ने भनी पत्र पठाएको हो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत धनबहादुर बरुवालले भने, “तर साल्टट्रेडिङ कर्पोरेशनको चिनी ढिलो गरी असोज ६ गते आएकाले सो चिनी हालसम्म गोदममै थन्किएर रहेको छ ।” 

हिउँ आँधीमा परेकाको शव काठमाडौँमा
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आइतबार पोखरा हुँदै काठमाडौँ पठाइएको छ । शुक्रबार बेलुकी गुर्जा हिमालमा अचानक आएको हिउँ आँधीमा चार नेपाली र पाँच  कोरियालीसहित नौ जनाको  निधन भएको थियो । 

हेलिकप्टरमा घटनास्थल पुगेका तालीमप्राप्त उद्धारकर्मीको टोली आधार शिविरमा छरिएर रहेका शव सङ्कलन गरी चार खेपमा गुर्जा पु¥याउन सफल भएको थियो । घटनास्थलबाट सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याइएको शव आइतबार साँझ काठमाडौँ पठाइएको हो । धवलागिरि–१ गुर्जाका २९ वर्षीय नेत्रप्रसाद छन्त्यालको शव जिल्ला सदरमुकाममा परीक्षण गरी गाउँमै लगेर आफन्तको जिम्मा लगाइएको छ । 

यही असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिउँ आँधीमा परेर सङ्खुवासभा, हटियाका ३९ वर्षीय छिरिङ भोटे, भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पासाङ्बु भोटे, सोलुखुम्बुका फुर्वा भोटे,  दक्षिण कोरियाका जहन ली, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन सो जियोङको मृत्यु भएको प्रहरीले जनाएको छ । लामो समयपछि हिमाल आरोहणमा आएको टोली दुर्घटनामा परेपछि सिंगो गाउँ शोकमग्न भएको छ ।     

बढी भाडा लिने सवारी साधन कारबाहीमा
बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । 

त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उनले बताए । बढी भाडा लिने सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ ।

मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा
नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ । नेपाल र मलेसियाबीच कामदार लैजानेबारे समझदारीपत्र एमओयूमा हस्ताक्षर गर्न मलेसियाका मान संसाधनमन्त्री कुला सेघरान नेपाल आउने श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालले जनाकारी दिए । 

यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए । नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ । श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरिने मन्त्रालयले जनाएको छ । बिचौलिया संयनत्र खडा गरेर भिसा प्रक्रियाबाटै काकदार ठगिएपछि श्रम मन्त्री गोकर्ण बिष्टको एक्सनका कारण केही महिनादेखि नेपाली कामदार मलेसिया जान रोकिएको छ ।

राउतका तीन कार्यकर्ता पक्राउ
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सीके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ।

पाराग्लाइडिङ विश्वकप हुने
नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाइडिङको पहिलो पटक नेपालमा नै पाराग्लाईडिङ्ग विश्वकप आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने उक्त प्रतियोगिता कार्तिक १५ देखि १९ गतेसम्म हुनेछ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णपदकका लागि हुने प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, भारत, पाकिस्तान र इरानको सहभागिता रहने महासचिव राउतले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x