माध्यमिक तहमा प्राविधिक विषय समावेश गर्ने शिक्षा मन्त्रालयको तयारी

असोज ३०, २०७५

बर्दिवास – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिकसत्रदेखि माध्यमिक तहबाट प्राविधिक विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरिने बताएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला परिवार (कम्युन) ले मंगलबार आयोजना गरेको दशैंतिहार, नेपाल सम्वत्, छठ र इद पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यो लक्ष्य प्राप्त गर्न माध्यमिक तहदेखि नै आयुर्वेद, योग, कृषि, पशुविज्ञान र वनसम्बन्धी पाठ्यक्रम बन्ने जानकारी दिए ।


ADVERTISEMENT

कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश नम्बर २ का इञ्चार्ज सत्यनारायण मण्डल र सहइञ्चार्ज विश्वनाथ साह, प्रदेशसभा सदस्य शारदा थापा, भरतप्रसाद साहलगायतले सम्बोधन गरेका थिए ।

असोज ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार