×

NMB BANK
NIC ASIA

दशैंका दश कालजयी गीत, जुन कहिल्यै पुराना भएनन्

असोज ३१, २०७५

NTC
Premier Steels

काठमाडौं – हरेक वर्ष दशैं नजिकिँदै जाँदा दशैं सम्बन्धी दर्जनौं गीत सार्वजनिक हुन्छन् ।

Muktinath Bank

यूट्युबमा सार्वजनिक हुने गीतहरू रेडियो र टेलिभिजनमा पनि बज्छन् । तर पनि रेडियो टेलिभिजनमा दशैंका पुराना केही गीतकै दबदबा बढी देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दशैंका केही यस्ता गीत छन्, जुन कालजयी बनेर स्रोता, दर्शकको मुखमा झुण्डिएका छन् । जसलाई दशैंका सदावहार गीतका रुपमा लिन सकिन्छ । 


Advertisment
Nabil box
Kumari

१. ‘विछोडको पीडा नसकी खप्न ...’

Vianet communication

नारायण गोपाल र दिलमाया खातीले स्वर भरेकोे यो गीत दशैंमा सधै गुञ्जिन्छ । दशैंको बेलामा परदेशमा रहँदाको पीडा, परदेशीको घर फर्किने चाहना समेटिएको यस गीतमा रत्नशम्शेर थापाको शब्द तथा नारायण गोपाल स्वयंको संगीत छ । ३० को दशकमा रेकर्ड भएको यो गीत दशैंको कालजयी गीत बन्न सफल रहेको छ । 

२. ‘नमुछे आमा दहीमा टीका ...’ 

‘नमुछे आमा दहीमा टीका ...’ दशैं आउने बित्तिकै धेरैले सम्झिने अर्को कालजयी गीत हो । यस गीतको शब्द वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले लेखेका हुन् ।

परदेशी छोराले घरमा रहेकी आमालाई दशैंमा जमरा नछर्न र दहीमा टीका नमुछ्न आग्रह गरिएको गीतलाई शुरूमा नारायण रायमाझीले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराएका थिए । तर, शुरूमा गीतले त्यति चर्चा पाएनन् । पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले लक्ष्मी न्यौपानेसँग आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । यस गीतलाई पछि प्रशान्त तामाङले पनि चलचित्रका लागि गाएका छन् ।

नारायण रायमाझीको संगीतमा कृष्णभक्तले रेकर्ड गराएपछि एकाएक चर्चामा पुगेको यो गीत दशैंका सदावहार गीतमध्ये सबैभन्दा मार्मिक गीत हो ।

३. ‘दशैं आयो’

चलचित्र ‘मुग्लान’मा समावेश ‘दशैं आयो’ बोलको गीतले दशैंको मर्म बोकेको छ । लोकनाथ सापकोटाको शब्द रहेको यस गीतमा उदित नारायण झा र दीपा झाले स्वर भरेका छन् । परदेश गएको छोरा घर आउने दिन कुर्दै औंला भाँचेर पर्खिरहेको, घर छाडेका परदेशी फर्केपछि परिवार र आफन्तमा छाएको खुशी, आमाले छोरो आउने बाटो कुर्ने वर्णन, जमरा, रातो टीकादेखि गाउँघरमा पिङ खेलेका कुरा गीतमा समावेश गरिएको छ ।

त्यति मात्र होइन, गीतमा निधारमा रातो टीका र कानमा सिउरिने पहेंलो जमराले दिने चमक र त्यसको महत्त्वलाई पनि गीतमा समेटिएको छ । गीतको भिडियोमा दीलिप रायमाझी, सुशील क्षेत्री, विपना थापा, झरना थापा लगायतको अभिनय छ ।

४. ‘दशैं नै हो कि यो मेरो दशा’

योगेस्वर अमात्यको स्वरमा ‘दशैं नै हो कि यो मेरो दशा’ बोलको गीत पनि उत्तिकै मर्मस्पर्शी छ । प्रेम बस्नेतको शब्द, न्ह्यू बज्राचार्यको संगीतमा बजारमा आएको यो गीत करीब २ दशक अगाडि रेकर्ड भएको गीत हो । 

निम्न आयस्रोत भएका परिवारलाई दशैं उत्सवभन्दा पनि दशा बनेर आउने गरेको तीतो यथार्थ गीतले बोलेको छ । यो गीत हरेक वर्षको दशैंमा रेडियो तथा टेलिभिजनमा पटक–पटक गुञ्जिँदै आएको छ । 

५. ‘दशैं आयो, खाउँला पिउँला ...’

‘दशैं आयो, खाउँला पिउँला’ बोलको दशैंको बालगीत पनि निकै लोकप्रिय छ । बच्चाले गाउने यो गीतमा चोरेर भएपनि दशैं मनाउँछु भन्नेलाई चोर्नु हुँदैन भन्ने सन्देश दिन खोजिएको छ । यो गीतमा शिव थापाको शब्द, संगीत र स्वर रहेको छ । 

६. ‘यसपालि त यस्तै भो आमा ...’

जनगायक जीवन शर्माले स्वर भरेको ‘यसपालि त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा’ बोलको गीत दशैंको अर्काे कालजयी गीत होे । यस गीतमा दशैंमा घर फर्किन नपाएको छोराले आमालाई सम्झेर पोखेको विरह समाविष्ट गरिएको छ । 

७. ‘दाइ त मेरो लाहुर जाने ...’

युक्त गुरुङ र सावित्री शाहको स्वरमा दाजु र बहिनीबीचको सम्बन्धलाई दशैंसँग जोडेर तयार पारिएको गीत हो ‘दाइ त मेरो लाहुर जाने ...’ ।

दैवज्ञराज न्यौपानेको शब्द रहेको यो गीतमा दिदीभाइको सम्बन्धसँगै परदेशीको कथा समेटिएको छ । वर्ष दिनमा आउने पर्व दशैंमा लाहुरे छोरो आउने आशामा बुवाआमाले घामको झुल्कोसँगै मूलबाटोमा आँखा बिच्छ्याइरहने कथा गीतमा छ । लाहुरमा रहेको छोराले वर्ष दिनमा आउने दशैंमा जसरी पनि बुवाआमाको आशिर्वाद लिन आउने बताउँदै गीत सकिन्छ । यो गीत दशैंसँगै तिहारमा पनि उत्तिकै बज्ने गरेको छ । 

८. ‘वर्षमा दिनैमा लै लै ...’

‘वर्षमा दिनैमा लै लै ...’ दशैंको अर्को कालजयी गीत हो । रवी श्रेष्ठको शब्द रहेको गीतमा सुगम पोखरेलको संगीत तथा स्वर रहेको छ । दशैं र तिहारमा परदेशीले घरपरिवारलाई सम्झेर पोखेको बेदना गीतमा समाविष्ट छ ।

वर्षमा एक पटक आउने दशैंमा छोराको बाटो कुरेर बस्ने बुवाआमा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीको कथा गीतमा छ । सुगमको यो गीत सबै उमेर समूहका दर्शकको प्रिय गीत बन्न सफल छ । झण्डै ५ वर्ष अगाडि भिडियोसहित यूट्युबमा सार्वजनिक गरिएको गीतले भ्यूअर्स पनि राम्रो पाएको छ । भिडियोमा सुगमकै अभिनय रहेको छ ।

९. ‘यसपालि दशैंमा ...’

‘यसपालि दशैंमा ...’ बोलको दशैंको अर्को कालजयी गीत हो । यस गीतमा स्वर्गीय कुल पोखरेलको स्वर रहेको छ । २०५० को दशकमा रेकर्ड भएको गीतमा दसैंमा परिवारका सदस्यले गर्ने अपेक्षालाई उतारिएको छ ।

गीतमा उनको आफ्नै शब्द तथा संगीत छ । कालजयी गीतमा दर्ज हुन सफल यो दशैंको अर्को गीत हो । गीतले परदेशिएको दाजुले दशैंमा ल्याइदिने उपहारले घरमा छाउने खुशीलाई समेटेको छ । 

१०. ‘फौजीको दशैं’

‘फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार ...’ बोलको गीत फौजीमा रहेका नेपालीको दशैंतिहारको सन्दर्भलाई समेटेर तयार गरिएको हो । यो गीत दशैंतिहारमा निकै बज्ने गर्दछ । दीपक कोइरालाले शब्दमा जगदीश समालले स्वर भरेका छन् । गीतमा गैरे सुरेशको संगीत रहेको छ । 

गीतले दशैं र तिहारमा पनि घर जान नपाउने फौजीको पीडा बोल्छ । यो गीतले ५ वर्षदेखि दशैं तिहारमा रेडियो टेलिभिजनमा स्थान पाउँदै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x